विराटनगर-मोरङको डाइनिया गाविसमा गएराति भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार दुर्घटनामा विराटनगर–१६ का देवराज कामत र ढके कामतको मृत्यु भएको हो।
हुलाकी राजमार्गअन्तर्गत डाइनिया–रङ्गेली सडकखण्डअन्तर्गत मोरङकको डाइनिया गाविस–७ मा उनीहरु सवार को २० प ५५७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कलभर्टमा ठोकिँदा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरी जनाएको छ। रासस