काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइरहेको अवस्थामा झापाबाट एक सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।
अख्तियारले सहायक वन अधिकृत जीवन पाठकलाई झापाको सितापुरमा रहको फुलबारी रेष्टुरेन्टमा एकजना फर्निचर उद्योगीसँग २८ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो। उनलाई अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट गएको टोलीले मंगलबार बिहान ११ बजे पक्राउ गरेको अख्तियार प्रमुख लोकमान सिंह कार्कीका प्रेस सल्लाहाकार ओमबन्धु कार्कीले जानकारी दिए।
अधिकृत पाठकलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।