डा. अग्रवालद्वारा उपाध्यक्ष अस्वीकार
०८ असोज २०७२
•
८ मिनेट पाठ
डा. अग्रवालद्वारा उपाध्यक्ष अस्वीकार
काठमाडौं- चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष डा. जगदीशप्रसाद अग्रवालले आयोगको कार्यादेशप्रति असहमति जनाउँदै जिम्मेवारी लिन अस्वीकार गरेका छन्। माथेमा कार्यदलको प्रतिवेदनले चिकित्सा शिक्षा नीतिनिर्माणका लागि आधार दिइसकेको अवस्थामा प्रतिवेदनको प्रसंग नै उल्लेख नगरी नयाँ नीति बनाउने गरी आयोग गठन भएको भन्दै उनले जिम्मेवारी लिन नसक्ने जनाएका छन्।आयोग गठन प्रक्रिया, कार्यादेश र आयोगको संरचनाप्रति असहमति जनाउँदै डा. गोविन्द केसीले अनशन थालेको सातौं दिन डा. अग्रवालले आफू आयोगमा बस्न नसक्ने बताए।

'मैले निर्णय लिइसकेँ, यो खालको आयोगमा बस्न मैले सहमति जनाएकै होइन,' उनले नागरिकसँग भने।

चिकित्सा शिक्षासम्बन्धी प्राध्यापक केदारभक्त माथेमा संयोजकत्वको कार्यदल सुझावअनुसार कार्यदल बनाउने भने पनि कार्यादेशमा त्यसको प्रसंग नै उल्लेख छैन। मन्त्रिपरिषदको असोज १ गते गठन गरेको आयोगलाई शिक्षा मन्त्रालयले बिहीबार मात्रै सार्वजनिक गरेको थियो।

आफू वर्षौंदेखि चिकित्सा शिक्षा क्षेत्रमा गुणस्तर र पहुँच वृद्धिका लागि विभिन्न रुपमा आवाज उठाउँदै आएको भन्दै डा. अग्रवालले आयोग गठन गर्दा त्यसलाई सम्बोधन नगरिएको बताए। 'माथेमा प्रतिवेदनअनुसार नै नीति तथा कानुनको मस्यौदा बनाउने गरी मात्र आफू आयोगमा बस्न सहमत भएको हुँ,' उनले प्रस्ट पारे।

उनले माथेमा प्रतिवेदन अहिलेको अवस्थामा चिकित्सा शिक्षाका लागि पूर्ण दस्तावेज बनेको भन्दै त्यसलाई संस्थागत रुप दिन मात्रै कमिटी चाहिएको अनि कानुन बनेपछि मात्रै आयोग गठन गर्नुपर्ने डा. अग्रवालको भनाइ छ।

'अब त एउटा कमिटी बनाएर मात्रै पनि त्यससम्बन्धी नीति र कानुनको मस्यौदा बनाउन सकिन्छ,' डा. अग्रवालले भने, 'तर सरकारले त नयाँ नीति बनाउने जसरी पो यो आयोग बनायो।'

डा. अग्रवालले अहिलेको अवस्थामा नीति बनाउन नयाँ आयोगको औचित्य नहुने र कार्यदलको सिफारिसअनुसार स्थायी निकाय बनाउँदा उच्च र अधिकारसम्पन्न हँुदा मात्रै सार्थक हुने बताए।

अग्रवालले दुई दिन सार्वजनिक बिदा परेकाले अफिस खुलेकै दिन असमर्थताको औपचारिक रुपमा सरकारलाई जानकारी गराउने बताए।

माथेमा प्रतिवेदनले चिकित्सा शिक्षा आयोगको अध्यक्ष र कार्यकारी उपाध्यक्ष रहने गरी गठन गर्ने सुझाव दिए पनि त्यसविपरीत सामाजिक समितिको भदौ ३० को बैठकले शिक्षामन्त्री अध्यक्ष रहने गरी गठन आदेश पारित गरेको थियो। सोही आधारमा असोज १ को मन्त्रिपरिषद बैठकले अग्रवाललाई उपाध्यक्ष नियुक्त गरेको थियो।

कार्यदलले आयोग उपाध्यक्षलाई कार्यकारी बनाउन सिफारिस गरे पनि सरकारले उपाध्यक्षलाई प्रशासनिक प्रमुख मात्र जिम्मेवारी दिएको छ। स्रोतका अनुसार यसप्रति पनि अग्रवाल सहमत छैनन्।

आयोग माथेमा प्रतिवेदनविपरीत गठन भएको भन्दै डा. केसी सात दिनदेखि आमरण अनशनमा छन्। डा. केसीको छैटौं अनशनका क्रममा सरकारले आयोग गठन गर्ने सहमति गरेको थियो। आयोगको उपाध्यक्षमा माथेमालाई नै नियुक्त गर्ने 'भद्र सहमति' भए पनि माथेमाले इन्कार गरेपछि अग्रवाललाई नियुक्त गरिएको थियो।

सरकारले छैटांै अनशनका क्रममा माथेमा प्रतिवेदनको भावनाअनुसार नै आयोग बनाउने प्रतिबद्धता गरे पनि सम्झौता र कार्यदलको सुझाव परिवर्तन गरेर आयोग बनाएको थियो। त्यसैगरी सरकारले मेडिकल कलेजका मनशायपत्र नवीकरण नगर्ने भन्ने सम्झौता कार्यान्वयन नगर्ने भएको छ।

सरकारले आयोगलाई दिएको पूर्णता दिने क्रममा सदस्यको नियुक्तिमा समेत माथेमा प्रतिवेदन विरोधीकै बाहुल्य गराएको छ।

आयोगको सदस्यमा त्रिवि उपकुलपति डा. तीर्थ खनियाँ, न्याम्स उपकुलपति डा. गणेश गुरुङ, योजना आयोग सदस्य, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ। यी सबै माथेमा प्रतिवेदनको विपक्षमा छन्।

त्यसैगरी, चिकित्सा शिक्षाविज्ञका तर्फबाट डा. संगीता भण्डारी डा. केके ओली र डा. गोपाल आचार्यलाई सदस्यमा नियुक्त गरेको छ। ओली यसअघि त्रिविले चोरबाटोबाट दिने गरी अगाडि बढाएको सम्बन्धन प्रक्रियामा एमाले मनमोहन मेडिकल कलेजको पूर्वाधार पुगेको भन्ने प्रतिवेदन तयार पारेका थिए।

विवादित र कलेजहरुसँग आबद्ध मान्छेलाई सदस्यका रुपमा राख्नुले आफूअनुकूलका कानुन बनाउन चलखेल भएको बुझाइ केसी निकटका चिकित्सकको छ।

त्यसैगरी, आचार्य आइओएमका पूर्वडिन एवं मेडिकल मेडिकल कलेजका पूर्व प्रिन्सिपल हुन्। सरकारले विषयगत काउन्सिललाई समेत आयोगको पदेन सदस्य राखेको छ। आयोगलाई तीन महिनाभित्रै चिकित्सा शिक्षासम्बन्धी नीति बनाएर त्यसअनुसारको एकीकृत विधेयकसमेत बनाएर तीन महिनाभित्र पेस गर्न कार्यादेश दिएको छ।

सामाजिक समितिले सम्झौताअनुसार एमबिबिएस शिक्षण शुल्क ३५ लाख, डेन्टल १८ लाख र सिट संख्या तीन वर्षभित्र सयमा झार्नसमेत सरकारले सरोकारवाला निकायलाई निर्देशन दिएको छ। जसअनुसार अब यो शैक्षिक सत्रमा एमबिबिए अधिकतम सिट संख्या १ सय ३५, २०७३/७४ मा ०७४/७५ देखि सय निर्धारण गर्न निर्देशन दिएकोमा उक्त निर्णय कार्यान्वयनमा समेत आलटाल गर्दै आएको छ।

त्यसैगरी, अबउप्रान्त विदेशी विद्यार्थीले पनि नेपालका मेडिकल कलेज पढ्दा साझा प्रवेश परीक्षा वा स्याट परीक्षा उत्तीर्ण गर्नुपर्ने र विदेश जानेले पनि राष्ट्रिय परीक्षा पास गर्नुपर्ने सुझाव कार्यान्वयनमा समेत सरकारले चासो दिएको छैन।
अर्को समाचार
माथेमा प्रतिवेदन लत्याएको भन्दै डा.अग्रवालद्वारा उपाध्यक्ष पद अस्वीकार
०८ असोज २०७२
•
४ मिनेट पाठ
माथेमा प्रतिवेदन लत्याएको भन्दै डा.अग्रवालद्वारा उपाध्यक्ष पद अस्वीकार
काठमाडौं— चिकित्सा शिक्षा आयोगका उपाध्यक्षमा सरकारले नियुक्त गरेका डा.जगदिशप्रसाद अग्रवालले आयोगको कार्यदेशप्रति असहमती जनाउँदै जिम्मेवारी लिन अस्वीकार गरेका छन्।माथेमा कार्यदलको प्रतिवेदनले चिकित्सा शिक्षा नीति निर्माणका लागि आधार दिइसकेको अवस्थामा प्रतिवेदनको प्रसङ्ग उल्लेख नगरी नयाँ नीति बनाउँनेगरी आयोग गठन भएको भन्दै उनले जिम्मेवारी लिन नसक्ने बताए।

'माथेमा प्रतिवेदन नै अहिलेको अवस्थामा पूर्ण छ, अब त एउटा कमिटी बनाएर मात्रै पनि सो सम्बन्धी नीति र कानूनको मस्यौदा बनाउन सकिन्छ,' डा.अग्रवालले भने, 'तर सरकारले नयाँ नीति बनाउने जसरी पो यो आयोग बनायो।'

डा.अग्रवालले अहिलेको अवस्थामा नीति बनाउन नयाँ आयोगको औचित्य नहुने र कार्यदलको सिफारिसअनुसार स्थायी निकाय बनाउदा उच्च र अधिकार सम्पन्न हुदाँमात्रै सार्थक हुने बताए।

चिकित्सा शिक्षासम्बन्धी प्राध्यपक केदारभक्त माथेमा संयोजकत्वको कार्यदलको सुझाबअनुसार कार्यदल बनाउने भने पनि कार्यदेशमा सोको प्रसङ्ग उल्लेख नभएको डा.अग्रवालको भनाई छ । मन्त्रिपरिषद्को असोज १ गते गठन गरेको आयोगलाई शिक्षा मन्त्रालयले विहीबारमात्रै सार्वजनिक गरेको थियो ।

डा.अग्रवाल लामो समयदेखि चिकित्सा शिक्षाको क्षेत्रमा गुणस्तर र पहुँच वृद्धिका लागि आवाज उठाउँदै आएका छन्। माथेमा प्रतिवेदनअनुसार नीतिको र कानूनको मस्यौदा बनाउने स्थितिमा मात्रै आफू आयोगमा बस्न सहमत भएको उनले बताए।

'लगातार दुई दिन सार्वजनिक विदा परेकोले अफिस खुलेकै दिनमा असमर्थताको औपचारिक रुपमा सरकारलाई जानकारी गराउनेछु', उनले नागरिकन्युजसँग भने।

माथेमा प्रतिवेदनले चिकित्सा शिक्षा आयोग अध्यक्ष र कार्यकारी उपाध्यक्ष रहनेगरी गठन गर्ने सुझाब दिएपनि सो विपरीत सामाजिक समिति भदौ ३० को बैठकले शिक्षामन्त्री अध्यक्ष रहनेगरी गठन आदेश पास गरेको थियो। कार्यदलले आयोग उपाध्यक्षलाई कार्यकारी बनाउन सिफारिस गरेपनि सरकारले उपाध्यक्षलाई प्रशासनीक प्रमुखको मात्रै जिम्मेवारी दिएको छ।

सोही आधारमा मन्त्रीपरिषद्को १ असोजको बैठकले अग्रवाललाई उपाध्यक्ष नियुक्त गरेको थियो। आयोग माथेमा प्रतिवेदन विपरीत भएको भन्दै डा.केसी सात दिनदेखि आमरण अनशनमा बसेका छन्। डा.केसीको छैठौ अनशनका क्रममा सरकारल आयोग गर्ने सहमति गरेको थियो। आयोगको उपाध्यक्षमा माथेमालाई नै नियुक्ति गर्ने भद्र सहमति भएपनि माथेमाले इन्कार गरेपछि अग्रवाललाई नियुक्ति गरिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस