काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले चार दिनमा ३४ कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ। शिक्षा मन्त्रालयको अनुमतिबिना कन्सल्टेन्सी सञ्चालन गरी मेनपावरको काम गरेको उजुरीका आधारमा उनीहरुलाई पक्रेको प्रहरीले जानकारी दिएको छ।
अधिकांश कन्सल्टेन्सीले विश्वविद्यालय, मन्त्रालय, बैंक, वडा कार्यालयका नक्कली छाप, लेटरप्याड र सर्टिफिकेटसमेत आफैं बनाएको प्रहरीको दाबी छ।
'भदौ १ देखि ४ गतेसम्म कुल ३४ कन्सल्टेन्सीमा छापा मारेर सबैका सञ्चालकलाई पक्रेका छौं,' महाशाखाका डिएसपी नरेन्द्र चन्दले भने, 'बिहीबार र शुक्रबार मात्रै कालिमाटी, कलंकी र थापाथली क्षेत्रमा सञ्चालित १२ कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन्।'
प्रहरीले शुक्रबार कालिमाटीस्थित एक्सप्रेस इन्ट्री एजुकेसन वर्ल्ड प्रालिकी प्रबन्ध निर्देशक सन्ध्या बस्नेतलाई पक्राउ गरेको छ। ४५ लाख ३० हजार ठगीको उजुरीका बस्नेत पक्राउ परेकी हुन्। उनले विद्यार्थीलाई कामका लागि साउथ अफ्रिका पठाइदिने प्रलोभन देखाएर ४५ लाख ३० हजार ठगी गरेको उजुरी महाशाखामा परेको थियो। कामका लागि साउथ अफ्रिका पठाइदिने बहानामा मेडिकलसमेत गराई प्रत्येक व्यक्तिसँग ५ लाख ५० हजारका दरले ४५ लाख ३० हजार रकम असुलेको उजुरी परेको चन्दले बताए।
शैक्षिक परामर्शको उद्देश्यविपरीत गएर विद्यार्थीको मेडिकलसमेत गराई गैरकानुनी रूपमा म्यानपावरको काम गरेको प्रहरीको दाबी छ। कन्सल्टेन्सीमा विश्वविद्यालयको छाप, मन्त्रालयको छाप, लेटरप्याड तथा विद्यार्थीको पासपोर्ट फेला परेको उनले जानकारी दिए।
महाशाखा प्रवक्ता प्रकाश अधिकारीका अनुसार प्रहरीले बिहीबार र शुक्रबार एक्सप्रेस इन्ट्री एजुकेसन वर्ल्ड प्रालि, गुडविल कन्सल्टेन्ट, वेस्टइस्ट जापानिज ल्याङ्ग्वेज कन्सल्टेन्सी, ब्लुस्काई इमिग्रेसन स्टुडेन्ट कन्सल्टेन्सी, ग्लोब एड कन्सल्टेन्सी, वर्ल्डवाइड एजुकेसन कल्सल्टेन्सी, हिजिइट्सु एजुकेसनल कन्सल्टेन्सी, एलिट इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी, स्काइलर एजुकेसन एन्ड बिजनेस सोलुसन र इन्ट्री एजुकेसन प्रालिका का सञ्चालकलाई पक्रेको छ। शैक्षिक परामर्शदाताले संस्थाको उद्देश्यविपरीत गैरकानुनी रूपमा काम गरिरहेको प्रमाण फेला परेको अधिकारीले दाबी गरे।
'कुनै पनि शैक्षिक परामर्श संस्था शिक्षा मन्त्रालयमा दर्ता छैनन्, उनीहरुले शैक्षिक परामर्शसम्बन्धी परामर्श दिनुको साटो कामका लागि विदेश पठाउने म्यानपावरको काम गरिरहेको फेला परेको छ,' अधिकारीले भने।