पोखरा- सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयमध्येमा पर्छ मालपोत। घन्टौं पर्खेपछि मात्रै पालो आउँछ। सजिलो काम पनि लाटासोझाले सजिलै गर्न नसक्ने यो ठाउँमा आफ्नो पालो पर्खंदा–पर्खंदा तिर्खा लाग्यो भने कार्यालयमा पिउने पानी पाइन्न।त्यसैले कार्यालय हाताभित्रकै क्यान्टिनको भर नपरी सुख हुन्न तर कास्की मालपोतको पानी खानुभन्दा नखानु नै बेस! किनभने त्यहाँको पानी खाँदा झाडापखाला वा हैजाजस्ता रोग लाग्न बेर हुँदैन। जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले असार महिनामा गरेको त्यहाँको पानी जाँचको नतिजाले त्यसै भन्छ।
'मालपोतका २ क्यान्टिनमै खानयोग्य पानी भेटिएन,' जिल्ला जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले नागरिकसँग भने, 'पानीमा कोलिफर्म भेटियो।' उनका अनुसार कोलिफर्म नामको जीवाणु भएको पानी खाँदा आउँ, हैजा, झाडापखाला, टाइफाइड, मासी र हेपाटाइटिस हुनसक्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार खानेपानीमा एउटा कोलिफर्म भेटिए पनि त्यो खान योग्य हुँदैन। तर, मालपोतको क्यान्टिनबाट लिइएको १ सय मिलिमिटर पानीमा २ वटा कोलिफर्म भेटिएको जानकारी जनस्वास्थ्यका ल्याब टेक्निसियन रवीन्द्र बस्ताकोटीले दिए।
सेवाग्राहीको भीड लाग्ने कार्यालय मालपोतमात्रै होइन, नगरपालिका पनि हो। पोखरा उपमहानगरपालिका र कास्की मालपोतमा सेवाग्राहीको भीडको मात्रै होइन पानीको गुणस्तरमा पनि समानता भेटिएको छ। जनस्वास्थ्यले गरेको परीक्षणमा पोखरा उपमहानगरपालिकामा जाने सेवाग्राहीले खाने पानीको गुणस्तर पनि खराब भेटिएको थियो। 'नगरपालिकाले पनि सेवाग्राहीका निम्ति भनेर आफैंले शुद्ध पानी दिन सकेको छैन,' बरालले भने, 'क्यान्टिनकै पानी खानुपर्ने बाध्यता छ तर त्यो पानी शुद्ध छैन।'
सामान्यतः सरकारी कार्यालयहरुमा सेवाग्राहीका लागि भनेर पानी राखिएकै हुँदैन। राखे पनि शुद्ध राख्ने चलन छैन। खानेपानी कार्यालयले उपलब्ध गराउने पानी ट्यांकीमा जम्मा गरेर धारामा जोड्ने चलन मात्रै छ। कास्कीको जिल्ला प्रशासन र प्रहरीले भने युरोगार्डबाट फिल्टर भएको पानी सेवाग्राहीका लागि राखेका छन् तर जिल्ला प्रशासनको पानी ३ तलामाथि र सेवाग्राहीले थाहै नपाउने ठाउँमा छ। त्यसैले अधिकांश सेवाग्राही त्यो कार्यालय जाँदा पनि क्यान्टिनको पानी खान बाध्य छन्। 'प्रशासनको क्यान्टिनको पानी भने शुद्ध भेटियो,' बरालले भने, 'प्रहरी कार्यालयको पानीमा पनि खराबी देखिएन।'
उपभोक्ताले खानेपानी शुद्ध नभएकाले निर्मलीकरण गर्न भन्दै आफूहरुले सम्बन्धित कार्यालयहरुमा पत्राचार पनि गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिरेले बताए। 'खानेपानी शुद्ध नभए मानिसको स्वास्थ्य ठीक हुँदैन,' उनले भने, 'त्यसैले शुद्ध खानेपानी उपलब्ध गराउन भनेका छौं।' पोखरा उपमहानगरभित्र खानेपानी संस्थानले पानी वितरण गर्दै आएको छ। यसले प्रयोगमा ल्याएको सबैभन्दा ठूलो स्रोत मर्दीखोला हो। यो खोलामा भैंसी आहाल बस्छन्। मोटरगाडी वारपार गर्नेदेखि वरिपरिका डाँडाकाँडा र गाउँघरको फोहोरपानी यही खोलामा मिसिन्छ। संस्थानले पोखराको विन्ध्यवासिनीमा पानी जम्मा पारी निर्मलीकरण गर्दै आए पनि उपभोक्तासम्म आइपुग्दा पानी खानयोग्य भेटिएको छैन। अहिले खानेपानीको ट्यांकीमा ब्लिचिङ पाउडर राखेर निर्मलीकरण गर्दै आएको जानकारी संस्थानका प्राविधिक इन्जिनियर दिनेश यादवले दिए। 'टि्रटमेन्ट प्लान्टकै योजना छ,' उनले भने, 'जापानले सहयोग गर्ने भन्ने पनि पक्का भइसकेको छ।' तर त्यो योजना कहिलेसम्म बनिसक्छ र पोखरेलीको घरघरमा शुद्ध पानी आउँछ भन्ने कुनै टुंगो छैन।
'मुहानमा दिसाजन्य वस्तु मिसिएपछि पानीमा कोलिफर्म देखिन्छ,' जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले भने, 'वितरण गर्ने क्रममा ढल मिसियो भने पनि यस्तो समस्या हुन्छ।' बरालका अनुसार लेखनाथ नगरपालिकाको खानेपानीमा पनि कोलिफर्म जीवाणु भेटिएको छ। यो नगरपालिकामा साना सहरी खानेपानी तथा सरसफाइ आयोजना नामको स्वायत्त संस्थाले पानी वितरण गर्दै आएको छ। यही आयोजनाको रातोपधेँरा भन्ने ठाउँबाट संकलन गरिएको नमुनामा कोलिफर्म भेटिएको ल्याब टेक्निसियन बस्ताकोटीले जानकारी दिए।
असारको पहिलो साता लेखनाथको तल्लो गगनगौंडाबाट एक्कासि १६ जना झाडापखलाका बिरामी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भर्ना भएपछि जनस्वास्थ्यले उक्त नगरपालिकाका केही ठाउँमा पानीको नमुना परीक्षण गरेको थियो। तल्लो गगनगौंडाका बासिन्दाले खाँदै आएको घिमिरे कुवा र सेतीपारि मुहानको पानीमा पनि कोलिफर्म भेटिएको थियो। 'त्यही कोलिफर्मले झाडापखाला लागेको थाहा भइहाल्यो,' भेक्टर कन्ट्रोल निरीक्षक बरालले भने। त्यहाँका बासिन्दाले खाँदै आएको पानीको मुहानको नमुनामा ४२ वटा कोलिफर्म भेटिएको थियो।
कास्कीको देउराली गाविसमा देउराली आत्मनिर्भर खानेपानी आयोजना छ। यसलाई देशकै नमुना आयोजनासम्म भनेर प्रचार गरिएको थाहा पाएपछि जनस्वास्थ्यले त्यहाँको पानी पनि जाँचेको थियो। त्यही आयोजनाबाट लगिएको स्वास्थ्याचौकीकै पानीमा कोलिफर्म भेटिएको जानकारी बरालले दिए।