चुनावअघि तीन दिन सीमा नाका बन्द हुने
१७ वैशाख २०७९
•
२ मिनेट पाठ
चुनावअघि तीन दिन सीमा नाका बन्द हुने
आसन्न स्थानीय तहको निर्वाचनको ७२ घन्टाअगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ। कपिलवस्तु, रूपन्देही, पश्चिम नवलपरासी तथा भारतको सिद्धार्थनगर बलरामपुर जिल्लाका सुरक्षा अधिकारीहरूको रूपन्देहीको भैरहवामा भएको नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो।




सो अवधिमा आवतजावत समेत पूर्ण रूपमा बन्द गरिनेछ। निर्वाचनलाई लक्षित गरी बैठकले दुई देशबीच एकीकृत सुरक्षा योजनासमेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्रकुमार मिश्राले बताए। निर्वाचनलाई लक्षित गरी सीमा नाकामा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती समेत हुनेछ।

बैठकमा नेपालका तीन जिल्ला र भारतका दुई जिल्लाका सुरक्षा अधिकारीहरूबीच वैशाख ३० गते हुने निर्वाचन लक्षित सुरक्षाबारे छलफल गरी योजना समेत निर्माण गरिएको उनले बताए। ‘निर्वाचनलाई मध्यनजर गर्दै दुई देशको सुरक्षा अधिकारीले सीमा नाकालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेका छौं,’ प्रजिअ मिश्राले भने, ‘त्यसका लागि दुवै देशका सुरक्षा अधिकारीले आपसी सहयोग र सूचना आदानप्रदान गर्नसमेत समहत भएको हौं।’

बैठक निर्वाचन केन्द्रित रहेको भन्दै उनले निर्वाचनलाई सुरक्षित, मर्यादित, निष्पक्ष, भयरहित बनाउने विषयमा गहल छलफल भएको थियो। यस्तै सीमा नाकामा मदिराजन्य पदार्थ समेत बिक्री वितरण्मा रोक लगाइनेछ। भारतीय सीमावर्ती बजारमा नेपालीहरू लागु औषध सेवन गर्न जाने भएकाले त्यसमा समेत भारतीय सुरक्षाकर्मीले अब निगरानी बढाउने प्रजिअ मिश्राले बताए।

सीमा नाकामा सुरक्षा चेक प्वाइन्ट राख्ने, तत्कालै सूचना आदानप्रदान गर्ने, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार अवैध हतियार, अवैध मुद्राको कारोबार, सीमा क्षेत्रमा सचेननामूलक कार्यक्रम गर्ने तथा सीमामा निगरानी बढाउने गरी निर्णय गरिएका छन्।

उता आचारसंहिता पालना गराउन भारततर्फ रहेको फ्ल्याक्स मेसिन र प्रेसमा आचारसंहिताविपरीत छपाइको काम गर्न नदिन भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन्। सो अवसरमा भारतको सिद्धार्थ नगरका डिएम सञ्जीव रञ्जनले नेपालमा वैशाख ३० गते हुने निर्वाचनलाई सफल बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

उता प्रजिअ मिश्रा र भारतको सिद्धार्थ नगरका डिएम सञ्जीव रञ्जनबीच सीमास्तम्भलाई मर्मत र व्यवस्थित गर्न विषयमा समेत सहमति भएको छ। सीमा नाकामा ढलेका, जीर्ण बनेका, नदीमा डुेबेका स्तम्भहरूलाई मर्मत गर्ने सहमित भएको प्रजिअ मिश्राले बताए। सन् २००६ मा नेपाल र भारतका संयुक्त प्राविधिक सीमा समितिको दुई पक्षीय सहमित भएको थियो।

सो सहमतिमा बिजोर अंकको पिलर नेपाल र जोर अंकको पिलर भारतले मर्मत गर्ने सहमित भएको थियो। बैठकमा कपिलवस्तुका प्रजिअ मिश्रा, रूपन्देहीका प्रअिज ऋषिराम तिवारी, नवलपरासीका प्रजिअ श्रवणकुमार पोख्रेल, नेपालका तीन जिल्लाका सुरक्षा अधिकारी, भारतको महाराजगन्जका डिएम सत्येन्द्र कुमार, सिद्धार्थनगरका डिएम सञ्जीव रञ्जनलगायतको सहभागिता रहेको थियो।
अर्को समाचार
जहाँ ओलीको भाषण, त्यहीँ हार
०९ जेष्ठ २०७९
•
४ मिनेट पाठ
जहाँ ओलीको भाषण, त्यहीँ हार
स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर्दा सबै मिलेर ती ठाउँमा एमालेलाई पराजित गरेका हुन्।




स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष जुम्ला र कालिकोट पुगेका थिए।

एमाले अध्यक्ष जुम्ला र कालिकोट पुग्दा ठूलै भीड जम्मा भएको थियो। सायद अरू पार्टीले त्यतिधेरै भीड जम्मा भएको थिएन। तर ती दुवै जिल्लामा एमालेले एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन। त्यहाँ कांग्रेस, माओवादी र नेकपा एसले पूरै गठबन्धन गरेर एमालेलाई दोस्रो स्थानमा राखे।

त्यति मात्र होइन एमालेको प्रभाव रहेको बुटवलमा वैशाख २५ गते गएर भाषण गरेका थिए। त्यहाँ गठबन्धन दलका तर्फबाट पनि सभा गरिएको थिए। तर ओलीले एमालेको पकड रहेकै बुटवलमा पुगेर भाषण गरे पनि २५ वर्षपछि कांग्रेसका खेलराज पाण्डेयले जित हाँसिल गरे। उनले ३० हजार २सय ४९ मत ल्याए भने एमालेका बाबुराम भट्टराई २२ हजार मत ल्याएका थिए। त्यहाँ एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको क्षेत्र हो। त्यसैगरी रूपन्देहीको सैनामैना नगरपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ। वुटवल र सैनामैना पनि एमालेविरुद्ध सबै पार्टीको गठबन्धन भएको थियो।

त्यसैगरी वैशाख १८ गते एमाले अध्यक्ष मकवानपुरको हेटौंडा पुगेर भाषण गरेका थिए। त्यहाँ उनले नेकपा एमालेबाहेक अन्य कसैले पनि नजित्ने जनाएका थिए। हेटौंडा उपमहानगरपालिका २०४९ सालदेखि एमालेले जित्दै आएको थियो। त्यहाँ यसपल्ट एमालेबाट विभाजित भएको नेकपा एस पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको छ।

एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्। उनी एमाले विभाजन भएपछि एसतिर लागेकी थिइन्।

वैशाख २७ गते एमाले अध्यक्ष ओलीले आफ्नै गृहजिल्ला भद्रपुरमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ पनि एमालले पराजय भोग्यो। वैशाख २७ गते नै एमाले अध्यक्ष झापाको दमकमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ सबै पार्टी मिलेर एमालेलाई हराइदिए। त्यहाँ राप्रपाका राम थापाले जीत हासिल गरेका थिए। वैशाख २६ गते एमाले अध्यक्ष ओलीले पोखरा, ललितपुर र कीर्तिपुरमा सम्बोधन गरेका थिए।

कीर्तिपुरमा कांग्रेसले जीत हासिल गरिसकेको छ भने ललितपुरमा एमालेभन्दा कांग्रेस धेरै मतले अगाडि रहेको छ। त्यस्तै पोखरामा एमाले विरुद्ध गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्य अगाडि रहेका छन्। त्यहाँ पनि एमालेको पराजय निश्चित जस्तै देखिएको छ। त्यसैगरी वैशाख २५ गते भरतपुर पुगेर ओलीले आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए। धेरै समय नेकपा माओवादीविरुद्ध अभिव्यक्ति दिएका ओलीले भरतपुरका जनतालाई एमालेलाई मत दिन आग्रह गरेका थिए।

त्यहाँ एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसको गठबन्धन बनेको थियो। एमालेले पनि राप्रपासँग गठबन्धन गरेर अघि बढे पनि गठबन्धनको तर्फबाट रेणु दाहालको अग्रता कायमै रहेको छ। भरतपुरमा पनि एमालेले पराजय करिब निश्चित जस्तै बनेको छ। त्यस्तै वैशाख २२ गते कैलालीको धनगढीमा पनि ओलीले भाषण गरेका थिए। त्यहाँ स्वतन्त्रबाट गोपाल हमालले जीत हासिल गरेका थिए।  

वैशाख २७ गते काठमाडौंको भृकुटी मण्डपमा ओलीले काठमाडौंवासी एमालेको पक्षमा रहेको दाबी गरेका थिए। एमालेले काठमाडौंको सवै नगरपालिका जित्ने दाबी गरेका थिए। तर दुई वटा नगरपालिका बाहेक अन्य ठाउँमा एमाले हारेको अवस्था छ। काठमाडौ महानगरपालिकामा एमालेका उम्मेदवार केशव स्थापित निकै पछाडि रहेका छन्। धरान, इटहरीमा पनि ओलीले भाषण गरेका थिए। धरानमा स्वतन्त्रबाट हर्क साम्पाङले जित हाँसिल गरेका छन् भने इटहरीमा कांग्रेसले जित हाँसिल गरेका छ। त्यहाँ एमालेले उपमेयर जितेको छ।

२७ गते झापा मेची पुगेका ओलीले एमालेलाई मत दिन आग्रह गरेका थिए। त्यहाँ कांग्रेसका गणेश पोखरेल १२ हजार ५ सय २५ मत ल्याएर जितेका छन्। त्यही मेची नगरमा भाषण गरेका ओलीले सो नगरलाई चाहिँ जिताएका छन्। त्यस्तै इलामको माई नगरपालिका पनि एमालेका अम्बासिंह लिम्बु ८ हजार एक सय ३२ मत ल्याएर जितेको थिए। त्यहाँ माओवादीलाई हराएका थिए।

स्थानीय निर्वाचनको बेला अन्य नेताहरू भन्दा बढी एमाले अध्यक्ष ओलीले दौडधुप गरेका थिए। सोलुखुम्बुमा पनि पुगेर ओलीले भाषण गरेका थिए। दूधकुण्ड नगरपालिको मेयरमा एमाले अध्यक्ष ओलीले पार्टीमा ल्याएका आङ काजी शेर्पालाई टिकट दिइएको थियो। तर उनले पराजय भोगे। त्यहाँ कांग्रेसले एकलौटी रूपमा चुनाव जितेको छ।

त्यसैगरी सोलुमा अघिल्लो पटक चारवटा स्थानीय तह जितेको एमालेले यसपटक दुई वटामा खुम्चिएको छ। त्यसैगरी चैत र वैशाखमा दुई पटक विरगन्ज पुगेका ओलीले पर्साका जनताले एमालेलाई जिताउने उद्घोष गरेर आएका थिए। तर वीरगन्ज नगरपालिकामा एमालेका विजय सरावागीको पराजय निश्चित जस्तै भएको छ। एमालेका नेताहरूको भनाइमा पनि ओली जहाँ पुगे त्यहाँ सत्ता गढबन्धनले एमाले हराउने अभियान नै थालेका थिए ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस