शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा आयोग
३० भदौ २०७२
•
९ मिनेट पाठ
शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा आयोग
काठमाडौं- सरकारले चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको सिफारिसविपरीत शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोग गठन गरेको छ। डा. केदारभक्त माथेमा नेतृत्व कार्यदलको प्रतिवेदनले चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय हाल सम्भव नभएको अवस्थामा शिक्षा र स्वास्थ्य मन्त्रालयअन्तर्गतका विश्वविद्यालय र प्रतिष्ठानको नियन्त्रण र नियमनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा आयोग गठन गर्न सिफारिस गरेको थियो।




मन्त्रिपरिषदको सामाजिक समितिको बुधबार बसेको बैठकले कार्यदलको सिफारिसविपरीत शिक्षामन्त्रीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो। नियुक्ति भने मन्त्रिपरिषदले बिहीबार गर्नेछ।

सामाजिक समितिको आयोग गठन आदेश तुरुन्त लागू हुने र त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विज्ञेषज्ञ डा. गोविन्द केसीसँग भएको सम्झौतासम्बन्ध अन्य बुँदाका विषयमा आगामी बैठकमा छलफल गर्ने मन्त्रिपरिषद कार्यलयले विज्ञप्तिमार्फत जनाएको छ।

समितिमा सदस्य रहेका एक मन्त्रीका अनुसार बिहीबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बस्नुअघि सामाजिक समितिको बैठकले डा. केसीसँग भएको स्म्झौतामा निर्णय गर्नेछ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. माथेमालाई नै प्रस्ताव गर्ने अनौपचारिक सहमतिसमेत भएको थियो। उच्च स्रोतअनुसार प्रधानमन्त्री मातहतमा राखेर कार्यकारी उपाध्यक्ष हुँदा सम्बन्धन लगायतका कुरामा मन्त्रालयको नियन्त्रण नचल्ने अवस्था आउने देखेर नै शिक्षामन्त्री अध्यक्ष रहने गरी आयोग गठन गरिएको हो।

डा. केसीसँग सरकारले भदौ १९ गते राति आगामी मन्त्रिपरिषदबाटै चिकित्सा शिक्षा आयोग गठन गर्ने लगायत ११ बुँदामा सम्झौता गरेको थियो। सम्झौता २१ गते अनुमोदनका लागि पेस भएकोमा मन्त्रिपरिषदले सामाजिक समितिमा पठाइदिएको थियो। त्यसलगत्तै डा. केसीले फेरि अनशन बस्ने तयारी गरेका थिए। उनी अनशन बस्ने भनिएको दिन गत शुक्रबार सरकारी प्रवक्ता मीनेन्द्र रिजालले सरकारका तर्फबाट पत्र पठाएर सम्झौता कार्यान्वयनको प्रतिबद्धता जनाएका थिए। त्यसपछि डा. केसीले एक साता अल्टिमेटम बढाएका थिए।

सामाजिक समितिको निर्णयले फेरि पनि सरकार मागप्रति गम्भीर नभएको भन्दै डा.केसीनिकट चिकित्सक डा. वाइपी सिंहले सम्झौता कार्यान्वयनमा ठूलो समस्या आउने बताए। 'अहिले पनि सरकार पटक्कै संवेदनशील देखिएको छैन, आयोगको अध्यक्ष मन्त्री हुने गरी निर्णय भए मान्य हुँदैन,' उनले भने।

यसअघि सो प्रतिवेदन सामाजिक समितिमा पुर्या एर महŒवपूर्ण बुँदा पन्छाएर कार्ययोजना बनाइएको थियो। त्यसपछि डा. केसी भदौ ७ देखि २० सम्म १४ दिन आमरण अशन बसेका थिए।

डा. सिंहले मन्त्रिपरिषदले बिहीबारसम्म सम्झौता प्रतिकूल नहुने गरी निर्णय गनर्ेे विश्वास व्यक्त गरे। शिक्षामन्त्रीको नेतृत्वमा चिकित्सा शिक्षा आयोग गठन गर्नु माथेमा प्रतिवेदनकै मर्मविपरीत हुने कार्यदलका सदस्यहरूले बताएका छन्। उनीहरुले यसअघि मंगलबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आयोग गठन र यसका जिम्मेवारीबारे समेत छलफल गरेका थिए।

डा. केसीनिकट एक चिकित्सकले आयोगको पदाधिकारीमा समेत यसअघि मेडिकल काउन्सिल विकृति भिœयाएका र 'बदनाम व्यक्ति' ल्याउने खेल भइरहेको छ।

माथेमा कार्यदलले चिकित्सा शिक्षासम्बन्धी छुट्टाछुट्टै विश्वविद्यालय र प्रतिष्ठान रहेको अवस्थामा आयोगले स्वास्थ्य जनशक्तिसम्बन्धी शिक्षा क्षेत्रका सबै तह तथा विषयको मापदण्ड र स्तर नियन्त्रण गर्ने गरी अध्यक्ष प्रधानमन्त्री रहने गरी आयोग गठन सिफारिस गरेको थियो।

डा. केसीको पछिल्लो अनशनका क्रममा चिकित्सा शिक्षासम्बन्धी छुट्टै विश्वविद्यालय गठनसम्बन्धी अध्ययनसमेत भइसकेको भए पनि आयोग बन्न लागेको भन्दै चिकित्सा शिक्षा विश्वविद्यालय गठन प्रक्रिया स्थगन गर्ने सहमति भएको थियो।

चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय शिक्षामन्त्रालयअन्तर्गत र प्रतिष्ठान स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको अवस्थामा यी दुवै निकायको समन्वयका लागि समेत प्रधानमन्त्री अध्यक्ष र कार्यकारी उपाध्यक्ष रहने व्यवस्था कार्यदलले सिफारिस गरेको थियो।

आयोगको कार्यकारी उपाध्यक्ष विश्वविद्यालय एवं प्रतिष्ठानका पूर्व उपकुलपति एवं राष्ट्रिय स्तरका स्वास्थ्य संस्थाका पूर्व प्रमुखमध्येबाट मन्त्रिपरिषदले नियुक्त गर्नेछ। चिकित्सा शिक्षा आयोगको दैनिक कार्य सञ्चालनका लागि कार्यकारी उपाध्यक्षको अध्यक्षतामा महाशाखाका निर्देशकहरूसमेत रहने गरी तथा अध्यक्षबाट मनोनीत आयोगका सदस्यमध्ये १ जना गरी ७ सदस्यीय कार्यकारिणी समिति रहेनछ।

आयोगले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी तीन महिनाभित्र सरकारसमक्ष पेस गर्नेछ। यस्तै, राष्ट्रिय नीति कार्यान्वयन गर्न आवश्यक पर्ने एकीकृत विधेयकको मस्यौदा तयार गरी तीन महिनाभित्र सरकारसमक्ष पेस गर्ने र चिकित्सा शिक्षामा गुणस्तर, व्यावसायिकता, संस्थागत जवाफदेहिता र सामाजिक न्याय कायम गर्ने सम्बन्धमा सरकारबाट भएका निर्णयको कार्यान्वयन गर्न गराउन सहजीकरण तथा अनुगमन गर्ने पनि आयोगको कार्यादेशमा उल्लेख छ।

चिकित्सा शिक्षा क्षेत्रमा विषयपिच्छे काउन्सिल हुँदा पाठ्यक्रम, अनुगमन र गुणस्तरमा समेत एकरूपता कायम गर्न असहज भएको निष्कर्षसहित उच्चस्तरीय कार्यदलले स्वायत्त निकाय चिकित्सा शिक्षा आयोगको प्रस्ताव गरेको थियो।

कार्यदलले हाल सञ्चालनमा रहेका स्वास्थ्य शिक्षाका नियमनकारी पाँचवटा परिषदको अधिकार क्षेत्र कटौती गरी जिम्मेवारी आयोग मातहतमा ल्याउन सुझाव दिएको थियो। हाल स्वास्थ्य शिक्षा क्षेत्रमा मेडिकल (चिकित्सा), स्वास्थ्य व्यवसायी, नर्सिङ, फार्मेसी, आर्युवेद चिकित्सा परिषद छन्।

हाल स्वास्थ्य जनशक्ति उत्पादन गर्दा सम्बन्धन दिने र प्राज्ञिक गतिविधि सञ्चालन गर्ने सिटिइभीटीसहित विश्वविद्यालयहरू शिक्षामन्त्रालयअन्तर्गत र विषयगत परिषदहरू स्वास्थ्य मन्त्रालयअन्तर्गत छन्। यी दुईथरी संरचनाबीच समन्वय अभावमा आवश्यकताअनुसार जनशक्ति उत्पादन हुन नसकेको र उत्पादित जनशक्तिको गुणस्तरमा प्रश्न उठ्ने गरेको भन्दै कार्यदलले आयोगको प्रस्ताव गरेको थियो।
अर्को समाचार
शिक्षामन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन
०८ माघ २०७२
•
७ मिनेट पाठ
शिक्षामन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन
काठमाडौं-सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ। मन्त्रीपरिषदको शुक्रबार बसेको बैठकले गठन गरेको उक्त आयोगको कार्यकारी उपाध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरिएको छ।चिकित्सा शिक्षा आयोग गठन लगायतका माग राखेर बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले पछिल्लोपल्ट अल्टीमेटम दिएको दुईसातापछि मन्त्रीपरिषदले आयोग गठनको निर्णय गरेको हो । सोही माग राखेर डा. केसी केही बर्षदेखि अनशन बस्दै आएका छन् ।




सूचना तथा सञ्चार मन्त्री शेरधन राईले दिएको जानकारी अनुसार आयोगमा शिक्षामन्त्री अध्यक्ष, डा. कोइराला कार्यकारी उपाध्यक्ष र सदस्यहरुमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव वा सहसचिव, नेपाल मेडिकल काउन्सीलका अध्यक्ष, नर्सिङ काउन्सीलका अध्यक्षलाई पदेन सदस्य तोकिएको छ । त्यसैगरि आयोगको विज्ञ सदस्यहरुमा डा. जगदिशकुमार अग्रवाल, डा. अर्जुन कार्की, डा. श्रीकृष्ण गिरी, डा. सुरेशकुमार कनौडियालाई नियुक्त गरिएको छ । कनौडिया निजी मेडिकल एसोसियसनका अध्यक्ष हुन् । 'माथेमा कार्यदलको सुझाव र डा. केसीसँग सरकारले गरेको सम्झौता अनुसार आयोग गठन गरिएको हो,' सञ्चारमन्त्री राईले नागरिकसँग भने 'यस अधिकार सम्पन्न उच्चस्तरीय आयोगले चिकित्सा शिक्षा सुधारका लागि नीतिगत सुझाव दिनेछ ।'

केदारमभक्त माथेमा संयोजकत्वको कार्यदलले असार १४ मै सरकारलाई चिकित्सा शिक्षासम्बन्धी सबै विश्वविद्यालय तथा कलेजको अनुगमन, सम्बन्धन, परीक्षा र गुणस्तरलगायत विषय हेर्ने गरी उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठनको सिफारिस गरेको थियो । कार्यान्वयनमा आलटाल भएपछि डा. केसीले छैठौं अनशन बसेका थिए ।

आयोगले माथेमा प्रतिवेदनको सिफारिसअनुसार चिकित्सा शिक्षा आयोगसम्बन्धी ऐन मस्यौदा गर्नेछ । त्यसैगरी आयोगले चिकित्सा शिक्षा क्षेत्रमा सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयन, आयोग सञ्चालनका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयोग जुटाउने, आयोगलाई आवश्यक पूर्वाधार तयार गर्नेलगायत जिम्मेवारी तोकिएको छ ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले माथेमा प्रतिवेदनको भावनाविपरीत डा. अग्रवाललाई नै उपाध्यक्ष बनाएर आयोग बनाएको थियो । लगत्तै डा. केसी सातौं अनशन बसेका थिए । उनले ११ दिनपछि देशको प्रतिकूल परिस्थिति भन्दै अनशन स्थगित गरेका थिए । तर सरकारले पुराना सम्झौताविपरीत मनमोहन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने गरी विधयेक लगेपछि डा. केसीले आठौं अनशनको चेतावनी दिएका थिए ।

सातौं अनशनकै बीच डा. अग्रवालले समेत कार्यादेश फरक पारेको र चिकित्सा शिक्षा नबुझेको मान्छेलाई सदस्यमा राखेको भन्दै कात्तिक ७ मै पदमा नबस्न अस्वीकार गरेपछि आयोग निष्क्रिय भएको थियो ।

तत्कालीन सरकारले माथेमा प्रतिवेदनको सिफारिस प्रतिकूल हुने गरी बेवास्ता गर्दै नयाँ नीति बनाउने गरी राजनीतिक भागबन्डा हुने गरी आयोग बनाएको थियो । आयोग गठनमा राजनीतिक एवं प्रस्तावित मेडिकल कलेजका प्रतिनिधिको बाहुल्यसमेत गराएपछि आयोग नै विवादित बनेर रोकिएको थियो ।

सचिव बढुवा र पदस्थापन


मन्त्रीपरिषदको बैठकले लोकसेवा आयोगको बढुवा सिफारिस समितिको सिफारिसमा चार सहसचिवको सचिवमा बढुवा र पदस्थापन गरेको छ । बढुवा हुनेहरुमा चन्द्र घिमिरे, शशीशेखर श्रेष्ठ, शंकर कोइराला र लक्ष्मीप्रसाद ढकाल छन् । जसमध्ये घिमिरे बरिष्ठताका आधारमा बढुवा भएका हुन् भने अन्य सिफारिस गरिएका नौ मध्येबाट तीनजनालाई बढुवा गरिएको हो । बढुवा भएका सचिवमध्ये घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पदस्थापन गरिएको छ । श्रेष्ठलाई मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय, कोइरालालाई पश्चिमान्चल क्षेत्रीय प्रशासन कार्यालय र ढकाललाई मध्यमान्चल क्षेत्रीय प्रशासन कार्यालयमा पदस्थापन गरिएको सन्चारमन्त्री शेरधन राईले बताए । बैठकले सहसचिव मुकुन्द घिमिरेलाई कायममुकायम क्षेत्रीय प्रशासकको जिम्मेवारी दिएर सुदुरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय डोटी खटाएको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव श्रीधर सापकोटालाई लोकसेवा आयोगमा सरुवा गरेको छ ।

दोहोरो सुविधा लिन नपाउने



मन्त्रीपरिषद बैठकले एकपटक सार्वजनिक पद धारण गरेको व्यक्ति अवकाश भएर पुन सरकारी सेवा सुविधा पाउनेगरि कतै नियुक्त भएको अवस्थामा दोहोरो सुविधा नदिने निर्णय गरेको छ । निजामति क्षेत्रका कर्मचारी अवकाश पाएपछि कुनै संवैधानिक निकाय वा कतै राजनीतिक नियुक्ती लिएर दोहोरो सुविधा लिने गरेपछि सरकारले उनीहरुमाथि कडाई गरेको हो । बैठकले एकपटक सार्वजनिक पद धारण गरेको व्यक्ति अवकाश भएर पुन सरकारी सेवा सुविधा पाउनेगरि कतै नियुक्त भयो भने पेन्सन लिइरहनेकी नयाँ नियुक्ती भए वापतको तलव खाने भन्ने निर्णय एक महिना अघिनै गरिसक्नुपर्ने निर्णय गरेको सञ्चारमन्त्री राईले बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस