दशैं आयो, भत्ता आएन
१९ असोज २०७८
•
३ मिनेट पाठ
दशैं आयो, भत्ता आएन
फाइल तस्बिर
राउटे समुदायका लागि अघिल्लो वर्षको दशैं विशेष रह्यो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दशैंको तीन दिनअघि चिंगाड गाउँपालिकाको सल्लेरीस्थित राउटे बस्तीमा पुगे। त्यहाँ उनले राउटेलाई मासु–भात मात्रै खुवाएनन्, प्रदेश सरकारबाट मासिक दुई हजार भत्ता दिने घोषणा गरे। संघीय सरकारबाट तीन हजार भत्ता पाउँदै आएका राउटे समुदायमा प्रदेश सरकारबाट दुई हजार थप भत्ता पाउँदाको खुसी बेग्लै थियो।  




यो वर्ष दशैं नजिकिँदै जाँदा राउटे समुदाय सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ स्थित घाटगाउँमा सरेको छ। तीन महिनादेखि राउटे समुदायले मासिक भत्ता पाएको छैन्। राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। ‘औंशी आइसक्यो, भत्ता आइपुगेन्,’ मुखिया सूर्यनारायण शाहीले भने, ‘कसरी दशैं मनाउने हो चिन्तामा छौं।’

राउटे समुदायका लागि दशैं सबैभन्दा ठूलो पर्व हो। दशैंको अघिल्लो दिन हरेक घरले बलि दिनुपर्ने मान्यता यो समुदायमा छ। औशीपछि यो समुदाय बस्तीमा खशी भित्र्याउँदैन्। महिना–महिनामा पाउनुपर्ने भत्ता तीन महिनासम्म नपाउँदा यो समुदाय सरकारसँग आक्रोशित छ।  

वीरबहादुर शाही राउटे समुदायका तीन जना मुखिया मध्ये एक हुन्। उनको आठ जनाको परिवार छ। सरकारले भत्ता दिएको भए उनीसँग तीन महिनाको एक लाख ४४ हजार रुपैयाँ हुन्थ्यो। सरकारले भत्ता दिएको भए छाप्रोमा खशी हुन्थे, दशैंका लागि चिल्ला रोटी पकाउने सामाग्रीहरु तयारी अवस्थामा हुन्थे। भत्ता नपाउँदा यो वर्षको दशैं उनका लागि ‘दशा’ आएजस्तै भएको छ। ‘मुखियाकै छाप्रोमा खशी छैन्, जनताले कहाँबाट पाउनु ?,’ उनले नागरिकसँग भने, ‘हामीमाथि सरकारले यतिधेरै अन्याय त नगरेको भए हुन्थ्यो।’

राउटे समुदायलाई खाद्यान्न वितरण गर्दै ललितपुरका विएन ठकुरी। तस्बिर: गोविन्द /नागरिक
राउटे बस्तीकै चन्द्रमान शाहीको पनि अवस्था वीरबहादुरको जस्तै छ। उनको पनि आठ जनाको परिवार छ। भत्ता ल्याएर सरकारी मानिस आउँछन् कि भन्ने आशमा राउटेहरु नजिकैको सल्लीबजारमा गएर बस्छन्। नयाँ मानिस देख्यो कि भत्ताका बारेमा सोध्छन्। ‘केहीले उधारोमा गाउँबाट खशी ल्याएका छन्,’ चन्द्रमानले भने, ‘हामीलाई कसैले पत्याएनन्, सरकारले भत्ता दिएनन्, गाउँलेले खशी दिएनन्।’  

राउटे समुदायका ४४ वटा घर छन्। एक सय ४४ संख्या छ। जंगलमा फिरन्ते जीवन विताउने यो समुदाय काठका भाँडावर्तन बनाएर विक्री गर्दथ्यो। त्यसैको आम्दानीले परिवार पाल्थ्यो। सरकारले २०६४ सालदेखि राउटेलाई भत्ता दिन सुरु ग¥यो। त्यो अघिसम्म राउटे समुदाय पैसा छोए पाप लाग्छ भन्थ्यो। खाटवापत खशी लिन्थे। अन्य काठका सामाग्रीवापत अन्न साँट्थे। 

पछिल्लो समय राउटे समुदायलाई कारोनाले पनि असर गरेको छ। बस्तीमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएपनि जंगलमा काठ काट्न र गाउँ–बजारसम्म ति सामाग्रीहरु विक्री गर्न प्रतिवन्धजस्तै छ। ‘पहिले–पहिले रुखहरु काट्थ्यौं, त्यसैबाट सामाग्रीहरु बनाएर गुजारा चलाउँथ्यौं,’ महामुखिया महिनबहादुर शाहीले भने, ‘अहिले कोरोनाले जंगल जान पाउँदैनौं, त्यसैले काठका भाँडावर्तन बनाउन पाएका छैनौं।’ राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिकाको अस्थायी नागरिक हो। संघीय र प्रदेश सरकारले दिने भत्ता गुराँस गाउँपालिकामार्फत वितरण हुन्छ। गाउँपालिकाले अहिलेसम्म भत्ता निकासा गरेको छैन्।

खाद्यान्न सहयोग

दशैंको मुखमा राउटे समुदायलाई विहान–बेलुकाको छाक टार्न समस्या भइरहेको खवर पाएपछि ललितपुरका विएन ठकुरीले बस्तीमै पुगेर राउटे समुदायलाई खाद्यान्न वितरण गरेका छन्। ठकुरीले ४४ घर परिवारलाई एक–एक बोरा चामल, दुई–दुई प्याकेट नुन र तेलका साथै खुर्सानी वितरण गरे। उनले जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदाय साँच्चै समस्यामा रहेको बताए। ‘दशैं आयो, शरिरमा नयाँ लुगा छैन्, छाप्रोमा अन्न छैन्,’ उनले भने, ‘लोपोन्मुख समुदायलाई सहयोगको खाँचो छ।’
अर्को समाचार
मुख्यमन्त्रीज्यू ! पेटभरी खान कहिले दिन्छौँ ?
२३ चैत्र २०८०
•
४ मिनेट पाठ
मुख्यमन्त्रीज्यू ! पेटभरी खान कहिले दिन्छौँ ?
मुख्यमन्त्रीज्यू ! भाँडा वर्तन बनाउनलाई जङ्गलमा काठ काट्न दिँदैनन्। बस्तीमा खानलाई अन्न छैन। हामी राउटे पेटभरी खाएर आनन्दसँग कहिले बस्न पाउने हो? नेपाल युवा परिषद्ले आयोजना गरेको युवासँग मुख्यमन्त्री कार्यक्रममा राउटे युवा दीपक शाहीले फेरि प्रश्न गरे, हामी जाने ठाउँमा बाँदर पाइँदैन, सिकार खान नपाएको पनि धेरै भइसक्यो?




राउटे समुदायका स्पष्ट तीन वटा मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। तर, पछिल्लो समय समुदाय नजिक बस्न थालेपछि भने उनीहरु आफ्ना मान्यतालाई भुल्दै गएका देखिन्छन्। पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय अहिले सरकारले मासिक रुपमा दिने सामाजिक सुरक्षा भत्तामा निर्भर हुन थालेको छ।

सशस्त्र द्वन्द्व देखिनै राउटे समुदायसँग परिचित मुख्यमन्त्री शर्माले राउटे समुदायको छुट्टै गाउँ निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको सुनाए। ‘छुट्टै ठाउँ होस्, सिकार गर्नका लागि छुट्टै जङ्गल होस्, जहाँ बाह्य मानिसहरूको प्रवेश नहोस्, राउटे हेर्नका लागि टिकट काटेर जानुपर्ने होस् हामी त्यस्तो राउटे गाउँ निर्माणको कल्पना गरिरहेका छौँ,’ उनले भने, ‘प्रदेश सरकारले देखेको सपना पूरा भए राउटेले माग्दै हिँड्नुपर्ने छैन, तपाईँलाई हेर्न आउनेहरूले काटेको टिकटबाटै तपाईँहरूको पेट भरिन्छ।’

राउटे समुदाय पछिल्लो समय कर्णालीको सेरोफेरोमा घुमन्ते जीवन बिताउँदै आएको छ। काठका भाँडा वर्तन बनाएर आफ्नो दैनिकी चलाउने यो समुदाय पछिल्लो वन संरक्षणको जिम्मेवारी स्थानीय समुदायले लिएपछि काठ काट्न पाउँदैनन्। २०६४ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउन थालेदेखि भने यो समुदायको नयाँ पुस्ता परम्परागत सिपबाट विमुख हुँदै गएको छ।

मुख्यमन्त्री शर्मा घुमन्ते समुदाय भएकाले राउटे अहिले बस्ने कोरिडोरभित्रै तीन–चार ठाउँमा राउटे समुदायका लागि निश्चित स्थान तोकेर परम्परागत घरहरू निर्माण गरिदिने योजना सुनाउँछन्। ‘जहाँ जङ्गल पनि राउटेकै हुन्छ, त्यहाँभित्रका बाँदर गुनालगायतका जङ्गली जनावर पनि उनीहरूकै हुन्छन्,’ उनले भने, ‘जङ्गलभित्र अहिले उनीहरु बस्ने गरेका परम्परागत घरहरू पनि बनाएर दिन्छौँ।’ उनले राउटेको परम्परागत सिप र संस्कृतिलाई जोगाउँदै उनीहरुलाई शिक्षित बनाउने योजना पनि सरकारको रहेको बताए।

मुख्यमन्त्री शर्माले तत्कालका लागि राउटे समुदायलाई आवश्यक खाद्यान्नको जोहो प्रदेश सरकारले गर्ने बताए। ‘सामाजिक विकास मन्त्रालयका सचिवलाई यहीँ कार्यक्रममार्फत राउटे समुदायको माग अनुसार खाद्यान्न उपलब्ध गराउन निर्देशन दिन्छु,’ उनले भने, ‘राउटे समुदायको संरक्षणमा प्रदेश सरकार पूर्ण प्रतिबद्ध छ।’

युवासँग मुख्यमन्त्री कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाका ४० भन्दा बढी युवाहरुले प्रश्न सोधेका थिए। ती मध्येका एक जाजरकोटका सुरेन्द्र बस्नेतले पहिलो पञ्चवर्षीय योजना कत्तिको सफल भयो भनेर प्रश्न गरेका थिए। उनको प्रश्नको जवाफमा मुख्यमन्त्री शर्माले पहिलो पञ्चपर्षीय योजनाको समीक्षा भइरहेको बताउँदै दोस्रो पञ्चवर्षीय योजनामा डिजिटल कर्णाली बनाउने विषयलाई प्राथमिकतामा राख्ने जानकारी दिए।

सल्यानका गणेश वलीले कर्णाली अर्ग्यानिक कृषि उत्पादन र त्यसको बजारीकरणमा सरकारको नीति के छ? भनेर सोधेका थिए। जवाफमा मुख्यमन्त्री शाहीले कर्णालीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि मूल्यवान् लोगो तयार भएको बताए। उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग भएको सम्झौता अनुसार कर्णालीका सबै स्थानीय तहबाट उत्पादनहरू खरिद गरेर प्याकेजिङ र विक्री–वितरण गर्न लागिएको बताए।

‘कर्णालीको उत्पादनलाई कर्णालीमै प्रशोधन र प्याकेजिङ गर्नका लागि कम्पनीसँग सम्झौता भएको छ, कर्णालीका जिल्लाबाट खरिद गरिएका उत्पादनलाई सुर्खेतमा स्थापना हुन लागेको उद्योगमा प्रशोधन र प्याकेजिङ हुन्छ,’ उनले भने, ‘त्यसपछि मूल्यवान् लोगो राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विक्री–वितरण गछौं।’

मुगुकी सम्झना नेपालीले आफ्नो जिल्लामा उत्पादन हुने कोदो, फापर, जौ लगायतका खाद्य बस्तुहरूको बजारीकरण नहुँदा पशु चौपायाका लागि कुडोका रुपमा प्रयोग भइरहेको बताइन्। जाजरकोटकी विमला बुढाले कर्णालीमा अझै अपाङ्गमैत्री संरचना निर्माण नभएको बताउँदै प्रदेश सरकार यसतर्फ गम्भीर हुनुपर्ने बताइन्। दैलेखका हिक्मत खनालले कर्णालीमा रोजगार नहुँदा लाखौँ युवाहरू काला पहाड र खाडीमा गइरहेको बताउँदै त्यसलाई रोक्ने योजना सरकारसँग के छ? भनेर प्रश्न गरेका थिए।

जवाफमा मुख्यमन्त्री शर्माले कर्णालीको विकास नहुँदासम्म देशको विकास हुन नसक्ने बताए। उनले युवाहरूलाई स्वरोजगार बनाउन आफू मुख्यमन्त्री भएकै दिन हरेक वर्ष १० हजार युवाहरूलाई रोजगार दिने निर्णय गरेपनि त्यसमा आफू सफल हुन नसकेको बताए। ‘१० हजार युवालाई स्वरोजगार बनाउने गरेर निर्णय गरेँ, कार्यान्वयन धेरै जटिल भयो, राज्य प्रक्रियामुखी हुँदा यस्तो भएको हो,’ उनले भने, ‘युवाहरूलाई रोजगार दिनका लागि ३ अरब ६५ करोड छुट्याउन खोजेको थिएँ, अर्थले कानुन बनाउन भन्यो, प्रक्रिया लामो हुँदा काम गर्न सकिएन।’
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस