रौतहट— एक महिनादेखि हराइरहेकी महिलाको शव रौतहटमा फेला परेको छ। भारत सीतामढीको मिर्जापुर ग्राम पञ्चायतका रामअशीस यादवकी २२ वर्षीया छोरी रामदुलारी यादवको शव रौतहटको बागमती किनारमा अवस्थित बाँघघारीमा फेला परेको हो।
रौतहटको मत्सरी ३ स्थित एकान्त बाँसघारीमा महिलाको शव स्थानीयले देखेपछि आइतवार बिहान प्रहरीलाई खबर गरेका थिए। मृतक महिला भारत सीतामढी जिल्लाको मिर्जापुरको भएको प्रहरीले शंका गरेपछि आफन्तसँग सम्पर्क गरेका थिए। मृतक गत असार १ गतेदेखि मिर्जापुरबाट हराइरहेको महिला नै भएको प्रहरीले पुष्टि गरेको छ।
गत महिनादेखि नै हराइरहेकी महिला अचानक मृत अवस्थामा फेला परेपछि अपहरणपछि हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छोरी हराइरहेको भनी उजुरीसमेत गरेको पाइएको छ। नातामा भिनाजु पर्ने सर्लाही खैर्वा गाविस वार्ड नं.९ धुर्वा टोलका २६ वर्षीय कृष्णा यादवले सिनेमा देखाउने प्रलोभनमा पारी सीतामढी लगेको र त्यही दिनदेखि छोरी घर नफर्केको मृतकका पिता रामअशीस यादवले बताएका छन्।
नातामा पर्ने भिनाजुसित सिनेमा हेर्न गएकी रामदुलारी यादवको पेटमा अनैतिक गर्भ रहेकोले गर्भपतन गराउन यादवले दबाब दिँदै आएको बुझिएको छ। मृतक महिलाको शरीरमा विभिन्न ठाउँमा नीलडामहरु देखिएकोले महिलालाई यातनासमेत दिइएको देखिएको छ।
पाँच महिनाको गर्भ तुहाउन झोला छाप डाक्टरको शरणमा परेपछि महिलाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। गर्भपतनको क्रममा अत्यधिक रक्तस्राव भई महिलाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले बताएका छन्।
महिलाको शव बरामद गरी प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याएको र पोस्टमार्टमपछि थप विवरण खुल्ने डिएसपी ढकालले बताएका छन्।
हत्यामा संलग्न रहेको अनुमान गरिएका पीडक यादवसहित सम्पूर्ण परिवार घरमा ताल्चा लगाइए फरार रहेको र तिनीहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले बताएका छन्।
यसैबीच खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। रौतहटको जेठरहिया वार्ड नम्बर २ का मोसाफिर राय यादवको दश वर्षे छोरा अरविन्द राय यादवको आइतवार बिहान गाउँनजिकै रहेको कज्वे निर्वाणको क्रममा माटो झिकेपछि बनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरबाट साथीहरुसँग नुहाउन निस्केको यादव खाल्डोमा हाम फालेपछि निस्कन नसकी मृत्यु भएको प्रहरी चौकी जेठरहियाका प्रहरी सहायक निरीक्षक केशबहादुर दर्जीले बताएका छन् ।