चापाकोट (कास्की)-भूकम्पले देशैभरका विद्यालयभवनमा क्षति पुर्याएपछि पठनपाठनमा अन्योल बढिरहेका बेला कास्कीको चापाकोट गाउँमा पालमुनि पढाइ सुरु गरिएको छ। स्थानीय पञ्चकोसी निमाविले बिहीबारदेखि पालमुनि कक्षा सञ्चालन गरेको हो।भूकम्पले विद्यालयका पर्खाल भत्काइदिएको छ भने बाँकी पनि चर्किएका छन्। ती पर्खाल थप भत्किने जोखिम बढेपछि विद्यालयले पालमुनि कक्षा सञ्चालन गरे पनि पढ्न जाने विद्यार्थी भने स्वात्तै घटेका छन्। अधिकांश विद्यार्थी त्रासकै कारण विद्यालय जान नसकेका हुन्।
वैशाख १२ गतेको महाभूकम्पले पञ्चकोसी विद्यालयका चार भवनमध्ये दुईवटामा क्षति पुर्याठएको छ। ‘त्यसैले कक्षा १, २, ३ र ५ का विद्यार्थी एउटै कोठामा राखेर पढाइरहेका छौं,' शिक्षिका खिममाया थापाले भनिन्। उनका अनुसार त्यसरी धेरै कक्षाका विद्यार्थी एउटै कोठामा कोच्दा पनि नअटेपछि कक्षा ४ लाई भने पालमुनि राख्नुपरेको छ।
चारवटा कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाउँदा पढाइ गतिलो भएको छैन। एउटै कोठामा धेरै कक्षाका विद्यार्थी मात्रै होइनन् शिक्षक पनि हुँदा हल्लाखल्ला हुने गरेको छ। ‘‰याउँ‰याउँ र झुँझुँ हुन्छ कोठामा,' शिक्षिका दुर्गा अधिकारीले भनिन्, ‘एउटा विद्यार्थी एकातिर र अर्काेले अन्तै हेर्छन्।' पर्खाल भत्किएकैले अर्काे कोठाको आवाजसमेत सुनिएर डिस्टर्ब भइरहेको शिक्षक यज्ञप्रसाद तिमसेनाले बताए।
भूकम्पले भत्काएको स्कुल भनेर केही विद्यार्थी अर्कैतिर लागेको जानकारी पनि तिमसेनाले दिए। ‘अहिले पालमा छौं,' उनले भने, ‘पानी पर्दा त बिजोगै हुन्छ।' स्कुल आएका विद्यार्थीमा पनि भूकम्पको त्रास अत्यधिक रहेको अर्का शिक्षक नीराजन भण्डारीले बताए। ‘किताबको कुरो केही सोध्दैनन्,' उनले भने, ‘खालि भूकम्पका बारेमा मात्रै सोध्छन्, अनि यसो बेन्च हल्लिए पनि भूकम्प आयो भनेर तर्सन्छन्।' आफूले पनि भूकम्प आउ“दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइरहेको उनले बताए। भूकम्प आउ“दा बेन्च र डेस्कमुनि लुक्ने भनेर रेडियोहरुमा सन्देश आइरहे पनि आफ्नो स्कुलका डेस्कबेन्च भा“च्चिएको जानकारी उनले दिए। ‘हाम्रो स्कुलमा त भूकम्पले पर्खाल भत्काएर डेस्कबेन्च पनि भाँच्चिएका छन्,' उनले भने, ‘डेस्कमुनि लुके पनि टाउको फुट्ने रहेछ, कस्सो त्यो दिन शनिबार थियो र स्कुलमा विद्यार्थी थिएनन्।'
पञ्चकोसी स्कुलको भत्किएको भवन सबैभन्दा नयाँचाहिँ हो। जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भवन एक दशकमै भत्किएको जानकारी शिक्षकहरुले दिए। नभत्किएका भवन भने दाताको सहयोगमा बनेका हुन्।
‘स्कुल त आएको छु तर डर लागिरा'छ,' कक्षा ८ का विद्यार्थी रवीन्द्र पराजुलीले भने, ‘फेरि भूकम्प आउँछ कि जस्तो लाग्छ।' ९५ जना विद्यार्थी रहेको विद्यालयमा १० जना शिक्षक/कर्मचारी छन्। कास्कीमा पञ्चकोसीजस्तै ८० वटा विद्यालयलाई भूकम्पले क्षति पुर्या०एको सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले जानकारी दिएका छन्। भत्किएका विद्यालय बनाउन युवा स्वयंसेवी खटाउन लागिएको दैवीप्रकोप उद्धार समितिले जनाएको छ।