भीषण वर्षासँगै पहिरो : ३५ को मृत्यु, डेढ दर्जन बेपत्ता
१४ साउन २०७२
•
१२ मिनेट पाठ
भीषण वर्षासँगै पहिरो : ३५ को मृत्यु, डेढ दर्जन बेपत्ता
पोखरा/म्याग्दी- बुधबार राति भीषण वर्षासँगै कास्की, म्याग्दी, बाग्लुङ र चितवनका विभिन्न ठाउँमा गएका छुट्टाछुट्टै पहिरोमा ३५ जनाको ज्यान गएको छ। पहिरोमा डेढ दर्जनभन्दा बढी बेपत्ता छन्, यत्तिकै संख्यामा घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा १६ महिला, ८ पुरुष र ५ बालबालिका छन्।




पहिरोले घरबस्ती नै पुरिँदा कास्कीका तीन गाविसमा गरी ३०, म्याग्दीमा ३, चितवन र बाग्लुङमा १–१ गरी ३५ जनाको ज्यान गएको हो।

कास्कीका लुम्ले, तामागी र ढिकुरपोखरीमा गरी ३० जनाको ज्यान गएको जिल्ला प्रहरीप्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएकाको खोजी अझै जारी छ।

लुम्लेका ४ र ६ नम्बर वडाअन्तर्गत गहिरो भागमा रहेका १२ घर बुधबार राति माथिबाट बग्दै आएको पहिरोले नामनिसानै नरहने गरी पुरेको थियो। कास्कीकै भदौरे, तामागी गाविसमा पहिरोले घर पुरिँदा पाँच जनाको ज्यान गएको छ भने ढिकुरपोखरीमा दुई जनाको मृत्यु भएको छ। तामागीमा ३ जना बेपत्ता छन्।

एसपी पालका अनुसार भदौरे, तामागी–५ डुँडाफाटका ५, लुम्ले–६, माझघरका २३ र ढिकुरपोखरी–९, ठूलीचौरका २ जनाको पहिरोमा परी मृत्यु भएको हो। कास्कीमा मृत्यु हुनेमा १७ महिला, ७ पुरुष र ६ बालबालिका परेका छन्।
Kaski pahiro
पहिरोमा फेवाताल सिरान क्षेत्रको भदौरे, तामागी–५, डँुडेफाँटका टीकाराम विक (६५), रामकुमारी विक (५५), गौरी पराजुली (३१), करण पराजुली (७) र नन्दकली पराजुली

(६५) को ज्यान गएको कास्कीका डिएसपी केदार रजौरेले जानकारी दिए।

मध्यरात निकै माथिदेखि पहिरो झरेर घरै बगाउँदा सुतिरहेका स्थानीय पुरिएको उद्धारमा खटिएका डिएसपी केदार रजौरेले बताए। तामागीका १० घर पूर्ण र तीन घरमा आंशिक क्षति छ।

लुम्ले पहिरोमा ज्यान गुमाउनेमा अर्जुन गुरुङ, (१०), रत्ना पौडेल (७०), वसन्त विक (८४) र चिजा विक (३२) छन्। सोही गाउँका सम्झना विक (१४), सलिना विक (१०), समिल विक (९), मञ्जु सुनार (२६), उनकी छोरी तीन महिनाकी सीमा सुनार, सुनकुमारी जिसी (३२), सुगम जिसी (१०), संगम जिसी (५), छिरिङ राई (५६), छिरिङकी पत्नी शान्ति शेर्पा (३७), खिमौरी विक (६५), पदमी देवकोटा (६५), तिलकुमारी देवकोटा, (६०), तुलसी देवकोटा (२२), गुरुदत्त देवकोटा (६०), पार्वती देवकोटा (२५), सविन देवकोटा (७), लक्ष्मी देवकोटा (५५) र सबिता पौडेल (९) को पनि ज्यान गएको छ।

त्यस्तै, ढिकुरपोखरीको पहिरोमा अस्मिता दाहाल (१७) र प्रेमराज दाहाल (१९) को ज्यान गएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले तीन ठाउँका पहिरोमा मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए। उनले पहिरोमा हराइरहेका केहीको खोजी जारी रहेको पनि बताए।

प्रहरीले शव पोस्टमार्टमका लागि पहिरोस्थलमै चिकित्सक लगेको थियो। भदौरे, तामगीमा उद्धारका लागि पुगेको डिएसपी रजौरेले भीषण वर्षाले पहिरो ल्याउँदा मानवीय क्षति भएको बताए।

'निकै माथिबाट पहिरो झरेको रहेछ। खहरेखोलामा सोहोरिएर आएको पहिरोले तल्लो भेगका घर पुरेछ,' उनले भने, 'भीषण पानी र पहिरो झरेपछि गाउँले भाग्नसमेत पाएनछन्। मध्यरातको भीषण पानीले माथिल्लो क्षेत्रबाट पहिरो झरेको र त्यही पहिरो सोहोरिएर तल बढी क्षति पुर्याएएको उनले बताए।

स्थानीयका अनुसार भीषण वर्षापछि गाउँले राति नै घर छाडेर भागाभाग गरेका थिए। जोगिन खोज्दा केही झनै पहिरोको मारमा परेका थिए। स्थानीय उपेन्द्र पराजुलीका अनुसार करिब १ किलोमिटर माथिबाट भीषण पहिरो झरेर तल्लो भेगका घर पुरिएका थिए।

'चर्काे गर्जनसहित भीषण वर्षा भएको थियो। गर्जनले ब्युँझिएपछि म घरको छतमा उक्लेको थिएँ। छिमेकी पनि राति नै उठेका थिए तर अचानक ठूलो आवाजसाथ माथिबाट पहिरो झर्योए,' उनले भने, 'त्यसले छिमेकीको घर पुर्योप। पक्की हुनाले मेरो बच्यो तर भेल भित्रै पस्यो।'

उनका अनुसार छिमेकी टीकाराम विक दम्पती पहिरो आउने डरले नजिकै रहेको छोरा कमलको घरमा राति नै सरेका थिए। तर, कमलको घरै बगाउने गरी पहिरो झरेर टीकाराम र पत्नी रामकुमारी विकलाई बगाएको उनले बताए।

'बच्न भनेर बासस्थान छाडेर नजिकैको छोराको घरमा पुगेका विक दम्पतीकै ज्यान गयो। आफ्नो घर जोगियो तर छोराको जोगिएन,' उनले भने, 'छोराबुहारी भने भागेर बाँच्न सफल भए।' पुरिएका घरमध्ये केहीको छानो मात्र बाहिर देखिएको छ। आंशिक पुरिएका घरमा पनि बाढी पसेर बस्नै नहुने भएको छ।

लुम्लेको उद्धारमा खटिएका एसपी पालले रातिको समय भएकाले एकैपटक धेरैको ज्यान गएको बताए।

'माथिबाट एक्कासि पहिरो झर्योा। बाहिरिन निस्कन नपाउँदै घरसँगै बगेछन्,' उनले भने।

बुधबार रातिकै पहिरोले बाग्लुङको रायडाँडागाउँमा एक जनाले ज्यान गुमाएका छन्। बुधबार राति आएको पहिरोले रायडाँडा—९ आप्रेका ९० वर्षीय कलाधार थापाको मृत्यु भएको हो। थापा सुतिरहेको घर माथितिर जंगलबाट आएको पहिरोले पुरेको थियो।

बाढीपहिरोले पोखरा–बागलुङ राजमार्ग ठाउँठाउँमा क्षति पुगेको छ। पहिरोले राजमार्ग बगाएपछि पोखराबाट धवलागिरी अञ्चलका विभिन्न जिल्ला जाने यात्रुले सास्ती खेप्नुपरेको छ। डोजर र सुरक्षाकर्मी लगाएर पहिरो हटाउने प्रयास भए पनि बिहीबार साँझसम्म सडक खुलाउन सकिएको छैन।

म्याग्दीको मुना–४ को घोस्सीखोला थुनिएर बाँध फुट्दा आएको बाढीले घर बगाउँदा मलिना पहरे पुन (९) को मृत्यु भएको छ भने मुदी–५ नेरवाङको गारखोरियामा पहिरोले तीनटा गोठ पुरिँदा दलदेवी पुन (३२) को मृत्यु भएको छ।

प्रहरीले देवीस्थान–९ रानीबाच्छास्थित म्याग्दी खोलाकिनारमा पुरिएको अवस्थामा महिला–पुरुष चिन्न नसकिने अवस्थामा एक शव फेला परेको छ।

म्याग्दी पहिरोमा किसलाल पुन (६८), हस्त पुन (७२) र पृथमान घर्तीमगर (७०), जीप्रसाद घर्तीमगर (५०) र मिनबहादुर घर्तीमगर (५५) बेपत्ता रहेको डिएसपी हिराबहादुर गिरीले बताए। मृतक दलदेवी र बेपत्ता किसलाल र हस्त एकै परिवारका हुन्।

'बेपत्ताको खोजी भइरहेको छ। वर्षाले खोजीमा अवरोध पारेको छ,' गिरीले भने।

उनका अनुसार करिब ८ सय मिटर माथिबाट खसेको पहिरोले गोठमा सुतिरहेका स्थानीयलाई बगाएको थियो। पहिरोले नामनिसान नरहने गरी गोठ बगाएको नेरवाङकी महिला स्वयंसेविका पूर्णकुमारी घर्तीले बताइन्।

'राति १ बजेतिर ठूलो आवाज आएपछि हामीले पहिरोको आशंका गर्यौंी,' घर्तीले भनिन्। उनका अनुसार चरन क्षेत्र र गोठमा रहेका २ सय ५० भेडाबाख्रा र ७० वटा गाईभैंसी पनि पहिरोले पुरिएका छन्। पहिरोमा परेकाको खोजीका लागि इलाका प्रहरी कार्यालय, दरबाङबाट प्रहरी नायब निरीक्षक बेतन रानाभाट र ताकम चौकीबाट कुलबहादुर विकको नेतृत्वमा १० जना प्रहरी घटनास्थल पुगेका थिए।

जिल्लाको अति विकट मानिने नेरवाङ पशुपालनका लागि उपयुक्त रहेकाले गाउँलेले जंगलनजिकै गोठ बनाएर पशुको हेरचाह गर्दै आएका थिए।

पहिरोले नेरवाङ तथा आसपासका क्षेत्र जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो प्रभावित क्षेत्रमा रहेका अन्य गोठका चौपाया पनि बस्तीतर्फ सारिएको छ। बेपत्ताको खोजीमा स्थानीय पनि समेत जुटेका छन्। यसैबीच, देवीस्थानमा पर्ने म्याग्दी खोलाको किनारमा पहिचान नभएको एउटा शव भेटिएको छ।

पहिरोले ओखरबोट गाविसको फूलबारीस्थित रुमखोला तथा मुदी र नेरवाङ जोड्ने झोलुंगे पुलसमेत बगाएको छ। ठाउँठाउँमा पहिरो झर्दा बेनी–जोमसोम, बेनी–दरबाङ सडकसमेत अवरुद्ध छ। म्याग्दी खोलाको सतह बढेको छ। सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सबै कच्ची सडक अवरुद्ध छन्।

यसैगरी, चितवनमा बाढीपहिरोका कारण एक जनाको मृत्यु भएको छ। पहिरोमा एक जना बेपत्ता छन् भने एक जना घाइते छन्।

चितवन संवाददाता चाँदनी हमालका अनुसार बुधबार राति अविरल वर्षापछि सिद्धि गाविस–७, देउजरमा गएको पहिरोले घर पुरिँदा स्थानीय हरिवहादुर चेपाङकी ६ वर्षकी अरुणा चेपाङको मृत्यु भएको हो।

यसैगरी, काउले–७, भोटेगाउँका २७ वर्षीय शुक्रबहादुर चेपाङलाई पहिरोसँगै आएको दिवुंग खोलाको बाढीले बगाएर बेपत्ता पारेको काउले हेल्थपोस्ट इन्चार्ज धनकुमार खड्काले बताए।
अर्को समाचार
ताप्लेजुङ पहिरो : ३५ शव झिकिए, दुई दर्जन बेपत्ता
नागरिक
२९ जेष्ठ २०७२
•
९ मिनेट पाठ
ताप्लेजुङ पहिरो : ३५ शव झिकिए, दुई दर्जन बेपत्ता
ताप्लेजुङ- अविरल वर्षासँगै बुधबार राति जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोबाट शुक्रबारसम्म ३५ जनाको शव झिकिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले शुक्रबारसम्म ३५ को शव भेटिएको र दुई दर्जनभन्दा बढी अझै बेपत्ता रहेको जनाएको हो।स्थानीयले भने मृत्यु हुनेको संख्या ५५ भन्दा माथि पुगेको दाबी गरेका छन्। 'थिङ्लाबु गाविसमा १५ को शव निकालिएको छ, प्रशासनले यसलाई ९ मात्र भनेको छ,' स्थानीय नरेन ओख्राबुले भने।




त्रिभुवन उच्च मावि थुकिमाका प्रधानाध्यापक ईश्वरीप्रसाद भट्टराईका अनुसार लिवाङका ३ र १ नम्बर वडाबाट शुक्रबार साँझसम्म ९ शव निकालिएको छ। उनका अनुसार १ नम्बर वडामा मात्र अरू १८ को मृत्यु भएको छ। यससहित लिवाङ गाविसमा मर्नेको संख्या २७ पुगेको भट्टराईले दाबी गरे। अन्य स्थानीयले भने मृतकसंख्या ५५ माथि हुने अनुमान लगाएका छन्।

जिल्ला विपद व्यवस्थापन समिति संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले थप विवरण आएको क्षेत्रमा प्रहरी टोली पुगेर तथ्यांक निश्चित गरिने बताए। 'प्रारम्भिक जानकारीमा केही संख्या तलमाथि पर्ने हुँदा स्थानीयको सहयोगमा पूर्ण विवरण तयार गर्नु अनिवार्य छ', उनले भने।

यता, स्थानीयले भने प्रहरीको भन्दा बढी तथ्यांक दिइरहेका छन्। विभिन्न स्थानमा शवका अवशेष फेला परेको र धेरै घर पुरिएकाले बेपत्ता सबैको मृत्यु भएको उनीहरूको दाबी छ। लिवाङमा २७, सान्थाक्रामा १२, खोक्लिङमा १०, थिङ्लाबुमा १५ र लिङ्तेपमा ५ को ज्यान गएको स्थानीयको भनाइ छ।

वर्षा नरोकिँदा पहिरो प्रभावित क्षेत्र खोक्लिङ, खाम्लुङ, लिवाङ, सान्थाक्रा, लिङ्तेप र थिङ्लाबु गाविसका स्थानीय असुरक्षा महसुस गरिरहेका छन्। खोक्लिङवासी झरेन्द्र थापाका अनुसार सानातिना पहिरो झर्ने क्रम अहिले पनि जारी छ। पहिरो झरेको ठाउँ वरपरका बासिन्दा सुरक्षित स्थानमा सरेको उनले जानकारी दिए। 'जोखिम अझै टरेको छैन', थापाले भने, 'पहिरो प्रभावित स्थानीयको बसोबास आफ्नो घरमा हुँदैन। उनले नयाँ ठाउँमा पहिरो झरेका कारण कुन क्षेत्र सुरक्षित हो भनेर ठम्याउन गाह्रो भएको बताए।

प्रभावितलाई खाद्यान्न अभाव
बेलैमा राहत सामग्री नपुग्दा ताप्लेजुङको पहिरो प्रभावित क्षेत्रका डेढ सयभन्दा बढी स्थानीयलाई पेट भर्नै मुस्किल हुने भएको छ। सदरमुकामबाट खाद्यान्न, त्रिपाललगायत सामग्री पुर्यााउने तयारी गरिए पनि प्रतिकूल मौसमले हेलिकप्टर लैजान नसकिएपछि उनीहरू मारमा छन्।

पहिरोले सबैभन्दा बढी क्षति गरेको लिवाङ–१ र २ नम्बर वडामा सयभन्दा बढी स्थानीयलाई खाद्यान्न र पिउने पानी अभाव रहेको ताप्लेजुङ क्षेत्र नम्बर २ का सभासद डम्बरध्वज तुम्बाहाम्फेले जानकारी दिए। 'अन्नपात र घरखेत पुरिएर ज्यान मात्र बचाएकालाई पहिलो दिन त गाउँलेले खुवाए तर अहिले त्यो पनि छैन,' उनले भने, 'गाउँमा खाद्यान्न अभाव चरम छ।'

उनका अनुसार सबैभन्दा बढी समस्या लिवाङ गाविसमा छ। शुक्रबार बिहानबाट पहिरोपीडित परिवारका लागि आपत्कालीन राहत पुर्याबउने योजना सफल भएन। नेपाली सेनाको हेलिकप्टरबाट पहिरो प्रभावित क्षेत्रमा चामल, त्रिपाल र कम्बलसहितका सामग्री पठाउन तयारी गरे पनि मौसमले साथ नदिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा यहाँका सिडिओ डमरुप्रसाद निरौलाले जानकारी दिए। उनका अनुसार पैदल मार्गबाट आपत्कालीन राहत पुर्या उन नसकिएका स्थानमा हेलिकप्टरबाट प्रयास गरिए पनि सम्भव नभएको हो।

जिल्ला प्रहरी कार्यालयले पहिरोले ४४ घर बगाउँदा तिनमा आश्रित करिब १ सय ९० जना विस्थापति भएको जनाएको छ। 'तथ्यांक अझै अपडेट गर्ने प्रयास भइरहेको छ,' डिएसपी शान्तिराज कोइरालाले भने। जिल्ला रेडक्रस सोसाइटी कार्यवाहक सभापति टामन सिग्देलका अनुसार पहिरोबाट थिङ्लाबुमा ५०, लिवाङमा १ सय, खोक्लिङमा ७, खाम्लुङमा २८ र सान्थाक्रामा ५ जना विस्थापित छन्।

मेवाखोला र तमोर नदीबीचको दोभान बजारमा पहिरोको संकट अझै टरेको छैन। स्थानीय व्यावसायी टंक खतिवडा दिनभर व्यवसाय सञ्चालन गर्ने र राति ताप्लेजुङ नगरपालिकाको सुरक्षित स्थानमा जाने गरेको बताउँछन्। 'बस्तीमा जोखिम अझै कम नभएकाले राति घर छाडेर हिँड्नुपरेको छ,' खतिवडाले भने।

यता, लिवाङ र लिङ्तेपबीचको पहिरोमा फसेका चारमध्ये अशक्त अवस्थाका आमा–छोरीको उद्धार हुन सकेको छैन। त्यसै क्षेत्रमा फसेका अन्य दुई भने सुरक्षित स्थानमा सरेका छन्।

लिवाङ गाविसको २ नम्बर वडाको ल्यामल्याम र फुङ्गादेन पहिरोको बीच भागमा फसेका १४ लाई सशस्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले मिलेर सुरक्षित स्थानमा सारेका छन्।

बुधबार साँझबाट सुरु भएको झरी नथामिएपछि शुक्रबार प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली जिल्ला आउने कार्यक्रम स्थगित भएको छ। निरौलाका अनुसार प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओली पहिरोग्रस्त क्षेत्रको अवलोकन तथा निरीक्षणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आउने कार्यक्रम थियो।

जोखिममा परेकालाई पुनःस्थापना
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बिहान बसेको बैठकले पहिरो प्रभावित पश्चिमी ताप्लेजुङका ६ गाविसमा जोखिममा परेकालाई सुरक्षित स्थानमा सार्नेलगायत आठबुँदे निर्णय गरेको छ। बैठकले आपतकालीन राहतको व्यवस्थापन गर्ने जिम्मा ताप्लेजुङ उद्योग वाणिज्य संघ र जिल्ला रेडक्रस सोसाइटीलाई दिएको छ। निरौलाका अनुसार राहत तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका २ सयको जनशक्ति परिचालन गरिएको बताइएको छ।

२५ परिवारलाई २५ रोपनी जग्गा
यसैबीच, ताप्लेजुङ ढुंगेसाँघुका बलबहादुर तामाङले पहिरोमा परी घरजग्गा गुमाएका मध्ये २५ परिवारलाई ढुंगेसाँघु गाविसमा रहेको आफ्नो जग्गाबाट प्रतिपरिवार एक रोपनीका दरले निःशुल्क दिने घोषणा गरेका छन्। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका तामाङले पीडित परिवारले सम्बन्धित गाविस, जिल्ला प्रशासन कार्यालय र सभासद् डम्बरध्वज तुम्बाहाम्फेको सिफारिस लिएर आए एक रोपनी जग्गाको धनीपुर्जा दिइने बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस