घर काल बन्ने डर
२२ वैशाख २०७२
•
४ मिनेट पाठ
घर काल बन्ने डर
पोखरा–घर छैन भनुन् भने घर छ। ढलेको छैन। घरका भित्ताभित्ता उप्किएको छ। गारो चिराचिरा परेको छ। नढलेको भए पनि ढल्किएको घरभित्र उनी पस्न सकेकी छैनन्। छिमेकीको घरमा बास बस्न थालेको दुई साता हुँदैछ।महाभूकम्पले पोखरा छोरेपाटन नजिकै फुस्रेखोलाकी देवी सुवेदीको घर नढलाएको भए पनि बस्न नहुने बनाएको छ। गोरखा, नुवाकोट, रसुवा, धादिङ र सिन्धुपाल्चोकमा हजारौंको घर ध्वस्त भएर लाखौंको बिल्लिबाठ हुँदा देवीजस्ताको पीडा कतै थिचिएको छ। तर, देवीका लागि महाभूकम्पले दिएको पीडा अन्तको भन्दा कम होइन। अन्तको तुलनामा कम क्षति भएको जिल्लामा परेपछि देवीजस्तै कास्कीको दर्जनौं गाउँका सयौं भूकम्प पीडितको दुख अहिलेसम्म खबरसमेत बनेको थिए।

'घर भत्काएर नयाँ बनाउन सक्ने अवस्था छैन,' देवीले भनिन्, 'अब जिन्दगी कसरी काट्ने हो?' आफ्नै क्षमताले नयाँ घर बनाउन नसक्ने उनीसँग सरकारी राहत पर्खनुको विकल्प छैन। 'जिन्दगीमा दुखैदुख थियो, भूकम्पले अर्काे थप्यो,' यति भनिरहँदा देवीका हात पुर्परोमा पुगिसकेका थिए।

कृस्ती बाघको खोरकी हीरा परियार पनि घर छाडेर आफन्तको शरणमा छिन्। 'उहाँ त घरको गारो खसेपछि पोखरातिर झर्नुभयो,' छिमेकी दुर्गा कार्कीले भनिन्। कृस्ती, भरतपोखरी र निर्मलपोखरी घुमेर अवस्था बुझेकी उमा ठकुरीका अनुसार कास्कीका ती गाउँमा भूकम्पले घरै भत्काएको छैन। 'तर बस्न हुने पनि छाडेको छैन,' उनले भनिन्।

कास्कीका ३२ गाविसमा ७ हजार घर भूकम्प प्रभावित भएको स्थानीय विकास अधिकारी तारा अधिकारीले जानकारी दिए। '१५ सय घर बस्नै नहुने गरी भत्केका छन्,' उनले भने, '५४ सय घर संकटमा छन्।' इन्जिनियरहरुबाटै अनुगमन गराएर संकटका घरको जोखिम मापन गरिने जानकारी उनले दिए। गाविस सचिवहरुमार्फत लिइएको प्रारम्भिक विवरणअनुसार विपन्न वर्गका मानिसको घर भूकम्पले भत्काएको छ।

वैशाख १२ गतेको महाभूकम्पकका कारण कास्कीमा २ जनाको ज्यानसमेत गएको थियो। २५ जना घाइते भएका थिए। माझठाना, थुम्की, रुपाकोट, काहुँ, आर्बाविजय, भलाम, पुरन्चौर, भरतपोखरी, निर्मलपोखरी लगायत गाउँमा बढी क्षति भएको विवरण जिल्ला विकास समितिमा आइपुगेको छ। व्यक्तिका घरहरुबाहेक १ सय ६० भन्दा बढी विद्यालय, सरकारी भवन, गुम्बा र मन्दिरहरुमा पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए।

सुरुमा गोरखा लगायत जिल्लाको ठूलो क्षतिमा केन्द्रित दातृ संस्थाहरुले केही दिनपछि कास्कीमा गाउँमा पनि राहत बाँडेका थिए। रेडक्रस लगायत संस्थाले पाल र खाद्यान्न भूकम्प पीडितलाई बाँडेका छन्।कास्कीका भूकम्प पीडितलाई तत्कालै राहत दिनका लागि १७ करोड रुपैयाँ माग गरी पठाइएको जानकारी एलडिओ अधिकारीले दिए। 'पछि हुने पुनःस्थापना र पुनर्निर्माणबाहेकै तत्कालको राहतका लागि रकम मागिएको हो,' उनले भने।

निर्मलपोखरीका निर्मल क्षेत्री घर नै काल बन्ने डर भएको बताउँछन्। 'बाहिर पालमा बसिएको पनि छैन,' उनले भने, 'चर्किएको घरमा डराइडराई बसिएको छ।' आफ्नो गाउँका थुप्रैजना कटेरोमा बसिरहेको जानकारी पनि उनले दिए।
अर्को समाचार
अभिजात, सत्ता र मनोयुद्ध
०७ चैत्र २०६९
•
१२ मिनेट पाठ
अभिजात, सत्ता र मनोयुद्ध
यो समय भनेको नेपालको राजनीतिको मात्रै हैन्, सामाजिक आर्थिक र संस्कृतिको पनि उथुलपुथल काल हो। यो भयानक समाचारको मौसम पनि हो। यहाँ कुरा सरकार बन्ने वा भत्कने समयका मात्रै हैनन्, सत्ताको चरित्र र भूमिका किटान गर्ने बेला पनि हो यो। यसै त भूराजनीतिको अत्यन्तै संवेदनशील भूगोल हो। यहाँ कसले किन के बोलेको छ र यसको पछाडि को र किन लागेको छ? भन्ने अहं विषय हुन्। सत्ता चिन्तनको कुरा गर्दा यथास्थितिमा रहने कि!
प्रतिगमनमा जाने वा अग्रगमन स्वीकार्ने भन्ने अहिले बहसको समय हो। त्यसैले पक्षधरता, सोच र हितको राजनीतिक व्यस्थापन हुने समयमा चिन्तनअनुसारका शक्ति र सोचका आ-आफनै मार्गचित्र हुन्छन्। आशा, अपेक्षा, र भूमिकाअनुसार सक्रियता र समाचार बन्छन् र भत्कन्छन् पनि। त्यसैले हामीहरु सामाजिक चिन्तनका 'टसल'हरु मिडियाबाट फैलिने सोच र समाचारहरुलाई आपसमा भिडिरहेका देख्न/भोग्न सक्छांै। को कसको पक्षमा छ? कस्तो समाज बनाउन चाहन्छ? सोच, सपना, प्रतिबद्धता र पक्षधरतालाई कसरी तर्कवाणी दिने भन्ने अभियान मिडियाबाटै हुन्छ। समाचार, समाचारजनित लेख, आख्यान, विचार, विमर्शले त समाजमा भइरहेका 'टसल', अन्दरुनी हलचल, वर्गसंर्घषका रूप र गुण, सांस्कृतिक चेत र संस्कार, बौद्धिक विमर्श, भूमिका र सक्रियतामा को कुन कित्तामा छ भनेर प्रष्टै नियाल्न सकिन्छ।

जहाँ पनि मिडियाचालित एउटा समाज हुन्छ। केही मिडिया उपभोक्ताहरु भने यी उथलपुथललाई गम्भीर तरिकाले नियाल्नुभन्दा पनि चालु मिडियाबाटै आफ्ना धारणा बनाएर भूमिकामा उत्रन्छन्। प्रायोजित सोचलाई मौलिक चिन्तन मान्दै भ्रमित यथार्थमा रम्ने पनि गर्छन्। आमूल परिवर्तनको संघारमा हरेक मुलुक र समाजमा मनोयुद्ध घनिभूत हुन्छ। कवि भूपि शेरचनले 'यो हल्लै हल्लाको देश हो' भनेर त्यसै भनेका हैनन्। यथार्थ र भ्रम छुट्याउन नलाग्ने तर लहैलहैमा डोरिने हाम्रो समाजको अन्तरहृदयलाई टोहल्दै कविले भनेको मनोयुद्धको असर नै हो। जहिले र जहाँ पनि कुलिन र शासक वर्ग पुरानै दमनकारी हतियार उठाउन सक्दैनन्। त्यसैले भ्रमित चेत फैलाउँदै आवेगको जनमत तयारी गर्ने कलामय खेल खेल्दै ऊ छद्म युद्ध लडछ्। तर सिपाहीहरु भ्ाने चाँदीका किस्तीमा बुद्धि र विवेक दाताहरुलाई सुम्पने काम आवरणका बुद्धिजीवीहरु नै गर्ने गर्छन्। उनीहरु भावना र आदर्शका कभर लिएर मानवीय गीतमा लय मिलाउन पुग्छन्। हितअनुसारको सुन्दर र कुरुपताका धारणालाई विमर्शका विषय बनाउनु र मूल एजेण्डालाई अन्यन्त्र मोड्ने चतुर्याोइँ हुन्छ। आफ्नो लडाइँ कहिले पनि अभिजातहरु नलड्ने हुँदा प्रतिक्रियामै सीमित हुन अनिवार्य हुन्छ।
अहिलेको नेपाली समाजको टकराहट देखिँदा माओवादी, नेपाली कांग्रेस, एमाले मधेस, जनजाति, पूर्व पञ्चबीचको टकराहट देखिए तापनि यो अग्रगमन, यथास्थिति र प्रतिगमन चिन्तनबीचको टकराहट हो। यो हलचलका खेलाडी कति सतह र मौलिक भूमिकामा छन् भने कतिपय निमित्त भूमिकामा छन्। यथास्थितिका रक्षक र समर्थकहरु आफ्नै स्वार्थ, मान्यता र सोचअनुसार परिस्थिति हाँकियोस्, सबै होस् तर निरन्तरतामा चलिआएको रिति, थिति, चाल-चलन नखजबजियोस् भन्नेमा हुन्छ। सरकारमा पात्र फेरिँदा केही फरक पर्दैन्। जब सनातनी मान्यतामा हस्तक्षेप हुन थाल्छ, तब सहन नसकेर रन्थनिन्छन्। प्रतिकारका लागि नयाँ लोकप्रिय आवरणमा देखिएर भ्रमित जनमत तयार गरेरमात्र परिवर्तनमाथि धावा बोल्न सकिन्छ भन्ने सर्वत्रको मान्यता हो। अहिले यस्तै भयो। जब माओवादी उनीहरुको सोचअनुसार हाँकिएन, सत्ताको केन्द्रमा भुइँमान्छेहरुले जनमतको स्वीकृति र अनुमोदन लिएर, पाएर संविधान सभामा पुगे, तब यहाँका सत्तामा युगौंदेखि राइँदाइँ गर्ने कुलिन वर्ग रन्थनिए। शासक वर्गले लडाइँ पुरानै तरिका धार्मिक आवरण र उत्तेजना, सांस्कृतिक आवेग भरेर लड्न सक्दैनथे। त्यसैले उनीहरु एउटा मिडियाचालित समाज बनाउँदै भ्रम छर्ने र एनजिओ समाजबाट अंशमा टेकेर समग्र उपलब्धिमा आक्रमण गर्ने छद्म युद्ध लड्न थाले। देख्दा त्यो आदर्श लाग्थ्यो, मानवीय करुणा पलाएको जस्तो पनि देखिन्थ्यो तर त्यसभित्रका विभत्स खेलहरु सामान्य आँखा र सहज चेतले मात्र खुट्याउन भने सक्दैनथ्यो।
जहिले पनि परिवर्तनका रूपलाई स्वीकार्दा पनि परम्परागत वर्चस्वशालीहरुको सामाजिक सम्बन्धको गाँठो यति कस्सिएको हुन्छ कि हितमा चोट पर्नेबित्तिकै उनीहरु रन्थनिन्छन्। त्यसैले परिवर्तनका गुणलाई आत्मासात गर्न नसकेर ध्वस्त अभियान चलाइरहेका हुन्छन्। भनिरहनु परोइन, सत्ता र सरकार भनेको एउटै हैनन््। सत्ता निरन्तरतादेखि चल्दै आएको शासन प्रणाली, न्याय, फौजी, कर्मचारीतन्त्र, धार्मिक मान्यता र सांस्कृतिक चालचलन, आर्थिक सम्बन्ध, उत्पादनका साधन, स्रोत र सम्बन्ध आदिमा भर पर्छ। शासक वर्गले यसमा कुनै खजबज हुन दिँदैन्। त्यहीअनुरूप सुन्दरता र कुरुपताको मानक सिद्धान्त बनाएको पनि हुन्छ। विगतमा भएका विभिन्न चरणका संघर्षले उसको परम्परागत संस्कृति र हितमा चोट पुर्याधएको थिएन तर दशक लामो जनयुद्ध र त्यसपछाडिको जनआन्दोलन मधेस र जनजातिको आन्दोलनले उसको हितमा जब सशक्त चोट पुग्यो, तब ऊ पुराना दमनकारी हतियारमा खिया लागेको बुझेर भ्रमित जनमत र जनमानस तयार गर्न सम्पूर्ण साधन, स्रोत, कला र क्षमता खर्च गर्दैछ।
हरेक परिवर्तन यथास्थितिमाथि चोटिलो प्रहार र हस्तक्षेपबाट सुरु हुन्छन्। विधिमा टेकेर विधि भत्काउँदै विधि निर्माण गर्छन्। पुराना सुन्दरताका मानकमाथि प्रहार हुन्छ। नयाँ मानक र नयाँ नायकको जन्म हुन्छ। हेपिएका, दबिएका, उपेक्षा गरिएकाहरु बहस र भूमिकाको पहिलो पंक्तिमा पुग्छन्। भुइँ मान्छेको स्वरलाई सुन्न अभिजातहरु पनि बाध्य हुन्छन्। त्यो अवधि आदर्श नै आदर्शले भरिएका काव्यात्मक समयबाट मात्र गुज्रँदैन। त्यसको चोट र छिर्का यत्रतत्र फैलँदा समय र समाजले पीडादायी अवस्था भोग्नु पनि पर्छ। हरेक परिवर्तनसँंग एउटा आवेग र अपेक्षा हुन्छ। त्यसलाई तत्काल पूरा गर्ने आधार, सम्भावना, साधन र स्रोत त्यहीस्तरमा उपलब्ध भने हुँदैन। अर्कातर्फ परिवर्तनको आवेग र अपेक्षालाई व्यवस्थापन गर्ने कलाको अभाव पनि हुन्छ। विगतको जनयुद्ध पनि त्यही थियो र भयो। अब भने यो शान्तिपूर्ण युद्धकाल हो। कसैकसैले तटस्थताको सुख भोगे पनि विगतको 'टसल' कालमा अधिकांश नेपालीजनलाई प्रत्यक्ष वा परोक्ष कित्ताबन्दी गरेको थियो। परिवर्तनको यस्तो वेग आयो कि जसलाई हाकाहाकी अस्वीकार गर्ने कसैको हिम्मत भएन। त्यसलाई सोही गतिमा वैधानिक व्यवस्थापन गर्न परिवर्तनकारी शक्तिले तेजिलो चातुर्यता देखाउन सकेन। परिवर्तनको आवेग मत्थर हुन नपाउँदै पराजित शक्ति नयाँ रूप र आवरणमा सक्रिय हुन थाल्यो। अहिले त्यो घाइते सोच विभिन्न भूमिकामा चिच्याउँदैछ। ती सोचका अगुवाहहरु मिडियाबाटै आफ्ना अनुकूलको जनमास तयार गर्न चाहन्छन्। हाम्रो जस्तो मिडिया साक्षरता नभएको मुलुकमा केही मिडिया र समाजका कुलिन वर्ग मूलधारको राजनीति भनेर केहीलाई स्थापित पनि गर्न चाहन्छन्। तर जुन समाजमा जुन वर्गको वर्चस्व हुन्छ, त्यसलाई नै मूलधार मानिन्छ। साधन, स्रोत र कथित नागरिक समाजलाई हेर्दा त अहिले पनि घाइते तर पराजय स्वीकार नगरिसकेको अभिजातकेै नेतृत्वमा मूलधार छ भनिन्छ। तर नेपाली समाजको विशेषता भनेकै परिवर्तनलाई आत्मसात गर्ने संस्कार हो। अब पुरानै मूलधार छैन र हैन। बरु त्यसलाई निरन्तरता दिन भने कोसिस गरिँदैछ। एउटा ठूलो युद्धबाट शान्तियुद्धमा आएका जटिलतामा ऊ कुलिनहरुको मानवीय चेहराको मनोयुद्धलाई पराजय गर्न सक्छ कि उनीहरुकै षडयन्त्रको चक्रब्यूहमा फस्छ भन्ने कुराको निर्णय भने मिडिया सचेतता अनिवार्य हुन्छ। सत्ता परिवर्तनका जटिलता बुझेर भूमिका निर्धारण गर्दै मनोयुद्धलाई परास्त गर्न पनि सकिन्छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस