जिल्लाको धार्मीक पर्यटकिय स्थलहरुको प्रचार प्रसारको नाममा नारायण नगरपालिकाका कर्मचारीहरुले आफ्ना श्रीमती, छोराछोरी लिएर भ्रमणमा निस्किएका छन्। बाहिरी जिल्लामा दैलेखको पर्यटकिय स्थलको प्रचारप्रसार गर्ने शिर्षकबाट कर्मचारीहरुले आफ्ना श्रीमती र छोराछोरीसहित अनावश्यक कर्मचारी र स्थानीयहरुलाई मुक्तीनाथसम्मको भ्रमण गराएका हुन्।
नारायण नगरपालिका–१ ले आर्थिक वर्ष २०७८/०८९ मा विनियोजन गरेको ५ लाख रुपैयाँ कर्मचारीहरुले अनावश्यक रुपमा भ्रमण गरेर खर्च गरेपछि स्थानीयहरुले विरोध गरेका छन्। वडामा विकास निर्माण गर्नुपर्ने पैसा भ्रमणको नाममा दुरुप्रयोग गर्दै कर्मचारी र जनप्रतिनिधिहरुले खर्च गरेका हुन्।
प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्लले श्रीमती र छोरी, वडा नम्वर १ को सचिव गोपाल श्रेष्ठले श्रीमती लिएका छन् भने, नगरपालिकाका अनावश्यक कर्मचारी, नयाँ र पुराना जनप्रतिनिधिहरु र उनीहरुका श्रीमती र छोराछोरी लिएर भ्रमणमा निस्किएका हुन्। असार नजिकिँदै गर्दा फजुल खर्च गर्न २१ जनाको टोली ३ वटा स्कारपियो जिप भाडाँमा लिएर लुम्वनी, पोखरा हुँदै मुक्तीनाथ पुगेका हुन्।
भ्रमण जाँदा यहाँको धार्मीक ऐतिहासिक सम्पदा, कला संस्कृतीको पोष्टर फोटो लिएर जानुपर्ने योजना रहेको र कसरी कार्यकम बनाएर गए आफूलाई थाहा नभएको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताए। असार लाग्दा नगरपालिकामा योजना अनुगमन, भुक्तानीका लागि सेवाग्राहीहरुको बाक्लो लाईन हुँदा नगरपालिकाका कर्मचारीहरु भ्रमणमा निस्केपछि सेवाग्राही आक्रोशित छन्। बार्षिक कार्यक्रमअनुसार भ्रमणमा तय भएको वडा कार्यालयले जनाएको छ। कर्मचारी बाहिर जाँदा प्रशासनलाई जानकारी गराउनुपर्ने भएपनि कुनै जानकारी नआएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। ‘अनावश्यक र उत्पादनहीन काममा पैसा खर्च गरेर भ्रमण गर्नु गलत हो।’ प्रमुख जिल्ला अधिकारीले भने, फर्जुल खर्च गरेर भ्रमण गर्नु सरकारको नीति विपरीत हुन्छ।’
नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्लले सामाजिक संञ्जालमा श्रीमती र छोरीसहित पोष्ट गरेको तस्विर।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...