एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेल फेरि अर्को हत्या मुद्दामा तानिए
०९ वैशाख २०७२
•
२ मिनेट पाठ
एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेल फेरि अर्को हत्या मुद्दामा तानिए
काठमाडौं— कर्तव्य ज्यान मुद्दामा सर्वोच्चद्वारा सर्वस्व सहित जन्मकैद सजाय ठहर भइ फरार रहेका एमाओवादीका पूर्व सभासद् बालकृष्ण ढुङगेल उज्जनका दाई गणेश श्रेष्ठको हत्या मुद्दामा पनि तानिएका छन्।सरकारले द्वन्द्वकालीन सम्पूर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानवीन आयोगमार्फत् समाधान गर्ने भन्दै आएको भए पनि पूनरावेदन अदालत जनकपुरले मंगलवार श्रेष्ठको हत्या प्रकरणमा तत्काल अनुसन्धान थाल्न आदेश दिएपछि दोस्रो मुद्दा अघि बढ्ने भएको हो।




प्रहरीमा हत्याको किटानी जाहेरी दिएको भन्दै हत्या गरिएका गणेशका छोरा विजयले दायर गरेको रिटमा पुनरावेदन अदालतले फैसला गर्दै तत्काल अनुसन्धान अघि बढाउन भनेको हो।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मेघराज भट्टराईको संयुक्त इजलाशले हत्या जस्तो मुद्दामा अनुसन्धान रोक्न नमिल्ने भन्दै ६ महिनाभित्र यसको टुङ्गो लगाउन परमादेश जारी गरेको हो।

विजयले फागुन ६ गते आफ्ना पिताको हत्याराहरुको सम्बन्धमा हालसम्म किन अनुसन्धान नभएको हो जान्न पाउनु पर्ने माग गर्दे रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाई गर्दै पूनरावेदन अदालत जनकपुरले १५ दिनभित्र यससम्बन्धी सम्पूर्ण विवरण उपलव्ध गराउन जिल्ला प्रहरी कार्यालय रामेछाप र सरकारी बकिलको कार्यालयको नाममा फागुन ११ गते कारण देखाउ आदेश जारी गरेको थियो। किटानी जाहेरी दिएको १० वर्षसम्म दोषी पक्राउ नगर्नाले न्याय प्राप्त नभएको विजयको रिटमा जिकीर गरिएको थियो।
अर्को समाचार
ढुंगेलविरुद्धको अर्को हत्या मुद्दामा अनुसन्धान गर्न आदेश
२८ चैत्र २०७२
•
३ मिनेट पाठ
ढुंगेलविरुद्धको अर्को हत्या मुद्दामा अनुसन्धान गर्न आदेश
काठमाडौं–ओखलढुंगाका एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेल नेतृत्वले हत्या गरेका उज्जन श्रेष्ठका दाई गणेश श्रेष्ठको हत्या मुद्दा चार महिनाभित्र अनुसन्धान गरी आरोपपत्र दायर गर्न पुनरावेदन अदालत जनकपुरले आदेश दिएको छ।न्यायाधीशद्वय शेषराज शिवाकोटी र रमेशकुमार थापाको इजलाशले बिहीबार द्वन्द्वकालको वा अभियुक्त नभेटिएको भनी अनुसन्धान कार्य नरोक्नसमेत जिल्ला प्रहरी कार्यालय रामेछापलाई आदेश दिएको हो। गणेशको हत्या गर्ने समयमा ढुंगेल उक्त स्थानमा नभएपनि उनको निर्देशनमा हत्या गरेको किटानी जाहेरीमा उल्लेख छ ।




कर्तव्य ज्यान मुद्दामा सर्वोच्चद्वारा सर्वस्व सहित जन्मकैद सजाय ठहर भइ फरार रहेका एमाओवादीका पूर्व सभासद् ढुंगेलको नाम मुछिएको यो दोस्रो मुद्दा शुरु हुन लागेको हो। यसअघि उज्जन श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई जन्मकैद फैसला कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ ।

सरकारले द्वन्द्वकालीन सम्पूर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगमार्फत् समाधान गर्ने भन्दै दुई आयोग गठन गरेको भएपनि पुनरावेदन अदालत जनकपुरले भने श्रेष्ठको हत्या प्रकरणमा तत्काल अनुसन्धान थाल्न आदेश दिएको हो।

प्रहरीमा हत्याको किटानी जाहेरी दिएको भन्दै हत्या गरिएका गणेशका छोरा विजयले दायर गरेको रिटमा पुनरावेदन अदालतले आदेश दिँदै चार महिनाभित्र कर्तव्य ज्यान मुद्दा दायर गर्न भनेको हो। यसअघि पूनरावेदन अदालतले २०७२ वैशाख ८ गते ६ महिनाभित्र अनुसन्धान गरी मुद्दा दायर गर्न परमादेश जारी गरेको थियो। छोरा गणेशले बाबुको हत्या बालकृष्णको निर्देशनमा माओवादी कार्यकर्ताहरु रक्तिम लामा,मोहन खड्का,टिका सुनार लगायत ६ जनाले गरेको जिकिर किटानी जाहेरीमा गरिएको छ ।

वैशाखमा पूनरावेदका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मेघराज भट्टराईको संयुक्त इजलाशले हत्या जस्तो मुद्दामा अनुसन्धान रोक्न नमिल्ने भन्दै ६ महिनाभित्र यसको टुंगा लगाउन परमादेश जारी गरेको थियो ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस