रौतहट-केही दिनदेखि लगातार बढिरहेको चिसोले दलित र विपन्न समुदायको जनजीवन कष्टकर बन्दै गएको छ। बिहानैदेखि चल्ने चिसो हावा, बाक्लो हुस्सु र शीतलहरले घरमा एकछाक खानसमेत धौ–धौ पर्ने यहाँका डोम, मुसहर, ढांगर, चमार, दुसाध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ। तीन दिनयता मौसममा एक्कासि परिवर्तन आएपछि दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन धान्नेहरू आगो तापेर बस्न बाध्य छन्। चिसोबाट बच्न स्थानीय प्रशासनले कुनै व्यवस्था नगरेको भन्दै उनीहरू आक्रोशित भएका छन्।‘शरीर ढाक्ने लुगा छैन, दिनदिनै जाडो बढिरहेको छ,' गत वर्ष चिसोले कठ्यांग्रिएर छिमेकी मरेको स्मरण गर्दै गौर– १२, पुरेन्वा ढांगर टोलका कैलास ढागरले भने, ‘यसपालि फेरि कतिजना मर्ने हुन्। अहिलेसम्म कसैले केही सहयोग गरेको छैन। शरीर ढाक्ने कपडा नहुँदा निकै समस्या छ।” कठ्यांग्रिने चिसोमा पात–पतिंगर र पराल बालेर आगो ताप्नुपरेको बताउँदै उनले न्यानो कपडा व्यवस्था गर्न माग गरे।
मिहिनेत मजदुरी गरेर जसोतसो दुई छाक टार्ने गरेका यिनीहरुलाई अहिले चिसोका कारण काममा निस्कनसमेत कठिन भएको छ।
समनपुर– ९, हथियौल टोलको डोम बस्तीका दस घर–परिवारलाई चिसो छल्न न्यानो कपडा, कम्बल, डस्ना नहुँदा निकै समस्या परिरहेको सन्तोष मली डोमले बताए। ‘चिसो छल्ने त परै जाओस्, एक छाक खाना खान पनि धौ–धौ परिरहेको अवस्थामा कहाँबाट न्यानो कपडा लगाउने?' उनले भनिन्।
दिनदिनै बढ्दै गएको चिसोले दलित बस्तीका बालबालिका र वृद्धवृद्धा धमाधम बिरामी पर्न थालेको नागरिक समाजका अध्यक्ष जगन्नाथ केसरीले बताए। असहाय र निमुखा नागरिकलाई जाडोबाट जोगाउन समयमै सहयोग गर्न उनले आग्रह गरे।
चिसो बढे पनि अहिलेसम्म जिल्ला दैवीप्रकोप उद्धार समिति रौतहटले राहतका लागि कुनै प्रयास गरेको छैन। प्रमुख जिल्ला अधिकारी मदन भुजेलले राहतस्वरुप केही कम्बल संकलन भएको र रेडक्रसमार्फत लक्षितवर्ग पहिचान गरी केही दिनमै वितरण गर्ने तयारी भइरहेको बताए।