काठमाडौँ– गत बैशाख १२ र २९ गएको बिनाशकारी भूकम्पमा परी सोमबारसम्म मृत्यु हुनेको संख्या ८,६ सय ९९ पुगेको छ भने २२ हजार ४ सय ८९ जना घाइते भएका छन्।नेपाल प्रहरीका अनुसार भूकम्पबाट उपत्यकामा १ हजार ७ सय २९ को मृत्यु भएको छ भने पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४ सय ५५ पश्चिम क्षेत्रमा ४ सय ५५ र मध्य पश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ । घाइतेमध्ये उपत्यकामा १३ हजार १२ पूर्व क्षेत्रमा ४ सय ५२ मध्य क्षेत्रमा ७ हजार ७ सय ४५ पश्चिम क्षेत्रमा १ हनार २ सय ४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना घाइते भएका छन् । मृतक ८ हजार ६ सय ७१ जनाको शव आफन्तलाई बुझाइ सकेको प्रहरीले जनाएको छ । सो भूकम्पमा परी १ सय ९३ नेपाली र ८० जना विदेशी नागरिक बेपत्ता भएका छन् ।
उक्त विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६७ हजार १ सय ८८ पूर्व क्षेत्रमा ४५ हजार ९ सय ३० मध्य क्षेत्रमा २ लाख ८ हजार ६२ पश्चिम क्षेत्रमा १ लाख ४५ हजार ३ सय २६ मध्य पश्चिम क्षेत्रमा १० हजार ८५ र सुदूर पश्चिम क्षेत्रमा १ सय ४८ गरी ४६ लाख ९ हजार ५ सय ३९ भौतिक संरचना क्षति पुगेको प्रहरीले जनाएको छ ।