नक्कली डाक्टर पक्राउ
१४ वैशाख २०७९
•
१ मिनेट पाठ
नक्कली डाक्टर पक्राउ
मोरङको छुट्टा-छुट्टै स्थानबाट क्लिनिक सञ्चालन गरेका २ जना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–१ स्थित फिलिम हल लाइनमा श्री राम पाइल्स क्लिनिक सञ्चालन गरेका २७ वर्षीय पर्सनजित बर्मनलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।




भारत पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला रानिगञ्ज पानसाली पञ्चायत घर भई पथरीशनिश्चेमा पाइल्सको उपचार गर्ने भनेर क्लिनिक सञ्चालन गर्दै आएका बर्मन नक्कली डाक्टर भएको खुलेपछि पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

त्यस्तै, सुन्दरहरैँचा नगरपालिका–३ स्थित गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका २९ वर्षीय सनोड मण्डल पक्राउ परेका छन्। उनको पनि स्थायी घर पश्चिम बंगाल राज्य दार्जिलिङ जिल्ला देवीगञ्ज ग्रामपञ्चायतमा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनाले आफूहरु आर्वेदिक डाक्टर भएको बताउँदै बिरामीको उपचार गर्दै ठगी गरेको र स्वास्थ्यमा समेत खेलवाड गरेको आरोपमा पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए। शैक्षिक योग्यता नभएको र नेपाल मेडिकल काउन्सिलबाट समेत इजाजतपत्र प्राप्त नगरी कानुन विपरीत आफूलाई डाक्टर हुँ भनेर क्लिनिक सञ्चालन गर्दै आएका दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

‘मेडिकल काउन्सिलको लाइसन्स र शैक्षिक योग्यता बिना नै क्लिनिक सञ्चालन गरेको पायौं,’ डिएसपी श्रेष्ठले भने, ‘उनीहरुले आफू डाक्टर भएको बताएर उपचारका नाममा ठगी गर्दै आएको खुलेको छ।’ पक्राउ परेका दुबै जनालाई इलाज सम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
अर्को समाचार
रौतहटबाट तीन नक्कली डाक्टर पक्राउ
१४ फागुन २०८०
•
१ मिनेट पाठ
रौतहटबाट तीन नक्कली डाक्टर पक्राउ
रौतहटमा एकै अस्पतालबाट तीन जना नक्कली डाक्टर पक्राउ परेका छन्। पक्राउ पर्ने मध्य दुई भारतीय र एक नेपाली हुन्।




रौतहटको यमुनामाई गाउँपालिका-१ सुकदेव चोकमा रहेको सगरमाथा तराई अस्पताल प्रालिमा कार्यरत उनीहरूलाई प्रहरीले फागुन १ गते नै पक्राउ गरी सोमबार मात्र सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माले अनुसार उनीहरुकाे घटनाको अनुसन्धान सकिएपछि मात्र सार्वजनिक गरिएको बताए।

उनका अनुसार पक्राउ पर्ने भारत बिहारको पूर्वी चम्पारण जिल्लाको ढाका थाना वडा नम्बर-१४ का ४५ वर्षीय हसिन अख्तर, बिहारकै पूर्वी चम्पारण जिल्लाको थाना सिकारगंज वडा नम्बर ३ का २७ वर्षीय मो. तबरेज आलम र रौतहटको यमुनामाई गाउँपालिका-२ भेडियाही टोलका २७ वर्षीय कलाम मन्सुरी रहेका छन्।

नक्कली चिकित्सकले जोखिमपूर्ण उपचार गरिरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो।

नक्कली डाक्टरहरुले अस्पतालमा बिरामीहरूको एपेन्डिस, पायल्स, युट्रेसलगायतका शल्यक्रिया गर्ने गरेको सूचना प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालय रौतहटको टोली अस्पतालमा पुगेर डाक्टरहरूसँग निर्धारित शैक्षिक योग्यताको प्रमाणपत्रबारे छानबिन गरेको थियो।

फागुन १ मा तीन जनालाई नियन्त्रणमा लिई कागजपत्र माग गरिएको तथा हालसम्म उपलब्ध नगराएकोले रौतहट जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान कार्यलाई थप अगाडि बढाएको प्रहरी निरीक्षक शर्माले बताए। 

यस घटना बाहिरिएसँगै रौतहटका अन्य बजार तथा अस्पतालमा पनि नक्कली डाक्टरले उपचार गरिरहेको अनुमान प्रहरीको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस