चापाकोट (कास्की)— भूकम्पले घर भत्काएपछि अहिले धेरैजना प्लास्टिकको पालमुनि ओत लागेका छन्। धेरै धनजनको क्षति भएका जिल्लाहरुमा व्यक्तिगत जीवन नै सामान्य नभइसकेकाले त्यहाँ स्कुल, गाविस र अरु सार्वजनिक संस्थाहरु कहिले खुल्ने हुन् भन्ने नै पत्तो छैन। कास्कीको चापाकोट गाउँमा भने पालमुनि नै स्कुल सुरु भएको छ।
कास्कीका घर तथा भवनहरुलाई चर्काउने र ढल्काउने गरेको भूकम्पले चापाकोटको पञ्चकोसी निमाविका पर्खालहरु भत्काएको थियो। यहाँ भत्केको र चर्केको पर्खाल ढलेर विद्यार्थी पुरिएलान् कि भन्ने डर छ। कक्षाकोठामा नराखी पालमुनि नै भए पनि स्कुलले पढाइ थालेको छ। पालमुनि चलेको स्कुलमा विद्यार्थी आउन डराएका छन्। पहिला भएका जति विद्यार्थी सबै स्कुल आएका छैनन्।
वैशाख १२ गते गएको महाभूकम्पले पञ्चकोसी विद्यालयका चारवटा भवनमध्ये दुईमा क्षति पुर्यावएको छ। 'त्यसैले कक्षा १, २, ३ र ५ का विद्यार्थी एउटै कोठामा राखेर पढाइरहेका छौं,' शिक्षिका खिममाया थापाले भनिन्। उनका अनुसार त्यसरी धेरै कक्षाका विद्यार्थी एउटै कोठामा कोच्दा पनि नअटेपछि कक्षा ४ लाई भने पालमुनि राख्नुपरेको छ।
४ वटा कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाउँदा पढाइ गतिलो भएको छैन। एउटै कोठामा धेरै कक्षाका विद्यार्थी मात्रै होइनन् शिक्षक पनि हुँदा हल्लाखल्ला हुने गरेको छ। 'झ्याउँझ्याउँ र झुँझुँ हुन्छ कोठामा,' शिक्षिका दुर्गा अधिकारीले भनिन्, 'एउटा विद्यार्थी एकातिर र अर्काले अन्तै हेर्छन् ।' पर्खाल भत्किएकैले अर्काे कोठाको आवाजसमेत सुनिएर डिस्टर्व भइरहेको शिक्षक यज्ञप्रसाद तिमसेनाले बताए ।
भूकम्पले भत्काएको स्कुल भनेर केही विद्यार्थी अर्कैतिर लागेको जानकारी पनि तिमसेनाले दिए । 'अहिले पालमा छौं,' उनले भने, 'पानी पर्दा त बिजोगै हुन्छ ।' स्कुल आएका विद्यार्थीमा पनि भूकम्पको त्रास अत्यधिक रहेको अर्का शिक्षक निराजन भण्डारीले बताए । 'किताबको कुरो केही सोध्दैनन्,' उनले भने, 'खालि भूकम्पको बारेमा मात्रै सोध्छन्, अनि यसो बेन्च हल्लिए पनि भूकम्प आयो भनेर तर्सन्छन् ।' आफूले पनि भूकम्प आउ"दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइरहेको उनले बताए । भूकम्प आउ"दा बेन्च र डेस्कमुनि लुक्ने भनेर रेडियोहरुमा सन्देश आइरहे पनि आफ्नो स्कुलका डेस्कबेन्च भा"च्चिएको जानकारी उनले दिए । 'हाम्रो स्कुलमा त भूकम्पले पर्खाल भत्काएर डेस्कबेन्च पनि भाँच्चिएका छन्,' उनले भने, 'डेस्कमुनि लुके पनि टाउको फुट्ने रहेछ, कस्सो त्यो दिन शनिबार थियो र स्कुलमा विद्यार्थी थिएनन् ।'
रोचक के छ भने पञ्चकोसी स्कुलको भत्किएको भवन सबैभन्दा नयाँचाहिँ हो । जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भवन एक दसकमै भत्किएको जानकारी शिक्षकहरुले दिए । नभत्किएका भवन भने दाताको सहयोगमा बनेका हुन् ।
'स्कुल आउन आएको छु तर डर लागिरा'छ,' कक्षा ८ का विद्यार्थी रवीन्द्र पराजुलीले भने, 'फेरि भूकम्प आउँछ कि जस्तो लाग्छ ।' ९५ जना विद्यार्थी रहेको विद्यालयमा १० जना शिक्षक÷कर्मचारी छन् । कास्कीमा पञ्चकोसी जस्तै ८० वटा विद्यालयलाई भूकम्पले क्षति पु¥याएको सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले जानकारी दिएका छन् । भत्किएका विद्यालय बनाउन युवास्वयंसेवी खटाउन लागिएको दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।