डोटीबाट नक्कली डाक्टर पक्राउ
०३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
डोटीबाट नक्कली डाक्टर पक्राउ
जिल्ला प्रहरी कार्यालय डोटीले एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।




प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एकजना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो। उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए। अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए। रासस
अर्को समाचार
डाक्टर सरुवामा मन्त्रालयको मनपरी, विशेषज्ञलाई मानव संसाधन केन्द्रको जिम्मेवारी
१८ भदौ २०८१
•
२ मिनेट पाठ
डाक्टर सरुवामा मन्त्रालयको मनपरी, विशेषज्ञलाई मानव संसाधन केन्द्रको जिम्मेवारी
सामाजिक  विकास मन्त्रालय कर्णाली प्रदेश। तस्बिर: गोविन्द केसी/नागरिक
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले भाद्र १३ गते मन्त्रीस्तरको निर्णयबाट मन्त्रालय र मातहतका कार्यालयका कर्मचारीको सरुवामा मनपरी गरेको पाइएको छ। विशेषज्ञ डाक्टरलाई  अस्पतालमा नभई अन्यत्र सरुवा गरेर सामाजिक विकास मन्त्रालयले मनपरी गरेको हो।




मन्त्रालयले सुर्खेतको मेहेलकुना अस्पतालका प्रमुख वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संसाधन विकास केन्द्रमा सरुवा गरेर थन्काइएपछि प्रदेशभर सामाजिक सञ्जालमा विरोध भएको छ। कर्णाली प्रदेशमा समायोजन रोजेर आएका डाक्टर सापकोटा स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जरी अधिकृतस्तर दसौँ तहका डाक्टर हुन्।

प्रदेश अस्पताल सुर्खेतमा दरबन्दी रहेका सापकोटालाई चार वर्षअघि मेहेलकुना अस्पतालमा पठाइएको थियो। कर्णालीकै दक्ष डाक्टरलाई आफ्नो काम गर्न नसक्ने ठाउँमा सरुवा गरेर मन्त्रालयले राजनीति गरेको आरोप समेत लागेको छ।

राजनीतिक आँडमा डाक्टर सापकोटालाई भूमिकाविहीन बनाउने उद्देश्यले मानव संसाधन विकास केन्द्रमा सरुवा गरिएको श्रोतले जनाएको छ। मेहेलकुना अस्पताल राम्रो सुधार गरेका उनलाई प्रदेश अस्पतालमा नपठाएर अन्यत्र पठाउनुले मन्त्रालयमाथि प्रश्न समेत तेस्रीएको छ।

शिक्षक र स्वास्थ्यकर्मीलाई तालिमका लागि जनस्वास्थ्यतर्फको दरबन्दीको व्यवस्था गरिएको ठाउँमा प्रतिशोधपूर्ण डाक्टर सापकोटालाई सरुवा गरिएपछि कर्णाली प्रदेशभर विरोध भइरहेको छ। मेहेलकुना अस्पतालमा राम्रो सेवा दिईरहेका डाक्टरलाई गरिएको सरुवाको विरोध मेहेलकुनाका स्थानीय अर्जुन सोनीले सामाजिक सञ्जालमा गरेका छन्।

आफ्नो विज्ञताअनुसारको जिम्मेवारी आफूलाई प्रदेश सरकारले दिनको लागि अनुरोध गरेको डाक्टर सोजन सापकोटाले बताए। ‘मेरो विज्ञता अनुसार काम गर्ने ठाउँ कि प्रदेश अस्पताल हो कि मेहेलकुना हो।’ डाक्टर सोजन सापकोटाले भने, त्यसैले मेरो विज्ञताको उपयोग हुनु भनेको त प्रदेश सरकार र बिरामीहरूको लागि राम्रो हो। तर, राजनीति हिसाबबाट मलाई थन्काउने हिसाबबाट सरुवा गरियो यो कर्णालीकै लागि दुखद हो।’ सरुवाको विषयमा मन्त्रालयले कुनै पनि प्रतिक्रिया दिएको छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस