शिक्षा र मानविकी मोह घट्दो
०९ असार २०७२
•
८ मिनेट पाठ
शिक्षा र मानविकी मोह घट्दो
काठमाडौं-अध्ययनहरुका अनुसार प्लस टुका विद्यार्थीले बिस्तारै शिक्षा र मानविकी संकाय पढ्नमा रुचि घटाएको देखिन्छ। उच्च माध्यमिक शिक्षा परिषदको छ वर्षसम्मको तथ्यांक अनुसार कक्षा ११ मा भर्ना हुनेको संख्याले यस्तो देखिएको हो।




२०६५ सालमा विज्ञान संकायमा त्यो वर्ष एसएलसी पास ९.७९ प्रतिशत विद्यार्थी भर्ना भएका थिए। सोही संकायमा २०६६ मा ८.९३, २०६७ मा ९.१२, २०६८ मा १०.७४, २०६९ मा १२.५२ र २०७० मा १४.६६ प्रतिशत विद्यार्थी कक्षा ११ मा थिए। यसले बिस्तारै विज्ञान संकाय पढ्न रुचि राख्ने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ।

ती वर्षमा व्यवस्थापन संकायमा पनि विद्यार्थी बढिरहेको तथ्यांक छ। २०६५ मा १९.९८ प्रतिशत र त्यसपछि २०६६ देखि २०७० सम्म क्रमशः ३४.७८ प्रतिशत, ३३.८७ प्रतिशत, ३८.३४ प्रतिशत, ४२.१४ प्रतिशत र ४५.६० प्रतिशत रहेको देखिन्छ।

विज्ञान र व्यवस्थापन संकाय प्रत्यक्ष रुपमा विकाससँग जोडिएको हुँदा नेपालजस्तो विकासशील देशमा यो स्वाभाविक रहेको विश्लेषक पनि बताउँछन्। बैंकिङ क्षेत्र र प्राविधिक क्षेत्रमा विद्यार्थीको रुचि बढ्नुले पनि यसलाई सहयोग गरेको शिक्षाविद बासुदेव काफ्लेको बुझाइ छ।

त्यसैगरी शिक्षा संकाय आफैंमा घटेको छैन। तर विज्ञान र व्यवस्थापनको तुलनामा घटेको देखिन्छ। यो छ वर्षको पहिलो तीन वर्ष क्रमशः ३९.३८ प्रशित, ४३.२३ प्रतिशत, ५१.४५ प्रतिशत शिक्षामा विद्यार्थीको उपस्थिति बढिरहेको देखिन्छ भने २०६८, २०६९ र ७१ मा क्रमशः ४२.२७ प्रतिशत, ३६.७१ प्रतिशत र ३३.३६ प्रतिशत भएर घटेको देखिन्छ।

एलएलसी पास भएमध्ये २०६५ सालमा मानविकीमा ३०.३८ प्रतिशतको सहभागिता रहेकामा २०६६ मा १३.०६ प्रतिशत देखिन्छ। त्यसपछि ह्वात्तै घटेर २०६७ मा ५.५६, त्यसपछि केही बढेर २०६८ मा ८.६५ र २०६९ एवं २०७० मा क्रमशः ८.६३ र ६.३८ प्रतिशतमा झरेको देखिन्छ।

'शिक्षा पढेर तुरुन्तै जागिर पाइने आसले पनि धेरै घटेको देखिँदैन,' काफ्लेले भने, 'मानविकीमा वैचारिक र समालोचना सम्बन्धी कुरा बढी हुने भएकाले हाम्रो जस्तो विकासशील देशलाई यसको खासै आवश्यकता देखिँदैन। विकाससँग सिधै सम्बन्धित भएर विज्ञान र व्यवस्थापनमा नै विद्यार्थीको उपस्थिति बढी देखिन्छ।'

अहिलेको समयमा मानविकी र शिक्षा संकाय आफैंमा धेरै उपयोगी नभएकाले पनि यस्तो कारण देखिएको उनको बुझाइ छ। 'अहिले भइरहेका विकासनिर्माणमा व्यवस्थापकीय र प्राविधिक ज्ञानको बढी प्रयोग भइरहेको छ,' उनले भने, 'विज्ञानको सम्भावना विकसित देशमा बढी देखिन्छ। प्लस टु नै पढेर धेरै सम्भावना नेपालीलाई नदेखिए पनि पछि स्नातक स्तरमा सहयोग पुग्ने भएकाले माग बढी भइरहेको छ।'

मानविकीलाई व्यावहारिक विज्ञानका रुपमा मान्न छाडिएकाले पनि विद्यार्थीको उपस्थिति कक्षामा अन्य संकायभन्दा निकै कम देखिने विश्लेषक बताउँछन्। 'मानविकीमा वैचारिक र समालोचनात्मक विषयसँग विद्यार्थी बढी जोडिन्छन्,' उनले भने, 'अब योबिना पनि जीवन सम्भव हुन सक्छ। त्यसैले विद्यार्थी विकाशशील संकायतिर बढिरहेको देखिन्छ।'

त्यसैले मानविकी र शिक्षा संकायमा विद्यार्थीको रुचि घट्नुलाई शिक्षा क्षेत्रले नराम्रो नमानेको कतिपयको धारणा छ। 'यी संकायमा विद्यार्थी संख्या घट्नु राम्रो हो,' अर्का शिक्षाविद तीर्थ खनिया भन्छन्, 'घरनजिकै प्रायः विद्यालय शिक्षा र मानविकी भेटिनाले विद्यार्थीले पढ्ने गरेका थिए। सायद बिस्तारै उनीहरुले विषय छान्ने मौका पाइरहेका छन्।'

त्रिभुवन विश्वविद्यालयले समेत मानविकी संकायका कतिपय विषयलाई महत्व दिन छाडेकाले पनि विद्यार्थी प्राविधिक वा अन्य क्षेत्रतिर आकर्षित भएको उनको बुझाइ छ। 'मार्केटमा व्यवस्थापन र विज्ञानका विद्यार्थीको माग बढिरहेका कारण विद्यार्थी आकर्षित भइरहेका हुन्,' उनले भने, 'त्यसैले मार्केटले जस्ता जनशक्ति खोज्यो तिनैको बढी माग हुन्छ। त्यसैले विज्ञान र व्यवस्थापन पढेका जनशक्तिको खाँचो छ।'

शिक्षा क्षेत्रमा १८ वर्ष बिताएका उच्च माध्यमिक विद्यालय संघ (हिसान) काठमाडौं जिल्लाका निवर्तमान अध्यक्ष स्वागत श्रेष्ठले सिए तथा बैंकिङ र प्राविधिक क्षेत्रमा रुचि राख्नेका कारण मानविकी र शिक्षा क्षेत्रमा विद्यार्थीको उपस्थिति घटिरहेको बताए। 'धेरै नम्बर ल्याउनेको रोजाइ नै विज्ञान पनि हुने गरेको छ। त्यसपछि व्यवस्थापन दोस्रो रोजाइ बनेको छ,' उनले भने, 'त्यसबाहेक शिक्षा र मानविकी चाहिँ सरकारी विद्यालयमा बढी रहेकाले विद्यार्थीको उपस्थिति रहिरहेको छ।'

त्यसबाहेक कम नम्बर ल्याउने मानविकी र शिक्षामा रहेका कारण संख्या यत्तिको रहेको उनले बताए। 'शिक्षा र मानविकी पढेर विद्यार्थी कमै पास हुने गर्छन्,' उनले भने, 'शिक्षा पढ्नेहरु पढेर अध्यापन पेसामा लाग्न सजिलो मान्छन्। फलस्वरुप कम अंक आएरै उनीहरु पास गर्छन् र कतिपयले पढाउने गर्छन्।'

नेपालमा भूकम्प आएका कारण अब पुनर्निर्माणका लागि सिभिल इन्जिनियरको खाँचो पर्ने उनले बताए। 'विकासनिर्माणमा इन्जिनियरको खाँचो छ,' उनले भने, 'विकासका लागि पुनर्निर्माण गर्ने सिभिल इन्जिनियरहरुको संख्या देशलाई धेरै चाहिन्छ।' नेपालजस्तो देशमा शिक्षा संकाय निकै बलियो हुनुपर्नेमा कमजोर विद्यार्थी र कमजोर नतिजा ल्याउने विद्यार्थीले नै भविष्यमा पढाउने पेसा अँगाल्ने हुँदा यो क्षेत्रको शैक्षिक गुणस्तर सधैं निराशाजनक हुने उनको भनाइ छ।
अर्को समाचार
शिक्षा र मानविकी मोह घट्दो
०८ असार २०७२
•
८ मिनेट पाठ
शिक्षा र मानविकी मोह घट्दो
काठमाडौं-अध्ययनहरुका अनुसार प्लस टुका विद्यार्थीले बिस्तारै शिक्षा र मानविकी संकाय पढ्नमा रुचि घटाएको देखिन्छ। उच्च माध्यमिक शिक्षा परिषदको छ वर्षसम्मको तथ्यांक अनुसार कक्षा ११ मा भर्ना हुनेको संख्याले यस्तो देखिएको हो।२०६५ सालमा विज्ञान संकायमा त्यो वर्ष एसएलसी पास ९.७९ प्रतिशत विद्यार्थी भर्ना भएका थिए। सोही संकायमा २०६६ मा ८.९३, २०६७ मा ९.१२, २०६८ मा १०.७४, २०६९ मा १२.५२ र २०७० मा १४.६६ प्रतिशत विद्यार्थी कक्षा ११ मा थिए। यसले बिस्तारै विज्ञान संकाय पढ्न रुचि राख्ने विद्यार्थीको संख्या बढिरहेको देखाउँछ।ती वर्षमा व्यवस्थापन संकायमा पनि विद्यार्थी बढिरहेको तथ्यांक छ। २०६५ मा १९.९८ प्रतिशत र त्यसपछि २०६६ देखि २०७० सम्म क्रमशः ३४.७८ प्रतिशत, ३३.८७ प्रतिशत, ३८.३४ प्रतिशत, ४२.१४ प्रतिशत र ४५.६० प्रतिशत रहेको देखिन्छ।




विज्ञान र व्यवस्थापन संकाय प्रत्यक्ष रुपमा विकाससँग जोडिएको हुँदा नेपालजस्तो विकासशील देशमा यो स्वाभाविक रहेको विश्लेषक पनि बताउँछन्। बैंकिङ क्षेत्र र प्राविधिक क्षेत्रमा विद्यार्थीको रुचि बढ्नुले पनि यसलाई सहयोग गरेको शिक्षाविद बासुदेव काफ्लेको बुझाइ छ।त्यसैगरी शिक्षा संकाय आफैंमा घटेको छैन। तर विज्ञान र व्यवस्थापनको तुलनामा घटेको देखिन्छ। यो छ वर्षको पहिलो तीन वर्ष क्रमशः ३९.३८ प्रशित, ४३.२३ प्रतिशत, ५१.४५ प्रतिशत शिक्षामा विद्यार्थीको उपस्थिति बढिरहेको देखिन्छ भने २०६८, २०६९ र ७१ मा क्रमशः ४२.२७ प्रतिशत, ३६.७१ प्रतिशत र ३३.३६ प्रतिशत भएर घटेको देखिन्छ।

एलएलसी पास भएमध्ये २०६५ सालमा मानविकीमा ३०.३८ प्रतिशतको सहभागिता रहेकामा २०६६ मा १३.०६ प्रतिशत देखिन्छ। त्यसपछि ह्वात्तै घटेर २०६७ मा ५.५६, त्यसपछि केही बढेर २०६८ मा ८.६५ र २०६९ एवं २०७० मा क्रमशः ८.६३ र ६.३८ प्रतिशतमा झरेको देखिन्छ।'शिक्षा पढेर तुरुन्तै जागिर पाइने आसले पनि धेरै घटेको देखिँदैन,' काफ्लेले भने, 'मानविकीमा वैचारिक र समालोचना सम्बन्धी कुरा बढी हुने भएकाले हाम्रो जस्तो विकासशील देशलाई यसको खासै आवश्यकता देखिँदैन। विकाससँग सिधै सम्बन्धित भएर विज्ञान र व्यवस्थापनमा नै विद्यार्थीको उपस्थिति बढी देखिन्छ।'

अहिलेको समयमा मानविकी र शिक्षा संकाय आफैंमा धेरै उपयोगी नभएकाले पनि यस्तो कारण देखिएको उनको बुझाइ छ। 'अहिले भइरहेका विकासनिर्माणमा व्यवस्थापकीय र प्राविधिक ज्ञानको बढी प्रयोग भइरहेको छ,' उनले भने, 'विज्ञानको सम्भावना विकसित देशमा बढी देखिन्छ। प्लस टु नै पढेर धेरै सम्भावना नेपालीलाई नदेखिए पनि पछि स्नातक स्तरमा सहयोग पुग्ने भएकाले माग बढी भइरहेको छ।'मानविकीलाई व्यावहारिक विज्ञानका रुपमा मान्न छाडिएकाले पनि विद्यार्थीको उपस्थिति कक्षामा अन्य संकायभन्दा निकै कम देखिने विश्लेषक बताउँछन्। 'मानविकीमा वैचारिक र समालोचनात्मक विषयसँग विद्यार्थी बढी जोडिन्छन्,' उनले भने, 'अब योबिना पनि जीवन सम्भव हुन सक्छ। त्यसैले विद्यार्थी विकाशशील संकायतिर बढिरहेको देखिन्छ।'

त्यसैले मानविकी र शिक्षा संकायमा विद्यार्थीको रुचि घट्नुलाई शिक्षा क्षेत्रले नराम्रो नमानेको कतिपयको धारणा छ। 'यी संकायमा विद्यार्थी संख्या घट्नु राम्रो हो,' अर्का शिक्षाविद तीर्थ खनिया भन्छन्, 'घरनजिकै प्रायः विद्यालय शिक्षा र मानविकी भेटिनाले विद्यार्थीले पढ्ने गरेका थिए। सायद बिस्तारै उनीहरुले विषय छान्ने मौका पाइरहेका छन्।'त्रिभुवन विश्वविद्यालयले समेत मानविकी संकायका कतिपय विषयलाई महत्व दिन छाडेकाले पनि विद्यार्थी प्राविधिक वा अन्य क्षेत्रतिर आकर्षित भएको उनको बुझाइ छ। 'मार्केटमा व्यवस्थापन र विज्ञानका विद्यार्थीको माग बढिरहेका कारण विद्यार्थी आकर्षित भइरहेका हुन्,' उनले भने, 'त्यसैले मार्केटले जस्ता जनशक्ति खोज्यो तिनैको बढी माग हुन्छ। त्यसैले विज्ञान र व्यवस्थापन पढेका जनशक्तिको खाँचो छ।'

शिक्षा क्षेत्रमा १८ वर्ष बिताएका उच्च माध्यमिक विद्यालय संघ (हिसान) काठमाडौं जिल्लाका निवर्तमान अध्यक्ष स्वागत श्रेष्ठले सिए तथा बैंकिङ र प्राविधिक क्षेत्रमा रुचि राख्नेका कारण मानविकी र शिक्षा क्षेत्रमा विद्यार्थीको उपस्थिति घटिरहेको बताए। 'धेरै नम्बर ल्याउनेको रोजाइ नै विज्ञान पनि हुने गरेको छ। त्यसपछि व्यवस्थापन दोस्रो रोजाइ बनेको छ,' उनले भने, 'त्यसबाहेक शिक्षा र मानविकी चाहिँ सरकारी विद्यालयमा बढी रहेकाले विद्यार्थीको उपस्थिति रहिरहेको छ।'

त्यसबाहेक कम नम्बर ल्याउने मानविकी र शिक्षामा रहेका कारण संख्या यत्तिको रहेको उनले बताए। 'शिक्षा र मानविकी पढेर विद्यार्थी कमै पास हुने गर्छन्,' उनले भने, 'शिक्षा पढ्नेहरु पढेर अध्यापन पेसामा लाग्न सजिलो मान्छन्। फलस्वरुप कम अंक आएरै उनीहरु पास गर्छन् र कतिपयले पढाउने गर्छन्।'

नेपालमा भूकम्प आएका कारण अब पुनर्निर्माणका लागि सिभिल इन्जिनियरको खाँचो पर्ने उनले बताए। 'विकासनिर्माणमा इन्जिनियरको खाँचो छ,' उनले भने, 'विकासका लागि पुनर्निर्माण गर्ने सिभिल इन्जिनियरहरुको संख्या देशलाई धेरै चाहिन्छ।' नेपालजस्तो देशमा शिक्षा संकाय निकै बलियो हुनुपर्नेमा कमजोर विद्यार्थी र कमजोर नतिजा ल्याउने विद्यार्थीले नै भविष्यमा पढाउने पेसा अँगाल्ने हुँदा यो क्षेत्रको शैक्षिक गुणस्तर सधैं निराशाजनक हुने उनको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस