काठमाडौं-चुरे क्षेत्रको विनाश उत्कर्षमा पुगेर तराई मरुभूमीकरण हुने खतरा बढेपछि सरकारले चुरे संरक्षणमा सेना खटाउने तयारी गरेको छ।राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रको संरक्षण गर्दै आएको सेनालाई चुरे क्षेत्रको जिम्मेवारी दिन विभिन्न चरणमा छलफल भइरहेको उच्च सरकारी स्रोतले जानकारी दियो। सरकारले नीतिगत निर्णय भने गरिसकेको छैन। सरकारी तहबाट ‘ग्रिन सिग्नल' पाएपछि सेनाले चुरे क्षेत्रको अध्ययन सुरु गरेको हो।
‘चुरे संरक्षणको जिम्मेवारी सेनालाई दिने विषयमा नीतिगत निर्णय भइसकेको छैन,' वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले मंगलबार नागरिकसँग भने।
प्रधानमन्त्री सुशील कोइराला, वनमन्त्री आचार्यलगायत आधा दर्जनभन्दा बढी मन्त्रीले गत चैत १० गते सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गर्दा पहिलोपटक चुरे क्षेत्रको संरक्षण जिम्मेवारी सेनालाई दिनेबारे छलफल भएको थियो। छलफलमा प्रधानसेनापति गौरवशमशेर राणाले ‘सेना तयार रहेको' जनाउ दिएपछि थप तयारी अघि बढाइएको हो।
स्रोतका अनुसार प्रधानमन्त्रीबाटै चुरे संरक्षणको कुरा आएपछि सेना उत्साही भएर आन्तरिक गृहकार्यमा जुटेको छ। सरकारसँग केही चरणको छलफलपछि सेनाले सम्पूर्ण चुरे क्षेत्रको अध्ययन गर्न आन्तरिक रूपमा समूह बनाएर खटाइसकेको छ।
सैनिक उच्च स्रोतका अनुसार चुरेले कति क्षेत्र ओगटेको छ, कति जिल्लामा फैलिएको छ, विनाशको कारण के हो, कसरी विनाश भइरहेको छ, संरक्षणमा वार्षिक कति खर्च लाग्छ, कति सैनिक परिचालन गर्नुपर्छ जस्ता प्रश्नको जवाफ खोज्न सेना आन्तरिक अध्ययनमा जुटेको छ।
‘चुरे संरक्षणका लागि सरकार तर्फबाट प्रस्ताव आएको छ। कुरा भइराखेको छ,' सैनिक उच्च स्रोतले भन्यो, ‘अहिले हामी चुरे संरक्षण कसरी गर्न सकिन्छ भनेर आन्तरिक अध्ययन गरिरहेका छौं।'
पूर्वमाओवादी लडाकु समायोजन गर्दा गठन गरिएको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयलाई चुरे संरक्षणको जिम्मेवारी सुम्पिने आन्तरिक तयारी सेनाभित्र भइरहेको छ। महानिर्देशनालयभित्र विपद व्यवस्थापन, वन सुरक्षा र विकास निर्माण निर्देशनालय रहेकाले चुरे संरक्षण हेर्ने जिम्मेवारी सोही महानिर्देशनालयलाई दिन उपयुक्त हुने निर्क्योलमा जंगी अड्डा पुगेको सैनिक स्रोतले बतायो।
वन मन्त्रालय स्रोतका अनुसार चुरे क्षेत्र बचाउने सरकारको ‘सफ्ट एप्रोच' ले काम नगरेपछि उक्त जिम्मेवारी सेनालाई दिन गृहकार्य थालिएको हो। ‘चुरे संरक्षणमा सेनाबाहेकका सबै सरकारी निकाय परिचालन भइरहेका छन् तर प्रगति सुन्य छ। सेनालाई उक्त जिम्मेवारी दिनु चुरे संरक्षणको एउटा राम्रो विकल्प हो,' स्रोतले भन्यो।
सेनाले राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र सुरक्षाको जिम्मेवारी ३९ वर्षदेखि हेर्दै आएको छ। २०३२ सालमा चितवन क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि त्यसै वर्षबाट सेनालाई उक्त निकुञ्ज सुरक्षाको जिम्मेवारी दिइएको थियो। त्यसपछि क्रमिक रूपमा हाल १० वटा राष्ट्रिय निकुञ्ज, ३ वन्यजन्तु आरक्ष र ६ वटा संरक्षण क्षेत्र घोषणा भइसकेका छन्। त्यसमध्ये नेपाली सेनाले सात गण र सात गुल्म तैनाथ गरी ९ वटा राष्ट्रिय निकुञ्ज र ३ वन्यजन्तु आरक्षमा ७ हजार ६ सय २७ संख्यामा (१ सय ३८ आउटपोस्ट) फौज तैनाथ गरी वन पैदावर एवं दुर्लभ वन्यजन्तुको सुरक्षा गर्दै आएको छ।
निकुञ्ज र संरक्षण क्षेत्रको सुरक्षा व्यवस्था राम्रो रहेको भन्दै सेना बर्सेनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै आएको छ।
नेपालको नक्सामा चुरे पर्वत शृंखलाले १२.६ प्रतिशत क्षेत्रफल ओगट्छ, जहाँ सरकार वा प्रहरी–प्रशासनको कुनै अस्तित्व छैन। त्यहाँको शासक भन्नु नै ढुंगागिट्टी र बालुवा माफिया हो। ३४ जिल्लाका झन्डै १५ लाख ४७ हजार हेक्टर क्षेत्रफल पर्ने सबभन्दा कमलो पर्वत शृंखला चुरे र त्यसको फेद ढुंगागिट्टी व्यापारीको कब्जामा छ। एक करोड ३४ लाख तराईबासीको जीवनको मुख्य आधार चुरे यसको अनियमित दोहनका कारण संकटमा रहेको विभिन्न अध्ययनले देखाएको छ।
यस्तो अवस्थामा पनि चुरे संरक्षणका नाममा भएका अधिकांश कार्यक्रम उपलब्धिविहीन रहँदै आएको छ। संरक्षणको प्राथमिकतामा परेका जिल्लामै चुरे र चुरेफेद अतिक्रमण गरेर बस्ती बसेका छन्। राष्ट्रिय वन र चुरेबाट निस्किएका नदीखोला क्रसर उद्योगले ध्वस्त पारेका छन्। क्रसरहरू नदीखोलाका ढुंगागिट्टी खोस्रँदै चुरेफेदसम्मै पुगिसके।
सरकारले चुरे क्षेत्रबाट एक किमि, राजमार्ग, खोलानदी किनार र पक्की पुलबाट ५ सय मिटर, हाइटेन्सन लाइनबाट १ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, साँस्कृतिक, पुरातात्र्िवक महत्र्वका स्थान, सुरक्षा निकाय, वन निकुञ्ज र आरक्ष तथा घना बस्तीबाट दुई किमिभित्र क्रसर सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ। तर, देशभर सञ्चालित क्रसर उद्योग चुरे, चुरेफेद, मध्यवर्ती क्षेत्र, नदीखोला किनार तथा वनजंगल नजिकै छन्। तिनले चुरेबाटै ढुंगागिट्टी ओसार्नुका साथै नदीखोलामै एक्स्काभेटर चलाइरहेका छन्। यसले नदीको सतह भासिएर चुरे बहने क्रम बढेको छ। नदीका तटबन्धसमेत काटिएका छन्।
सरकारी तथ्यांकअनुसार चुरे क्षेत्र पर्ने ३४ जिल्लाको ८९ हजार ४९ हेक्टर वन अतिक्रमण भएको छ। यसमध्ये वन प्रशासनले २०६९/७० मा ३ सय ९४ हेक्टर अतिक्रमण मात्र हटाएको छ।
संसदको प्राकृतिक स्रोतसाधन समितिले २०६६ मा चुरेभावर लगायतका ढुंगा, गिट्टी, बालुवा उत्खनन र निकासी अध्ययनसम्बन्धी प्रतिवेदन तथा २०६७ मा वन संरक्षण समस्या अध्ययन प्रतिवेदन तयार पारेको थियो। त्यसै आधारमा सरोकारवाला मन्त्रालयलाई तीन, छ र एक वर्षभित्र गर्नुपर्ने सुझाव र निर्देशनसमेत दिइएको थियो। झन्डै चार वर्ष बितिसक्दा पनि कुनै कार्यान्वयन भएका छैनन्। यसबीच चुरे दोहन हुनेगरी दर्जनभन्दा बढी नियमकानुन मिचेर ढुंगागिट्टी उत्खनन गर्ने व्यवसायीलाई समेत छुट दिने निर्णय गरिएको थियो।