गुल्मी— शनिबार साँझ अश्लेवामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। शनिबारनै दुर्घटना स्थलमा एकको मृत्यु भएको थियो भने अर्का एक जनाको उपचारको क्रममा पाल्पामा निधन भएको प्रहरीले जनाएको छ। वनभोजका लागि गएको लु १ च ४८८७ नम्बरको जीप दुर्घटना हुँदा अरू ११ जना घाइते भएका छन्।घटनास्थलमै हँसरा–१ की १४ बर्षिया सीता विश्वकर्माको ज्यान गएको थियो भने फेरी उपचारको क्रममा सोही ठाउँकै ९ बर्षिय बालक इश्वरी विश्वकर्माको ज्यान गएको हो। घाइते सबैको मिसन हस्पिटल पाल्पामा उपचार भइरहेको छ। घाइते मध्ये ४ को अवस्था गम्भीर छ।
अर्को समाचार
गुल्मी दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो
अर्को समाचार
गुल्मी दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत
गुल्मीको इम्मामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। इस्माबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जिप इस्मा ४ को दोहोली हुल भन्ने स्थानमा आज (शुक्रबार) बिहान दुर्घटना भएको हो। ५ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारकालागि अस्पतालमा लैजादै गर्दा मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ।
मुत्यु हुनेमा इश्मा ४ का ३३ बर्षीय शिव दर्लामी,३०बर्षीय वशन्त दर्लामी,६५ बर्षीय डम्बर हितान, ३३बर्षीय धनबहादुर अछामी,१९ बर्षीय फर्सुराम थापा र मालिका गाँउपालिका ५ की ८० बर्षे सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार जिपका सवार ९ जना मध्ये चालक बुद्ध बस्नेत सकुसल छन। सहचालक कमल हितान र इश्माकै २८ बर्षे सरस्वती दर्लामी घाइते छन। दोहोली हुलमा घुम्ती मोड्ने क्रममा जिप भिरबाट ४ सय मिटर तल खसेको इश्मा प्रहरी चौकीले बताएको छ। चालक र जिप अहिले प्रहरी नियन्त्रणमा छ। थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले बताए।

यो पनि पढौँ
ट्रेन्डिङ