डा. केसीको अनशन स्थगित
२७ साउन २०७२
•
६ मिनेट पाठ
डा. केसीको अनशन स्थगित
काठमाडौं- शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बुधबार सुरु गर्ने भनिएको अनशन भदौ ७ गतेसम्म स्थगित गरेका छन्। सरकारका तर्फबाट माग पूरा गर्न समय मागिएपछि उनले अनशन स्थगित गरेका हुन्।

सरकारी टोलीले बुधबार बिहान डा. केसीसँग भेटेर केदारभक्त माथेमा नेतृत्व समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि भएको कार्यप्रगति सुनाएको थियो। सरकारी टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेल, सदस्य डा. यज्ञबहादुर कार्की, स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षासचिव विश्वप्रकाश पण्डित र अर्थ सचिव सुमनप्रसाद शर्मा उपस्थित थिए।

उपाध्यक्ष पोखरेलबाहेकका उच्च अधिकारीहरू माथेमा प्रतिवेदन कार्यान्वयनसम्बन्धी कार्ययोजना तयार पार्न सरकारद्वारा गठित समितिका सदस्यसमेत हुन्।

स्वास्थ्य सचिव श्रेष्ठले समितिले हालसम्म गरेको प्रगतिबारे सुनाएर डा. केसीलाई अनशन स्थगनका लागि आग्रह गरिएको बताए। उनले समितिले कार्ययोजना निर्माणका लागि उपसमितिसमेत बनाएर काम गरेको भन्दै केही दिनभित्रै कार्ययोजना मन्त्रिपरिषदको सामाजिक समितिलाई बुझाउने बताए।

डा. केसीले विज्ञाप्तिमार्फत सरकारद्वारा गठित उपसमितिका सदस्यहरू आएर माथेमा प्रतिवेदन कार्यान्वयनका लागि गम्भीर गृहकार्य भइरहेको जानकारी दिँदै अझ ›ुत गतिमा अघि बढाई छिट्टै प्रतिवेदन कार्यान्वयन गराउने प्रतिबद्धता जनाएपछि भदौ ७ गतेसम्म अनशन स्थगित गरेको बताएका छन्।

उनले विगतमा भएका स्वास्थ्य र शिक्षा क्षेत्रका जिम्मेवार पदाधिकारीहरू दलीय भागबन्डाबाट नभई वरिष्ठता, योग्यता र कार्य क्षमताका आधारमा नियुक्ति गर्ने लगायतका सम्झौताका अन्य बुँदा कार्यान्वयन र यसपटकका अन्य माग पनि सम्बोधन गर्ने अश्वासन पाएको बताए।

प्रतिवेदन लागू गर्न स्वास्थ्य तयार

स्वास्थ्यमन्त्री खगराज अधिकारीले माथेमा नेतृत्व समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मसन्त्रपरिषदले गरे स्वास्थ्यअन्तर्गतका कुरा लागू गर्न तयार रहेको बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले मन्त्रिपरिषदले प्रतिवेदन लागू गर्न निर्णय गरे साझा प्रवेश परीक्षा, ३५ लाख अधिकतम शुल्क र कलेजहरूलाई बढीमा सय सिट मात्रै दिने निर्णय तत्काल कार्यन्वनय गर्ने बताए।

उनले मन्त्रालयले स्नातकोत्तर र सोमाथिको अध्ययन निःशुल्क गर्नका लागि बजेट व्यवस्था र त्यसका लागि कार्यविधि तयार भइसकेको समेत जानकारी दिए। उनले जानकी मेडिकल कलेजका विद्यार्थी व्यवस्थापनमा समेत मन्त्रालयले काम गरिरहेको भन्दै माथेमा प्रतिवेदन स्वास्थ्य मन्त्रालयलाई समेत आवश्यक भएको बताए। 'यो प्रतिवेदनले हामीले गर्न खोजेका धेरै सुधारलाई सजिलो बनाइदिएको छ,' उनले भने।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री अधिकारीले हालै सरकारले ९५ प्रकारका अत्यावश्यकीय औषधिको मूल्य निर्धारण गरेको भन्दै त्यसलाई कार्यान्वयनको अनुगमन कडाइका साथ गर्ने बताए।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव

माथेमा प्रतिवेदन तत्काल कार्यान्वयन र विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डामुक्त गर्न व्यवस्थापिका संसदमा अन्त्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाल कांग्रेसका सभासद गगनकुमार थापाले संसद सचिवालयमा मंगलबार यस्तो प्रस्ताव दर्ता गराएका हुन्।

थापाको प्रस्तावलाई डा. गणेश मण्डल र श्याम श्रेष्ठले समर्थन जनाउँदै हस्ताक्षर गरेका छन्। प्रस्तावमा सरकारले डा. केसीसँग चिकित्सा शिक्षा क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि विभिन्न चरणमा सम्झौता गरेको, तर ती सम्झौता कार्यान्वयन नगरेको उल्लेख छ। प्रस्तावमा यस्तो अवस्था आउनु आफैंमा विडम्बना भएको भन्दै सम्झौता गर्ने, आयोग गठन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले सरकार र दलहरूले जनताबाट विश्वास गुमाइरहेको उल्लेख छ।

त्यसैगरी, सातवटा विश्वविद्यालय पदाधिकारीविहीन भएको अवस्थामा बेथितिबाट बाहिर निस्कनका लागि विश्वविद्यालयको परम्परा र विधि बदल्ने अवसर आएको भन्दै यी दुवै विषयमा सरकारलाई त्यसतर्फ उन्मुख गराउन संसदले विशेष निर्देशन दिन जरूरी रहेको प्रस्तावमा उल्लेख छ।
अर्को समाचार
संसद् विघटनको निर्णय बदर भएपछि डा. केसीको २०औं अनशन स्थगित
१२ फागुन २०७७
•
२ मिनेट पाठ
संसद् विघटनको निर्णय बदर भएपछि डा. केसीको २०औं अनशन स्थगित
फाइल तस्बिर।
चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको २०औं अनशन स्थगित गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन निर्णय बदर गरिदिएपछि डा. केसलीले आजदेखि शुरु गर्ने भनिएको अनशन ‘तत्कालका लागि’स्थगित गरेका हुन्।

तर, विगतका सम्झौताहरु कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान भने जारी राख्ने डा. केसीको भनाई छ। ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’ उनले विज्ञप्तिमा लेखेका छन्,‘तर हामीसित विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने कुरा जानकारी गराउँछौं।’

डा. केसीले जारी गरेकाे प्रेस विज्ञप्तिः

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्री केपी ओलीको प्रयास तत्कालका लागि असफल भएको छ। देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यही थियो।

तर प्रतिनिधि सभा पुनःस्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइसकेका छैनौं। अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन ल्याउँदैन। पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन।

खास गरी राज्य कब्जाको नग्न प्रयास स्वरुप प्रधानमन्त्री ओलीले जसरी संवैधानिक निकायहरुमा गलत रुपमा नियुक्तिहरु गरेका थिए, ती तत्काल सच्चिनुपर्छ। संवैधानिक निकायमा गलत नियुक्ति हुँदा देशले कत्रो मुल्य चुकाउनुपर्छ भन्ने त यस अगाडि लोकमान सिंह कार्की प्रकरणमा हामी सबैले देखिसकेका छौं। ती निकायहरुको गरिमा फर्काउन अब सही बाटोबाट योग्य व्यक्तिहरुको नियुक्ति गर्नुको विकल्प छैन।

स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि हामीले जति पनि माग राख्दै आएका छौं र जति सम्झौता हामीसित राज्यले गरेको छ, ती सबै पूरा गर्नु कुनै पनि नयाँ सरकारको कर्तव्य बन्ने कुरा नेकपा र नेपाली काँग्रेसलगायत सबै प्रमुख राजनीतिक दलको नेतृत्वलाई ध्यानाकर्षण गराउँछौं। २०५२ सालपछिको अवधिमा सांसद किनबेचसहित विकृत गठबन्धन राजनीतिको जस्तो अभ्यास भयो, त्यो अब कुनै पनि हालतमा दोहोरिनु हुँदैन। अब जुनसुकै सरकार आए पनि त्यसलाई निरन्तर खबरदारीसहित उत्तरदायी बनाउनु नागरिकका रुपमा हामी आफ्नो कर्तव्य सम्झन्छौं।

तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि शुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं। तर हामीसित विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने कुरा जानकारी गराउँछौं।

डा. गोविन्द केसी

काठमाडौं

२०७७ फागुन १२
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस