झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते
३० चैत्र २०७८
•
३ मिनेट पाठ
झुम्का कारागारमा झडप हुँदा २५ जना घाइते
नौं वर्षअघि १२ जना सुरुङ खनेर कैदीबन्दी भागेपछि जेल प्रशासन र चौकीदारको तालमेलले गर्दा पूर्णरुपमा शान्त प्रदेश नं. १ कै ठूलो कारागार झुम्कामा बुधबार दिउँसो झडप हुँदा २५ जना घाइते भएका छन्।

घाइतेमध्ये पाँच जनालाई बढी क्षती पुगेको छ। झुम्का कारागारबाट दुई जना चौकीदारसहित १२ जनालाई स्थानान्तरण गरिएपछि ब्लक ‘ए’ मा नयाँ चौकीदार बन्ने विषयलाई लिएर कैदीबन्दीबीच नै झडप भएको हो। कारागारका जेलर उपसचिव प्रदिप साहका अनुसार आन्तरिक प्रशासनका कैदीबन्दीसँग अन्यले असहमति जनाएर सामान्य विवाद भएपछि झडप भएको हो।

झडप भएर घाइते भएका २५ जनालाई नै अहिले अलगै कोठामा राखिएको छ। ‘थप घटना नियन्त्रण बाहिर जान नदिनका लागि घाइते भएकालाई एक ठाउँमा राखिएको छ,’ उनले भने, ‘अन्यलाई सम्झाएपछि अहिले शान्त भएको छ।’

घाइतेको उपचारका लागि कारागारमा नियमित खटिदै आएका स्वास्थ्यकर्मी र जिल्ला अस्पतालबाट आएको टोलीले उपचार गरेको छ। कारागार सञ्चालनका लागि कैदीबन्दीमध्येबाट तोकिएका ब्लक ‘ए’ का चौकीदार जोन लिम्बु र ब्लक ‘बी’ का खडगबहादुर राईसहित १२ जनलाई स्थानान्तरण गर्ने गरिएपछि मंगलबारदेखि केही असहज हुन थालेको थियो।

गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागलाई स्थानान्तरण गर्न निर्देशन दिएपछि राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई मकवानपुरको भिमफेदी कारागार स्थानान्तरण गरिएको हो। झुम्का कारागारका जेलर साहका अनुसार राईसहित सात जनालाई मंगलबार अपरान्ह पठाई सकिएको छ।

राई लागूऔषध मुद्दामा कैद सजाय भुक्तान गरि रहेका छन्। राईसँगै स्थानान्तरण भएका लागूऔषध मूद्दामै कैद सजाय भोगीरहका प्रवणी राई, सागर श्रेष्ठ, रुपनारायण श्रेष्ठ र विक्रम साहीलाई पठाइएको छ।

यस्तै, कर्तव्य ज्यान मुद्दाका दिपक खवासलाई पनि स्थानान्तरण गरि सकिएको छ। ब्लक ‘ए’ का चौकीदार लिम्बुसहित सुवास राई, विक्रम लिम्बू, सुरज लिम्बू, महेन्द्र सामेखाम लिम्बू र राजेश राईलाई भने दुई दिनभित्रमा स्थानान्तरण गरिने छ।

क्षेत्रीय कारागारमा ०६९ कात्तिक २३ गते तत्कालिन चौकीदार अली असरफ अनसारीसहित १२ जना कैदीबन्दी भागेपछि नेपाली नागरिकलाई त्यसमा पनि स्थानीयलाई प्राथमिकता दिएरु चौकीदार बनाउन थालिएको थियो। त्यो घटनायता चौकीदारले आन्तरिक व्यवस्थापन चुस्त रुपमा मिलाउने गरेका थिए।

आन्तरिकसँगै जेल प्रशासनले उच्च सर्तकता अपनाउँदै आएको थियो। १२ जना कैदीबन्दी भागेको घटनामा अदालतले तत्कालीन प्रहरीका सई जितबहादुर केसी क्षेत्रीलाई दोषी ठहर गरेर कैद सजाय तोकेपछि अहिले सजाय भोगीरहेका छन्।

०६६ साल साउन–५ गतेदेखि सञ्चालनमा आएको कारागारमा सोही बर्षको असोज–२९ गते कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भएको थियो। त्यो घटनापछि तत्कालिन जेलर सन्जिव निरौला र सुरक्षाका लागि खटिएका सई बिमल निरौलालाई निलम्बन गरिएको थियो।

त्यसपछि केही समय कारागारमा कैदीबन्दीबीच झडप भएर उग्र रुप लिएपछि आतंक सृजना गर्नेलाई अन्यत्र स्थानान्तरण गरेपछि शान्त थियो। क्षेत्रीय कारागारमा झन्डै ८० फिट लामो सुरुङ खनेर ११ कैदी र एक बन्दी कात्तिक–२३ गते भागेपछि भने कारागार प्रशासन र चौकीदारको तालमेलले शान्त रहदै आएको थियो। क्षेत्रीय कारागारमा दुवै ब्लकमा गरी मंगलबार एक हजार सात सय ५६ जना कैदीबन्दी छन्। 
अर्को समाचार
कैदी बन्दी व्यवस्थापनमा चुनौती
३० चैत्र २०८०
•
१ मिनेट पाठ
कैदी बन्दी व्यवस्थापनमा चुनौती
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ।

कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन्।

कैदीबन्दीको सङ्ख्या बढ्दै जाँदा कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए।

उनका अनुसार विगत १५ दिनदेखि कैदीबन्दीलाई त्रिपालमुनि राख्न सुरु गरिएको हो। उनले भने, ‘अहिले कैदीबन्दीको चाप बढेसँगै १० जनालाई त्रिपालमुनि राखेका छौँ।’

मौसममा आएको परिवर्तनसँगै कैदीबन्दीलाई व्यवस्थापनमा असहज हुने गरेको उनले बताए।

त्रिपालमुनि कैदीबन्दी राख्दा सुरक्षा व्यवस्थामा उच्च सावधानी अपनाइएको उनले जानकारी दिए।

गर्मी मौसम सुरु भएसँगै जाडोमा व्यवस्थापन गरे जसरी व्यवस्थापन गर्न असहज हुने गरेको उनको भनाइ छ।

उनले भने,‘छिमेकी जिल्ला नवलपुर (बर्दघाट-सुस्तापूर्व) कारागार कार्यालय नहुनुले पनि यहाँ कैदीबन्दीको चाप बढेको हो।’

छिमेकी जिल्लाबाट आएका कैदीबन्दी र जिल्लाबाटै आउने कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेको सुनाए।

कारागारमा आएका कैदीबन्दीको व्यवस्थापनका लागि कारागार व्यवस्थापन विभागसँग छलफल भइरहेको बताइएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस