बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन
२९ वैशाख २०७९
•
१ मिनेट पाठ
बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन
बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन्।




शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।  बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन्।

जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी सोअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ। सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा निकायलाई  जिम्मेवारीअनुसार परिचालन गरिएको छ।

प्रजिअ खत्रीले भारतसँंग खुला सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशिलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएको उल्लेख गर्दै भारतँंग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्र अत्यन्तै संवेदनशीलको रुपमा लिइएको बताए।

निर्वाचनलाई शान्तिपूर्णरूपमा  सम्पन्न गर्न नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गर्ने द्विपक्षीय सहमति भइसकेकाले यही वैशाख २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि सीमाक्षेत्रबाट हुने आवागमन पूर्णरूपले बन्द गरिएको छ। एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिदैछन्।
अर्को समाचार
जहाँ ओलीको भाषण, त्यहीँ हार
०९ जेष्ठ २०७९
•
४ मिनेट पाठ
जहाँ ओलीको भाषण, त्यहीँ हार
स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई पेल्न भाषण गर्दा सबै मिलेर ती ठाउँमा एमालेलाई पराजित गरेका हुन्।




स्थानीय तहको निर्वाचन एकै दिन चारदेखि पाँचवटा स्थानमा पुगेर एमाले अध्यक्षले भाषण गरेका थिए। उनले भाषण गरेको केही जिल्लाका स्थानीय तहमा एमालेको प्रमुख जित्न सकेन। चैत १७ गते एमाले अध्यक्ष जुम्ला र कालिकोट पुगेका थिए।

एमाले अध्यक्ष जुम्ला र कालिकोट पुग्दा ठूलै भीड जम्मा भएको थियो। सायद अरू पार्टीले त्यतिधेरै भीड जम्मा भएको थिएन। तर ती दुवै जिल्लामा एमालेले एउटा पनि स्थानीय तहमा जीत हासिल गर्न सकेन। त्यहाँ कांग्रेस, माओवादी र नेकपा एसले पूरै गठबन्धन गरेर एमालेलाई दोस्रो स्थानमा राखे।

त्यति मात्र होइन एमालेको प्रभाव रहेको बुटवलमा वैशाख २५ गते गएर भाषण गरेका थिए। त्यहाँ गठबन्धन दलका तर्फबाट पनि सभा गरिएको थिए। तर ओलीले एमालेको पकड रहेकै बुटवलमा पुगेर भाषण गरे पनि २५ वर्षपछि कांग्रेसका खेलराज पाण्डेयले जित हाँसिल गरे। उनले ३० हजार २सय ४९ मत ल्याए भने एमालेका बाबुराम भट्टराई २२ हजार मत ल्याएका थिए। त्यहाँ एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको क्षेत्र हो। त्यसैगरी रूपन्देहीको सैनामैना नगरपालिकामा पनि कांग्रेसले जित हासिल गरेको छ। वुटवल र सैनामैना पनि एमालेविरुद्ध सबै पार्टीको गठबन्धन भएको थियो।

त्यसैगरी वैशाख १८ गते एमाले अध्यक्ष मकवानपुरको हेटौंडा पुगेर भाषण गरेका थिए। त्यहाँ उनले नेकपा एमालेबाहेक अन्य कसैले पनि नजित्ने जनाएका थिए। हेटौंडा उपमहानगरपालिका २०४९ सालदेखि एमालेले जित्दै आएको थियो। त्यहाँ यसपल्ट एमालेबाट विभाजित भएको नेकपा एस पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको छ।

एस पार्टीकी मिना लामा र कांग्रेसका राजेश बानियाँले जीत हाँसिल गरेका छन्। लामा बागमती प्रदेशको उपमहानगरपालिकामा पहिलो मेयर हुन्। लामा यसअघि एमालेको तर्फबाट उपमेयर थिइन्। उनी एमाले विभाजन भएपछि एसतिर लागेकी थिइन्।

वैशाख २७ गते एमाले अध्यक्ष ओलीले आफ्नै गृहजिल्ला भद्रपुरमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ पनि एमालले पराजय भोग्यो। वैशाख २७ गते नै एमाले अध्यक्ष झापाको दमकमा पुगेर सम्बोधन गरेका थिए। त्यहाँ सबै पार्टी मिलेर एमालेलाई हराइदिए। त्यहाँ राप्रपाका राम थापाले जीत हासिल गरेका थिए। वैशाख २६ गते एमाले अध्यक्ष ओलीले पोखरा, ललितपुर र कीर्तिपुरमा सम्बोधन गरेका थिए।

कीर्तिपुरमा कांग्रेसले जीत हासिल गरिसकेको छ भने ललितपुरमा एमालेभन्दा कांग्रेस धेरै मतले अगाडि रहेको छ। त्यस्तै पोखरामा एमाले विरुद्ध गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्य अगाडि रहेका छन्। त्यहाँ पनि एमालेको पराजय निश्चित जस्तै देखिएको छ। त्यसैगरी वैशाख २५ गते भरतपुर पुगेर ओलीले आफ्ना नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए। धेरै समय नेकपा माओवादीविरुद्ध अभिव्यक्ति दिएका ओलीले भरतपुरका जनतालाई एमालेलाई मत दिन आग्रह गरेका थिए।

त्यहाँ एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसको गठबन्धन बनेको थियो। एमालेले पनि राप्रपासँग गठबन्धन गरेर अघि बढे पनि गठबन्धनको तर्फबाट रेणु दाहालको अग्रता कायमै रहेको छ। भरतपुरमा पनि एमालेले पराजय करिब निश्चित जस्तै बनेको छ। त्यस्तै वैशाख २२ गते कैलालीको धनगढीमा पनि ओलीले भाषण गरेका थिए। त्यहाँ स्वतन्त्रबाट गोपाल हमालले जीत हासिल गरेका थिए।  

वैशाख २७ गते काठमाडौंको भृकुटी मण्डपमा ओलीले काठमाडौंवासी एमालेको पक्षमा रहेको दाबी गरेका थिए। एमालेले काठमाडौंको सवै नगरपालिका जित्ने दाबी गरेका थिए। तर दुई वटा नगरपालिका बाहेक अन्य ठाउँमा एमाले हारेको अवस्था छ। काठमाडौ महानगरपालिकामा एमालेका उम्मेदवार केशव स्थापित निकै पछाडि रहेका छन्। धरान, इटहरीमा पनि ओलीले भाषण गरेका थिए। धरानमा स्वतन्त्रबाट हर्क साम्पाङले जित हाँसिल गरेका छन् भने इटहरीमा कांग्रेसले जित हाँसिल गरेका छ। त्यहाँ एमालेले उपमेयर जितेको छ।

२७ गते झापा मेची पुगेका ओलीले एमालेलाई मत दिन आग्रह गरेका थिए। त्यहाँ कांग्रेसका गणेश पोखरेल १२ हजार ५ सय २५ मत ल्याएर जितेका छन्। त्यही मेची नगरमा भाषण गरेका ओलीले सो नगरलाई चाहिँ जिताएका छन्। त्यस्तै इलामको माई नगरपालिका पनि एमालेका अम्बासिंह लिम्बु ८ हजार एक सय ३२ मत ल्याएर जितेको थिए। त्यहाँ माओवादीलाई हराएका थिए।

स्थानीय निर्वाचनको बेला अन्य नेताहरू भन्दा बढी एमाले अध्यक्ष ओलीले दौडधुप गरेका थिए। सोलुखुम्बुमा पनि पुगेर ओलीले भाषण गरेका थिए। दूधकुण्ड नगरपालिको मेयरमा एमाले अध्यक्ष ओलीले पार्टीमा ल्याएका आङ काजी शेर्पालाई टिकट दिइएको थियो। तर उनले पराजय भोगे। त्यहाँ कांग्रेसले एकलौटी रूपमा चुनाव जितेको छ।

त्यसैगरी सोलुमा अघिल्लो पटक चारवटा स्थानीय तह जितेको एमालेले यसपटक दुई वटामा खुम्चिएको छ। त्यसैगरी चैत र वैशाखमा दुई पटक विरगन्ज पुगेका ओलीले पर्साका जनताले एमालेलाई जिताउने उद्घोष गरेर आएका थिए। तर वीरगन्ज नगरपालिकामा एमालेका विजय सरावागीको पराजय निश्चित जस्तै भएको छ। एमालेका नेताहरूको भनाइमा पनि ओली जहाँ पुगे त्यहाँ सत्ता गढबन्धनले एमाले हराउने अभियान नै थालेका थिए ।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस