मेची राजमार्ग एकतर्फी खुल्यो
१६ असार २०७२
•
१ मिनेट पाठ
मेची राजमार्ग एकतर्फी खुल्यो
इलाम–अघिल्लो रातको मुसलधारे बर्षाले ठाउ"–ठाउ"मा अवरुद्ध मेची राजमार्ग बुधबार सा"झ ५ बजेदेखि एकतर्फी खुलेको छ। जनपथ र सशस्त्र प्रहरी तीन एक्साभेटरसहित आठ घण्टा पहिरो पन्छाउन सक्रिय भएपछि राजमार्ग आंशिक खुलेको हो।बीचमै रोकिएका झण्डै चार सय सवारी साधन राजमार्ग खुलेपछि गन्तव्यतर्फ लाग्नेक्रममा छन्।राजमार्गमा सवारी साधनको चाप बढ्दै गएपछि र यात्रुले गन्तव्यमा पुग्न नपाएको गुनासो बढ्दै गएपछि पहिरो पन्छाउन सक्रिय सुरक्षाकर्मीले गोदक र कोल्वुङ खण्डको अवरोध हटाएर राजमार्ग एकतर्फी सुचारु पारेको इलामका प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटले बताए। यो राजमार्ग झापा, इलाम, पा"चथर र ताप्लेजुङ जोड्ने प्रमुख मार्ग हो।

'धेरै ठाउँमा पहिरो खसे पनि एक्साभेटरको सहयोगमा हटाएर सवारी साधन एकतर्फी सञ्चालन गर्न सफल भएका छौं,' रानाभाटले भने, 'अब चार/पाँच ठाउँमा मात्रै दुईतर्फी सवारी साधन चलाउन समस्या छ, त्यो पनि छिट्टै समाधान गर्नेछौं।' झण्डै छ घण्टासम्म परेको मुसलधारे वर्षाले राजमार्गका थुप्रै ठाउँमा सानो ठूलो पहिरो खसेको थियो।
अर्को समाचार
मेची राजमार्ग १४ घण्टा अवरुद्ध भई एकतर्फी खुल्यो
११ साउन २०७३
•
५ मिनेट पाठ
मेची राजमार्ग १४ घण्टा अवरुद्ध भई एकतर्फी खुल्यो
पाँचथर– निरन्तरको वर्षाका कारण पहिरो खसेर मेची राजमार्गको पाँचथर खण्ड १४ घण्टा अवरुद्ध भई खुलेको छ। पहिरोसँगै ठुला ढुंगा झरेपछि मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिकाको कृष्ण मन्दिर छेउमा १४ घण्टा अवरोध भएको थियो।

सोमबार भएको विप्लव माओवादिको बन्दका कारण रोकिएका यात्रुहरुले सडक अवरुद्ध भएपछि घण्टौँ सकस व्यहोर्नु परेको थियो। सोमबार राती ११ बजेदेखि अवरुद्ध बनेको सडक मंगलाबार दिउँसो दुई बजेमात्र एकतर्फी रुपमा खुलेको थियो। हिलो पन्छाएर स्काइभेटरले भित्तामा खनेर एकतर्फी बाटो खुलाएर दुई बजे साना सवारी साधन सञ्चालनमा ल्याएको थियो।

नेपाली सेनाको भैरवी दल गणबाट खटिएका सेनाले दुईपल्ट प्रयास गर्दामात्र विष्फोटक पदार्थ पड्काएर ढुंगा फूटाएका थिए। मंगलाबार साँझबाट मात्रा दोहोरो आवागमन सुचारु भएको छ। विस्फोट गराउने पहिलो प्रयास असफल भएको थियो। लामो प्रयास पछि मात्र सडक खुलाउन सकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उत्तम भण्डारीले बताए।

सोमवारको बन्दले रोकिएका पाँचथर, ताप्लेजुङ, तेह्रथुमका विभिन्न ठाँउबाट छुटेका यातायतका साधन रोकिएका हुन्। यसैगरी यी ठाँउमा विर्तामोड, इलाम, धरान, इटहरी तथा काठमाण्डौँबाट छुटका यातायातका साधन पनि रोकिएका थिए। बस्ती तथा होटल नभएका भिरालो ठाँउमा यात्रुले सकस व्यहोर्नु परेको थियो।

पानी परिरहेका राजमार्ग फेरी पहिरो खस्न सक्ने अवस्था छ। सडकमा खसेको ठुलो ढुङ्गो हटाएपछि मात्र ठुला सवारी साधन सञ्चालन हुने छन्।  मंगलवार बिहानै देखि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, सडकका कर्मचारी र स्थानीय वासिन्दा मंगलबार बिहानैदेखि पहिरो हटाउन खटिएका थिए। स्काइवेटर लगाएर अवरोध पन्छाउन खोजे पनि ठुङ्गाका कारण समयमा सडक खुल्न सकेन।

यस्तै मेची राजमार्गको कावेलीमा भएको अवरोध पनि हटाइएको छ। कावेली खोला छेउमा ढिस्को झरेरअवरुद्ध सडक सञ्चालनमा ल्याइएको पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। मेची राजमार्गका विभिन्न ठाँउमा साना साना ढिस्को झरेका छन्।

उता मध्यपहाडी लोकमार्गको आयामको मुसेपा र फलैचाको सेरेजामा पहिरोले बाटो अवरुद्ध गराएको छ। स्थानीय यज्ञ भटराईका अनुसार हिजोदेखि बाटो अवरुद्ध भएको छ। मेची राजमार्गको गणेशचोकदेखि च्याङ्थापुसम्म मध्यपहाडी लोकमार्ग सञ्चालित छ। ओयाम माविसम्म मात्र दुःखले गाडी पुग्न सक्ने अवस्था रहेको स्थानीयले बताए।

यता, फिदिमको सिवालयमा पहिरो खस्दा दुई घर जोखिममा परेको छ। पहिरोका कारण जय नेम्वाङ र वन पैदावार संघको घर जोखिममा परेको हो। पहिरोमा दुईवटा बाख्रासमेत पुगरेको छ। निरन्तरको वर्षाको कारण गाँउ जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन्। ग्रामीण क्षेत्रका सबै सडकहरु हिलो, पहिरोका कारण अवरुद्ध बन्दा जनजीवन कष्टकर बन्न पुगेको छ।

फिदिम–यासोक सडक खण्डबाहेकका ग्रामीण सडक पूर्ण रुपमा अवरुद्ध छन्। ठुलो बजेट खर्चिएका फिदिम–फलोट, राँके–रविलगायतका दर्जनौँ सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको हो।

पाँचथरको फिदिममा अवरुद्ध मेची राजमार्ग खुलाउन प्रयास गरिदैँ। तस्बिरः गिरिराज बाँस्कोटा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस