सङ्खुवासभा– स्याबुन–३, फच्याङमा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। पाँच अझै बेपत्ता छन्। ६८ वर्षीय कृतिमान कोइराला, उनकी श्रीमती बर्ष ५५ की देवीमाया र बर्ष १४ की छोरी तुुलसा तथा ६३ बर्षीय मेहरमान कोइरालाको शव केही समयअघि फेला परेको हो।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र गाउँलेहरुको टोलीले शव फेला पारेको स्थानीय डम्बरबहादुर श्रेष्ठले नागरिकन्युजलाई बताए। ८ बर्षीय प्रज्ज्वल कोइरालाको शव बिहानै फेला परेको थियो ।
पहिरोमा परेका मेहरमानकी श्रीमती ५८ बर्षीया कुमारी, चिङ्खुवा निमावि, जलजलाका प्रधानाध्यापक बर्ष ३५ का पूर्णबहादुरसहित उनका ७२ बर्षीय बाबु ईन्द्रबहादुर, ३० बर्षीया श्रीमती सम्झना र बर्ष १० का छोरा रोशन कोइराला बेपत्ता छन् । बिहान शव भेटिएका प्रज्ज्वल पनि पूर्णबहादुरकै छोरा हुन् । हराइरहेकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी कमल थापाले जनाएका छन् ।
तीन सय मिटर माथिबाट झरेको पहिरो करिब १ किलोमिटर तलसम्म बगेको छ। पहिरोले उनीहरुको तीन वटा घर तथा घरमा रहको धनमालसहित गाई बस्तु लगायतका चौपायसमेत बगाएको छ। सँगै रहेका १२ वटा घर उच्च जोखिममा रहेको स्थानीयहरुले बताएका छन् ।
वाना प्रहरी चौकीको प्रहरी टोली बिहानैबाट घटनास्थलमा परिचालित छ । जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको खाँदबारीस्थित श्रीदल गुल्म तथा चैनपुरस्थित सशस्त्र प्रहरी बलको अरुण गुल्मबाट उद्धारका लागि खटिएको थप सुरक्षाकर्मीको टोली पनि घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी नन्दीकेशर त्रिपाठीले बताए । राहत सामाग्रीसहित नेपाल रेडक्रस सोसाईटीको उद्धार टोली पनि घटनास्थलतर्फ पुगेको जिल्ला सभापति सरोज बज्राचार्यले जनाएका छन् ।
यसैबीच घटनास्थलको निरीक्षण गर्न उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसहित निर्वाचित सभासदद्धय तारामान गुरुङ र दिपक खड्का पनि हेलिकप्टरमा स्याबुन आइपुगेका छन् ।