काठमाडौं- उपत्यकामा गुड्ने सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली आज १२ बजेबाट हटाइएको छ। सार्क सम्मेलनका लागि उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न सोमबारबाट लागू भएको जोर–बिजोर प्रणाली सार्क अतिथि स्वदेश फर्केंसँगै हटाइएको हो।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १२ बजेपछि उपत्यकाका सडकमा गुड्ने जोर बिजोर दुवै नम्बरका सार्वजनिक तथा निजी सवारी चल्न सक्नेछन्। सम्मेलनका कारण पाँच दिनदेखि सर्वसाधारणले सास्ती बेहोरिरहेकाले सम्मेलन सकिएलगत्तै सवारी आवागमन सहज बनाउन यो प्रणाली हटाउने निर्णय गरिएको महाशाखाले जनाएको छ। सरकारले मंसिर ८ देखि जोर गतेका दिन जोर नम्बरप्लेट र बिजोर दिनमा बिजोर नम्बरका सवारी मात्र चल्न पाउने व्यवस्था गरेको थियो।
सार्क सम्मेलननिम्ति आएका विशिष्ट पाहुना फिर्ता नहुञ्जेल १२ बजेसम्म भने चक्रपथभित्रका सडकमा सवारी आवागमन प्रभावित हुनेछ। सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिमध्ये भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र श्रीलंकाका प्रमुख बिहीबारै फर्केका छन्।
आज बंगलादेशी प्रधानमन्त्री सेख हसिना बिहान साढे १० बजे बंगलादेश विमानको नियमित उडानबाट फर्किएकी छिन्।