'अब प्रहरीमाथि पनि कारबाही'
२२ मंसिर २०७१
•
५ मिनेट पाठ
'अब प्रहरीमाथि पनि कारबाही'
काठमाडौं- चालक लापरबाहीले सवारी दुर्घटना अचाक्लीसँग बढेपछि सरकारले प्रहरीमार्फत यातायात निगरानी कडा पार्ने निर्णय गर्यो-। जसअनुसार तीव्र गतिमा सवारी चलाइने राजमार्ग र अन्य सडकका सवारी निगरानी बढाउन प्रहरीले मातहत निकायलाई निर्देशन पनि दियो। नियन्त्रण प्रयास थालिए पनि प्रभावकारी हुन नसक्दा दुर्घटना झन्झन् बढिरहेका छन्।पछिल्लो सुर्खेत दुर्घटना त्यसैको परिणाम थियो।
सुर्खेतमा १८ जनाको ज्यान जाने गरी भिरबाट खसेको बसमा क्षमताभन्दा दोब्बर यात्रु रहेको देख्दादेख्दै आँखा चिम्लने प्रहरीलाई पनि 'दुर्घटनाका दोषी' मान्दै कारबाही गरिने प्रहरी प्रवक्ता माधव जोशीले बताए।
'सुर्खेतको बस दुर्घटना भार धान्न नसकेर भएको भन्ने आइरहेको छ,' उनले सोमबार नागरिकसँग भने, 'घटनाको यथार्थ विवरण बुझ्न केन्द्रबाट टोली गइसकेकाले दोषी देखिएका सबैलाई कारबाही गर्छाैं।'
कालिकोटको जितेगडाबाट बढी यात्रु राखेर बस गुडिरहँदा पनि उक्त सडकमा पर्ने चौकीका प्रहरीले किन गाडी रोकेर कारबाही नगरेको भन्ने विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए। 'छानबिन टोलीले दिएको प्रतिवेदनका आधारमा ती क्षेत्रका प्रहरी कर्मचारीलाई निलम्बन वा विभागीय कारबाही हुनेछ,' उनले भने।
दसैंयता दुर्घटना दर बढ्दै गएको र दुर्घटनाका कारण क्षमताभन्दा बढी यात्रु बोक्नु तथा तीव्र गति रहेको पाइएपछि सरकारले सवारी निगरानी गर्न र दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो। सरकारकै निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले देशभरका कार्यालयलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्न परिपत्र गरेको थियो। 
दसैंयता हालसम्म देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ३ सयभन्दा बढीको ज्यान गइसकेको छ।
बढ्दो दुर्घटना कम गर्न देशभरका प्रहरी कार्यालयलाई क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीमाथि निगरानी राखेर दोषी देखिएका सबैलाई कारबाही अघि बढाउन कात्तिक महिनामै भनिएको थियो। त्यसयता भएका सवारी दुर्घटनाको प्रकृति हेर्दा धेरैजसोमा भार क्षमता बढी हुनु नै मुख्य कारण पाइएको छ। 'केन्द्रबाट बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्नू' भन्ने आदेश हुँदा पनि पालना नगर्नेलाई कारबाही गर्न लागेको प्रवक्ता जोशीको भनाइ छ। 
ओभरलोडका कारण हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीले राजमार्गदेखि भित्री सडकमा समेत अनुगमन र जाँच तीव्र पारेको छ। बस छुट्ने ठाउँदेखि नै प्रहरी जाँच सुरु हुने जोशीले जनाए। 'बीचबीचमा यात्रु चढाउने र प्रहरी कार्यालय नजिक आएपछि ओराल्ने अवस्था नआओस् भनेर प्रहरीको मोबाइल टोलीसमेत ठाउँठाउँमा खटाइएको छ,' उनले भने।
मुख्य राजमार्गमा बढी यात्रु र सामान राख्ने समस्या कम भए पनि पहाडी तथा भित्री सडकमा यस्ता समस्या धेरै पाइएको छ। 'प्रहरीको उपस्थिति नभएका क्षेत्र र भित्री स्थानमा बढी यात्रु कोच्ने गरिएको छ,' उनले भने, 'कतिपय स्थानमा स्थानीयले नै व्यवसायीलाई सहयोग गरिरहेकाले बढी यात्रु राखेको अवस्था छ।' दुर्गम तथा ग्रामीण भेगमा अन्य विकल्प नभएका कारण पनि यात्रुहरू जोखिम मोलेर छतमा चढ्ने अवस्था रहेको उनले बताए।
सरकारले सार्वजनिक सवारीमा छतभरि यात्रु राखेर चलाउँदा दुर्घटना बढेको भन्दै छत क्यारियर निकाल्ने अभियानसमेत सुरु गरेको थियो। व्यवसायीको विरोधका कारण उक्त अभियान केही समयका लागि रोकिएको छ। यसले छतमा यात्रु राख्ने क्रम जस्ताका त्यस्तै छ।


अर्को समाचार
अाचरणविपरीत काम गर्ने ३६ प्रहरीमाथि कारबाही
०९ वैशाख २०७३
•
१ मिनेट पाठ
अाचरणविपरीत काम गर्ने ३६ प्रहरीमाथि कारबाही
पर्सा– सङ्गठनको आचरणविपरीत काम गर्ने ३६ जना प्रहरीमाथि विभागीय कारबाही भएको छ।




सङ्गठनको मर्यादाविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एकजना प्रहरी नायब निरीक्षकलाई बर्खास्त गर्नुका साथै अन्य ३५ जना प्रहरीलाई विभागीय कारबाही गरेको हो।

आव २०७२/७३ को साउनदेखि चैतसम्मको ९ महिनामा मर्यादाविपरीत कार्य गरेको पाइएका २५ सिपाही, सात हवल्दार, दुई प्रहरी सहायक निरीक्षक र दुई प्रहरी नायब निरीक्षकलाई कारबाही गरिएको जिप्रका पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए। उनले जनताको जीउधनको रक्षाका लागि खटिने सुरक्षाकर्मी चरित्रवान् हुन आवश्यक रहेकाले सङ्गठन सुदृढीकरणको अभियानअन्तर्गत नै पर्सामा ३६ जनालाई कारबाही गरिएको बताए।

सङ्गठनको मर्यादा विपरीत कार्य गरेको पाइएपछि एकजना प्रहरी नायब निरीक्षकलाई जागिरबाट बर्खास्त गरिएको छ। साथै चारजनाको पदोन्नति रोक्का, २२ जनालाई नसिहत र अन्यको ग्रेड रोक्का गरिएको जिप्रका पर्साले जनाएको छ।

अत्यन्त गम्भीर प्रकृतिको गल्ती गरेकालाई जागिरबाट हटाइएको जिप्रकाको भनाइ छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस