महानगरको आम्दानी घट्यो
१३ साउन २०७२
•
४ मिनेट पाठ
महानगरको आम्दानी घट्यो
काठमाडौं- आर्थिक वर्ष २०७०/७१ मा लक्ष्यभन्दा बढी आन्तरिक आय गरेको काठमाडौं महानगरपालिकाको २०७१/७२ मा लक्ष्यभन्दा १० प्रतिशत आय कम भएको छ। भूकम्पले कतिपय कर संकलक वडा कार्यालय प्रभावित भएपछि राजस्व उठाउन बाधा भएको महानगरपालिकाले जनाएको हो।मंगलबार निकालिएको विवरण अनुसार पछिल्लो आर्थिक वर्षमा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलनबाट आय गर्ने लक्ष्य राखेकोमा मात्र १ अर्ब १९ करोड २० लाख रुपैयाँमात्र आम्दानी भएको हो। महानगरपालिका राजस्व महाशाखाका अनुसार यो लक्ष्यभन्दा १० प्रतिशत कम हो।




त्यसैगरी, आर्थिक वर्ष २०७०/७१ मा १ अर्ब २८ करोड २१ लाख रुपैयाँ उठाउने लक्ष्य लिइएकामा १ अर्ब ३० करोड २५ लाख रुपैयाँ उठेको थियो। जुन लक्ष्यभन्दा १.५९ प्रतिशत बढी रहेको राजस्व अधिकृतहरुले जनाए।

'भूकम्पले गर्दा कतिपय वडा कार्यालयले राम्ररी काम गर्न सकेनन्,' राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेले भने, 'जसका कारण लक्ष्यअनुसार कर संकलन भएन। यद्यपि यो अनुमान गरेअनुसार लक्ष्यबराबर नै हो।' यसबाहेक पछिल्लो आर्थिक वर्षमा ७५ करोड सरकारी तथा अन्तर्राष्ट्रिय अनुदानबाट रकम आएको महानगरपालिकाले जनाएको छ।

महानगरमा राजस्व जम्मा हुने महिना वैशाख, जेठ र असार रहेकाले वैशाख १२ गते भूकम्प गएपछि प्रभावित भएको उनले प्रस्ट्याए। तीनै महिना प्रतिमहिना १५/१५ करोड औसत रुपमा राजस्व संकलन हुने भए पनि पछिल्लो आर्थिक वर्षमा वैशाखमा ३० लाख रुपैयाँ, जेठमा ३ करोड ४६ लाख रुपैयाँ र असारमा १४ करोड ९३ लाख रुपैयाँ राजस्व उठेको उनले जानकारी दिए।

भूकम्पसँगै सम्बन्धित अर्को कारण व्यवसाय कर संकलन गर्न टोली परिचालन गर्न नपाइँदा यस्तो समस्या भएको उनले बताए। 'व्यवसाय कर संकलन गर्न पसलपसलमा टोली परिचालन गर्थ्यौं,' उनले भने, 'भूकम्पले गर्दा धेरैजसो कर्मचारी राहत संकलनमा लागे र कतिपय स्वयं कर्मचारी पनि भूकम्प पीडित भए।'

साथै होटल, व्यापारिक मल, शैक्षिक संस्थाले तिर्ने समय पनि यही पछिल्ला तीन महिना हुँदा राजस्व प्रभावित भएको उनले जानकारी दिए। उनीहरुले तिर्ने बहाल कर, घरजग्गा कर र व्यवसाय कर घट्दो रुपमा रहँदा समस्या देखियो।

'महानगरको बागदरबारस्थित केन्द्रीय कार्यालय भूकम्पले क्षति हुँदा बक्यौता विवरण पनि तयार हुन सकेन,' उनले भने, 'त्यसैले हामीले बक्यौता तिराउन झक्झक्याउन समस्या पर्योा।'

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि आन्तरिक आयबाट १ अर्ब ५९ करोड रुपैयाँ प्राप्त हुने महानगरको लक्ष्य पूरा हुने उनले विश्वास गरे। 'आउँदो वर्ष लक्ष्यअनुसार पूरा गर्छौं। प्राकृतिक विपत्ति नआए बक्यौतासहित लक्ष्यअनुसार आम्दानी गर्न सकिन्छ,' उनले थपे। महानगरले चालु आर्थिक वर्षका लागि ४ अर्ब ६ करोड रुपैयाँको राजस्व तथा खर्च बजेट विनियोजन गरेको छ।
अर्को समाचार
बालेनको गुनासो: प्रदेश सरकारका कारण महानगरको राजस्व घट्यो
१८ पौष २०८१
•
१ मिनेट पाठ
बालेनको गुनासो: प्रदेश सरकारका कारण महानगरको राजस्व घट्यो
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रदेश सरकारका कारण महानगरको आम्दानी घटेको बताएका छन्। बिहीबार आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रवेश बैठकमा बोल्दै मेयर बालेनले प्रदेश सरकारले आर्थिक ऐन संशोधन गर्दा महानगरको राजस्वमा क्षति पुगेको बताएका हुन्।




‘प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवार पूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको छ,’ मेयर बालेनले भने।

क्यासिनो, स्काइ वाक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले अगाडि भने, ‘पहिले आकाशे सिसाको पुलमा ५ प्रतिशत थियो। यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो। अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ। यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ।’

पहिले क्यासिनोमा खर्च गरिएको रकमको ५ प्रतिशत शुल्क रहेकामा अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको, पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको ५ प्रतिशत कर रहेकामा अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेकाले राजस्वमा कमी आएको मेयर बालेनले बताए।

‘यस्ता नीतिगत भ्रष्टाचारलाई लेखा परीक्षणका क्रममा कसरी सम्बोधन हुन्छ ?’ लेखा परीक्षकलाई प्रश्न गर्दै उनले भने, ‘यसरी राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन।’

अर्कातिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रूपमा दिएको बहाल कर पनि सङ्घीय सरकारले सङ्कलन गरिरहेको मेयर बालेनले दाबी गरे। ‘यसबाट पनि महानगरपालिकाको आय घटेको छ। नीतिगत यस्ता विषयलाई पनि लेखा परीक्षणका क्रममा औँल्याउनु पर्छ’, उनले भने।

वित्तीय अनुशासनमा नियामक निकायबाट प्राप्त भएका सुझावलाई योजना तथा कार्यक्रम तर्जुमादेखि नै कार्यान्वयन गरिएको प्रमुख शाहको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस