आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु
१६ माघ २०७१
•
१ मिनेट पाठ
आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु
बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१० स्थित सुनथानमा गएराति भएको आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आगलागीमा परी ३५ वर्षीय विनोद केसी, उनको श्रीमती ३२ वर्षीया भागीरथी र छोरा नौ वर्षीय सुशील केसीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले जानकारी दिए।




आगलागीबाट जस्ताले छाएको पक्की घर पनि क्षतिग्रस्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी उहाँले दिए। सो घटनामा परी दुई वटा गाई र बाच्छासमेत मरेको प्रहरीले जनाएको छ। रासस
अर्को समाचार
कालीमाटी आगलागीको पाठ
२२ फागुन २०६८
•
७ मिनेट पाठ
कालीमाटी आगलागीको पाठ
राजधानीको कालीमाटीस्थित तरकारी बजारमा शनिबार रातिको भीषण आगलागीबाट भएको जनधनको क्षतिले आकस्मिक प्रकोप व्यवस्थापनलाई राज्यले गरेको उपेक्षा उजागर गरेको छ। तरकारी बजारमा भएको आगलागीमा परी एकै परिवारका चारजनालगायत छ जनाको मृत्यु भएको भने प्रहरीले आठ करोड रुपियाँबराबरको क्षति भएको अनुमान गरेको छ।
आगलागीबाट यति ठुलो मानवीय क्षति हुनु निश्चय पनि गम्भीर चिन्ताको विषय हो। मूलतः तरकारी बजारमा जताततै रहेको प्लास्टिकका कारण आगलागी भएको १० मिनेटभित्रै दमकल आइपुग्दा पनि आगो बेलैमा नियन्त्रण गर्न नसकिएको देखियो। फलतः नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दासमेतको सराहनीय प्रयासबाट आगो निभाउन सकिए पनि जनधनको क्षति रोक्न सकिएन। कुनै कारणले त्यो भीषण आगलागी तरकारी बजारबाहिर घना आवादी भएको क्षेत्रमा पुगेको भए अकल्पनीय भयावह अवस्था उत्पन्न हुसक्थ्यो।
बिजुली 'सर्ट सर्किट' भएर तरकारी बजारमा आगलागी भएको अनुमान गरिएको छ। आगो जसरी सल्केको भए पनि तरकारी बजारका व्यापारी र व्यवस्थापनको लापरवाहीकै कारण यति भयावह क्षति भएको भने स्पष्टै देखिन्छ। किनभने, विशेषगरी व्यापारीहरूले चारैतिर फैलाएको प्लास्टिकमा सल्किएको आगोले भयावह रूप लिएको होे। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रमुखले व्यवस्थापनले व्यापारीहरूलाई प्लास्टिक हटाउन भन्दा नटेरेकाले आगलागीले भयावह रूप लिएको दाबी गरेका छन्। व्यापारीहरूले अरू नै कुनै कारण देखाउन सक्छन्। एकअर्कालाई दोष दिएर पन्छन खोज्ने त नेपाली समाजको संस्कारै बनिसकेको छ तर त्यस्तो प्रवृत्तिबाट दुर्घटना टार्न सकिँदैन। कालीमाटी आगलागीमा आगो सल्कनु भवितव्य हुनसक्छ तर त्यसको भयावह परिणाम निस्कनु चाहिँ मानवीय लापरवाहीबाटै भएको हो। जोखिम आकलन गरेर पहिले नै सावधानी अपनाइएको भए आगलागीबाट भएको त्रासद क्षति जोगाउन सकिने देखिन्छ।
तरकारी बजारमा जताततै प्लास्टिकको प्रयोग गरिएकोे हालैमात्र भने अवश्य पनि होइन। दुर्घटनाको जोखिम पहिले नै अनुमान नगर्नु र विशेषगरी कडाइसाथ त्यस्ता सामग्री हटाउन नलगाउनु व्यवस्थापन पक्षको गैरजिम्मेवार प्रवृत्ति हो। यस्तै, दुर्घटनाको जोखिम हुँदाहुँदै पनि प्लास्टिकको प्रयोग गर्ने जिद्दी गरेर व्यापारीहरूले पनि गम्भीर हेलचेक्य्राइँ गरेकै हुन्। यी दुवै पक्षबाट भएकोे गल्तीको ठुलो मूल्य सम्बन्धित पीडित परिवार र व्यापारीले चुक्ता गर्नुपर्‍यो। यसैले अब एकअर्कामाथि आरोपप्रत्यारोप गर्न छाडेर कालीमाटी तरकारी बजारलाई बढी सुरक्षित र व्यवस्थित बनाउन ध्यान केन्द्रित गर्नु उचित हुनेछ।
राजधानीको प्रमुख तथा थोक तरकारी बजार अस्तव्यस्त भएको छ। भण्डार गरिएका उपभोग्य सामग्री नष्ट भएको छ। यसबाट आपूर्ति प्रणालीमा असर पर्नु स्वाभाविकै हो। यस विपत्तिलाई कालाबजारीले सामान्य उपभोक्तालाई ठग्ने मौका बनाउन नपाउन् भन्नेमा बजार अनुगमनको दायित्व भएको सम्बन्धित सरकारी निकायले तत्काल ध्यान दिनु आवश्यक छ। तरकारी बजारको अबको व्यवस्था मिलाउँदा जोखिमको आकलन गरी यस्तै दुर्घटना दोहोरिन नदिन आवश्यक व्यवस्था पनि मिलाउनु जरुरी हुनेछ।
राजधानीमा मात्र गत साउन यता दुई सयवटा आगलागीका घटना भइसकेका छन्। अर्कातिर, आगो नियन्त्रण गर्ने दमकलको संख्या र अवस्था भने अत्यन्त दयनीय छ। काठमाडौंमा खानेपानीकै हाहाकार छ भने ठुलो क्षेत्रमा लागेको आगो निभाउन चाहिने पानी पाउनु झन् कठिन हुन्छ। कालीमाटीकै आगलागीमा पनि अन्ततः पानी लिन दमकल महांकाल पुग्नु पर्‍यो। यस भयावह दुर्घटनाबाट सरकारले कम्तीमा पनि दुईवटा शिक्षा लिनुपर्ने देखिन्छ। पहिलो, तरकारी बजारमा जथाततै प्लास्टिक प्रयोग नगरिएको सायद, यति ठुलो क्षति हुने थिएन। राजधानीका अरू तरकारी बजारका साथै भृकुटीमण्डप परिसरको खुद्रा बजार प्लास्टिकले छोपिएको छ। त्यहाँ आगो सल्क्यो भने अकल्पनीय भयावह अवस्था उत्पन्न हुनसक्छ। यसैले त्यहाँ र त्यस्तै अरू क्षेत्रमा हुनसक्ने भयावह दुर्घटना हुन रोक्न सरकारले तत्काल आवश्यक व्यवस्था मिलाउनु जरुरी देखिन्छ। अर्को, आगालागी भइहालेका त्यसलाई नियन्त्रण गर्नका लागि आवश्यक आधुनिक यन्त्र, प्रविधि र जनशक्तिको व्यवस्था। यसतर्फ पनि राजधानी र अरू सहरहरूको आवश्यकताअनुसारको व्यवस्था मिलाउन सरकारले तत्काल पहल गर्नुपर्छ। सबै प्रकारका भवितव्य टार्न सकिँदैन र त्यसको क्षति न्यून गर्न चाहिँ इच्छाशक्ति र सुझबुझ भए सजिलै सकिन्छ। अन्यथा, यस्ता भयावह दुर्घटना हाम्रा निम्ति भवितव्य हैन नियति बन्न पुग्नेछन्।
 


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस