दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो
०४ जेष्ठ २०७२
•
१ मिनेट पाठ
दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो
डडेल्धुरा–महेन्द्रनगरबाट दार्चुला जादैं गरेको महाकाली यातायातको म५ख १६८५ नम्बरको यात्रुबाहक बस गांखेत गाविस–८ नजिक दुर्घटना हुदाँ ९ जनाको मृत्यु भएको छ । सोमबार बेलुकी भएको दुर्घटनामा परी ३३ जना घाइते भएका छन । ७ जनाको घटनास्थलमा र २ जनाको उपचारको क्रममा गरी मृत्यु भएको हो । योसंगै मृत्यु हुनेको संख्या ९ पुगेको हो । मृतकमध्ये ७ जनाको पहिचाान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बैतडी श्रीकोटका १३ वर्षीय निरज जोशी, सोही गाविसका महादेव भट्ट, डडेल्धुरा परशुराम नगरपालीकाकी २० वर्षीया रेखा धामी, गांखेत गाविस डडेल्धुराका ६१ वर्षीय डम्वर कामी, अमरगढी नगरपालिका १ मालमका जगन्नाथ तमोली, अमरगढी नगरपालीका ३ की ३५ वर्षीया सरस्वती पल्ली, दार्चुला अपि नगरपालिकाकी ५५ वर्षीया परुली धामी रहेका छन । बाँकी २ जनाको सनाखत हुन सकेको छैन ।

उपचारका लागि कैलालीको पद्मा अस्पताल लगिएका मध्ये गम्भीर ११ जना लाई भारत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख योगेन्द्रबहादुर थापाले बताए । बस सडकबाट करिब एक सय मिटर तल खसेको छ । मिनी बस र बस क्रस हुने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ ।
अर्को समाचार
डोटी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३० पुग्यो
२१ असोज २०७१
•
४ मिनेट पाठ
डोटी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३० पुग्यो
अत्तरिया(कैलाली)/छत्तिवन(डोटी)- डोटीमा सोमबार दिउँसो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३० पुगेकको छ। २७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको हो भने ३ जनाको उपचारका क्रममा कैलालीको अत्तरियामा मृत्यु भएको हो।डोटीको बुडर–जोरायल सडकखण्डमा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ज्यान गुमाउने सबैको सनाखत भइसकेको छ। ज्यान गुमाउनेमा १४ पुरुष, १२ महिला र ४ जना बालबालिका रहेका छन्।

घाइते ६८ जनाको कैलालीको अत्तरिया र धनगढीमा उपचार भइरहेको छ भने २२ जनाको भारतका विभिन्न अस्पतालमा २२ जनाको उपचार भइरहेको छ। अत्तरियास्थित सेवा नर्सिङ होम, पद्मा अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै, केही घाइतेको धनगढीका विभिन्न ठाउँमा उपचार भइरहेको छ। गम्भिर घाइतेलाई सोमबार राती नै भारत रिफर गरिएको अस्पतालका डाक्टरहरुले बताएका छन्।

कृष्णा मल्ल (२८), चक्र विक, कर्ण शाही, राजेन्द्र शाही (४०), भूमिराज भण्डारी, हरिश कठायत (३२), शकुन्तला मल्ल (३५), दानबहादुर साउद (५०), टेकराज भट्ट (३०), डम्बरी जोशी (३५), पशुपति भट्ट (२४), कृष्णराज भण्डारी (४५), लक्ष्मीनगरकी शान्ति मल्ल (२७), टेकेन्द्र गिरी (३०), शान्ति कँडेल (३) र इन्द्रा मल्ल (२५), अमरगढी–५ का लक्ष्मण ठकुराठी छन् र कैलाली–लम्कीकी भागरथी बडुवाल (२८) छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा डोटी सरस्वतीनगर वडा नं. ४ का ५४ वर्षीय दानबहादुर साउंद, वडा नं. ५ का २८ वर्षीय रेवन्तदिप खडायत, २९ वर्षीया पद्मा जोशी, वडा नं. ६ का ५० वर्षीय कृष्णराज भण्डारी, १६ वर्षीय भूमिराज भण्डारी, वडा नं. ८ का ३० वर्षीय टेकराज भट्ट, २७ वर्षीय पशुपति भट्ट, १६ वर्षीय जानकी भट्ट, सोही वडाका नेपाली सेनामा कार्यरत नवराज भट्ट, वडा नं. ९ का हरिश कठायत, वडा नं. २ का ५ वर्षीय बसन्ती ओझा, ३० वर्षीय चक्रबहादुर बिक, ३० वर्षीय कर्णबहादुर शाही, ६५ वर्षीय हरिना ओझा, अढाई वर्षीय रोहित बोहरा, ४५ वर्षीय राजेन्द्र शाही र ४५ वर्षीय भागरथी ओझा, वडा नं. ३ का ३० वर्षीय शान्ति मल्ल र वडा नं. १ का २० वर्षीय सकुन्तला रहेका छन्।
यस्तै, डोटी जिल्लाकै लक्ष्मीनगर–५ का ३० वर्षीय टेकेन्द्र गिरी, २८ वर्षीय ईन्द्रा गिरी, वडा नं. १ का ३४ वर्षीय शान्तीदेवी कपड्याल, बर्छैन गाविस–१ का ३० वर्षीय लक्ष्मी कलेल, कैलालीको उदासीपुरका ३२ वर्षीय मुकेश सार्की, कैलाली चुवा–४ का भागरथी बडुवाल, उनका ४ वर्षीय छोरा जेनिथ बडुवाल, डडेल्धुरा आलिताल गाविस–१ का ९ वर्षीय दिपिसा बोहरा, अमरगढी नगरपालिका–४ का ३५ वर्षीय लक्ष्मण ठकुराठी र एक वर्षीय सन्ध्या ठकुराठीको समेत दुर्घटनामा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक उद्धवदेव भट्टले जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस