१४ सय वर्ष पुरानो संरचना मासेर घर
२५ वैशाख २०७१
•
५ मिनेट पाठ
१४ सय वर्ष पुरानो संरचना मासेर घर
काठमाडौं–लिच्छविकालीन इतिहास जनाउने प्रमाण फेला पारिएको काठमाडौं जिल्ला उत्तरी क्षेत्रको महांकालमा स्थानीय एक व्यक्तिले घर बनाइदिएका छन्। ऐतिहासिक क्षेत्रमा कतिपय पुराना इँटाले बनेका संरचना रहेको थाहा हुँदाहुँदै पनि पुरातात्विक क्षेत्र नासिन गएको हो।
२०४६ सालमा घर बनाउने क्रममा भेटिएको सो १४ सय वर्ष पुरानो (१७ औं शताब्दी) लिच्छवि लिपिका आधारमा सो क्षेत्रमा विहार रहेको देखाउँछ। नेवारी भाषामा लेखिएको लिपिमा सो समयमा बालुवाखानीको नाम ‘अहिंदुकोट्ट' ग्राम रहेको पनि उत्खननमा संलग्नहरुले बताएका थिए।

‘हामीले उत्खननबाट प्राप्त आधारलाई हेरेर सो क्षेत्र विशेष किसिमले संरक्षण गर्नुपर्ने भनेका थियौं,' पुरातत्वविद तथा अध्ययनमा संलग्न प्रकाश दर्नालले भने, ‘तर अहिले घर बनाउने कामले इतिहास मास्ने काम भएको छ।' पुरातत्व विभागले भवन बनाउनबाट रोक्नुपर्ने भने पनि अटेर गर्दै भवन बनाइरहेको गाविस सचिव केशव पन्तले नागरिकलाई जानकारी दिए। ‘चैत ११ गते घर बनाउन रोक्का चिठीसाथ पुगेका थियौं,' उनले भने। घर मालिकले ‘पछि जे परे पनि बेहोर्ने' भन्दै अस्वीकार गरेको उनले जनाए।

उनका अनुसार हाल पहिलो तलाको ढलानको काम भइरहेको छ। ‘हामीलाई विभागले चैत ९ गते अध्ययन अनुसन्धान बाँकी रहेकाले निर्माण रोक्न पत्र पठायो,' उनले भने। उनले जिल्ला प्रशासन कार्यालयलाई पनि खबर गरिसकेको जानकारी दिए।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले निर्माण रोक्नुपर्ने बताए। ‘पुरातात्विक स्थलमा निजी भए पनि घर लगायतका संरचना बनाउन पाइँदैन,' उनले भने।

गाविस सचिव पन्तले तीन महिनादेखि घर बनाउने काम भइरहेको बताए। ‘घर बनिरहेको रहेछ, स्थानीयले हामीलाई खबर गरेपछि मात्र थाहा पायौं,' उनले भने, ‘पुरातत्व विभागले गाविसलाई अहिले मात्र खबर गरेको छ।' उत्खननपूर्व वा पछि गाविसलाई विभागले जानकारी गराएको भए भवन निर्माण रोकिन सक्ने उनले जानकारी दिए।

जग्गाधनी याङदी शेर्पाले २०६९ पुस २५ गते जग्गा अरुबाटै खरिद गरेको सचिव पन्तले जानकारी दिए। गाविसमा रहेको लालपुर्जा अनुसार जग्गा शेर्पाको रहेको पन्तले बताए। ‘हामीलाई झुक्याएर नक्सा पास गरेर घर बनायो,' उनले भने।

सो क्षेत्रको करिब डेढ रोपनी जग्गामा विहारका संरचनाको खोजी भइरहेको दर्नालले नागरिकलाई बताए। उत्तरपट्टिको क्षेत्रमा इँटाको पर्खाल जमिनभन्दा १.०४ मिटर गहिराइमा देखिएको उनले जानकारी दिए।

‘शिलालेखमा उल्लेख भएअनुसार यहाँ विहार रहेको थियो भन्ने कुराका केही आधार आउँदैछन्,' उत्खननमा प्रत्यक्ष संलग्न दर्नालले भने, ‘तर अझै राम्रोसँग काम सकिएको छैन।' असारमा उनीसँगैको टोलीले त्यहाँ एकहप्ते उत्खनन गरेको थियो।

हाल उत्खनन गरिएभन्दा बाहिरी भागको ३० रोपनीभन्दा ठूलो जग्गामा पनि यस्ता संरचना भेटिने गरेको स्थानीय बताउँछन्। यसको प्रायजसो क्षेत्रमा खोतीपाती गरिँदै आए पनि कतिपय खेतमा कुना र छेउमा इँटाका संरचना खुल्लमखुल्ला देखिन्छन्।

दर्नालका अनुसार शिलालेख भेटिएकै समयमा भेटिएको चैत्यले पनि त्यहाँ विहार रहेको हुनुपर्छ भन्ने देखाउँछ। ‘त्यसबाहेक बुद्धमूर्ति थुप्रै भेटिनुले पनि यसलाई केही प्रस्ट्याउँछ,' उनले भने, ‘लेखिएको र केही प्रमाणका आधारमा उत्खनन गर्न लागेका हौं।'

बालुवा गाविस वडा ७ मा रहेको लिच्छविकालीन राजा अंशुवर्माले लेखेको शिलापत्रसमेत रहेको सो क्षेत्रमा थुप्रै संरचना रहेको लेखिएको पुरातत्वविद बताउँछन्।



अर्को समाचार
विहार बचाउन १५ हजारको हस्ताक्षर
१९ साउन २०७६
•
२ मिनेट पाठ
विहार बचाउन १५ हजारको हस्ताक्षर
काठमाडौं – असनस्थित करीब ६ सय वर्ष पुरानो कोथुननी विहार नभत्काउन माग गर्दै १५ हजार स्थानीयवासीको हस्ताक्षर संकलन गरिएको छ। गुठी संस्थानले विहार भत्काएर भवन बनाउन खोजेपछि स्थानीयवासीलगायत गुठियार आन्दोलित छन्। हस्ताक्षर संकलन समापन कार्यक्रमका अवसरमा सांसद भीमसेनदास प्रधानले मन्दिर, विहारजस्ता धार्मिक संरचना मासेर घर, भवनलगायत संरचना बनाउने काम बढ्न थालेकाले सम्पदा संरक्षणका लागि स्थानीयवासी लाग्नुपर्नेमा जोड दिए।




‘इण्डोनेसियाको बालीमा रहेका हिन्दू मन्दिरकै कारण वार्षिक लाखौं पर्यटक घुम्न जाँदा रहेछन्। हिन्दू मन्दिरको त्यहाँ संरक्षण भएको छ। मन्दिरै मन्दिरको शहर काठमाडौंका मन्दिर, विहारजस्ता सांस्कृतिक सम्पदा मास्न खोजिँदैछ। यसलाई रोकेर पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्छ,’ उनले भने।

कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त मानन्धर, अभियानकर्मी उमेश स्थापित, असन कोथुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीलगायतले भदौ ११ गते असनमा जम्मा भई जुलुससहित संकलित हस्ताक्षर गुठी संस्थानमा बुझाइने बताए। हस्ताक्षर काठमाडौं महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत बुझाइनेछ। संस्थानले विहार भत्काई भवन बनाउन ठेक्का लगाएपछि स्थानीयवासी आन्दोलित भएका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस