रौतहट–रौतहटको झुन्खुनुवा गाविसमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ। झुन्खुनुवा–२ का बिरजु साह तेलीका छोरा ९ वर्षीय छोरा निरज साहको गाउँ नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।शनिवार अत्यधिक गर्मी भएपछि गाँउमै रहेको युमनामाई उच्च माविको पोखरीमा साथीहरुसँग नुहाउनका गएका बेला डुबेर निरजको मृत्यु भएको हो। मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको रौतहटका प्रहरी नायव उपरिक्षक सुधिरराज शाहिले बताएका छन।
अर्को समाचार
पानीमा डुवेर बालकको मृत्यु
अर्को समाचार
२ वर्षे बालकको डुबेर मृत्यू
रौतहट - नहरको पानीमा डुवेर गम्भीर घाइते भएका एक दुधे वालकको रौतहटको कटहरिया बजार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सोमवार राति उपचारको क्रममा मृत्यु भएको छ।पिप्रा पोखरिया गाउँ विकास समिति वडा नम्बर १ का राधेशयाम ठाकुरको २ वर्षीय छोरा चन्द्रकिशोरको घर अगाडि रहेको नहरमा सोमबार साँझ खसेपछि घाइते भएका थिए। उपचारको क्रममा कटरीया प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
यो पनि पढौँ
ट्रेन्डिङ