कालापानी क्षेत्रका युवक आफ्नै सदरमुकाम जाँदा तुईन चुडालिएर नदीमा बिलाए
१६ साउन २०७८
•
३ मिनेट पाठ
कालापानी क्षेत्रका युवक आफ्नै सदरमुकाम जाँदा तुईन चुडालिएर नदीमा बिलाए
यसअघिको धेरै निर्वाचनमा सबै राजनीतिक दलका नेताका मुख्य ऐजेण्डा दार्चुला जिल्लामा तुईन बिस्थापित गर्ने हुन्थे। सबैतिर तुईन बिस्थापित गरेर झोलुंगे पुल बनाउने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आकर्षक मुद्दा थियो। नेपालमा राष्ट्रियताको हट केक मुद्दा बनेको दार्चुलाको कालापनी क्षेत्र सधै राजनीतिक चर्चाको केन्द्र मात्र बनेन् यसको साहारामा धेरैले आफ्नो राष्ट्रवादी छवी बनाए। 




कालापानी क्षेत्रका व्यास गाउँपालिका बासिन्दाले आफ्नै जिल्लाको सदरमुकाम ओहोरदोहोर गर्ने बाटो बनाउन कयौ अनुनय र बिनय गरे तर सुनवाई भएन। भारतले कालापानीको भूभाग हुँदै सडक काटेर उद्घाटन गरेको कुराले विवाद भएपछि कालापानी क्षेत्रको विषय राष्ट्रिय सर्वाधिक चासोको विषय बन्यो। त्यतिबेला सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकारले विवादित कालापानी क्षेत्रमा बसेका व्यास गाउँपालिकाको बासिन्दालाई आफ्नै देशबाट सदरमुकाम पुगाउने बाटो र सडक निर्माण गर्ने घोषणा गरे र पंचायत कालमा बनाइएको बाटो भत्केपछि व्यास गाउँपालिकाका बासिन्दा सदरमुकाम पुग्न पनि भारत पक्षको अनुमति लिएर भारतको बाटो हुँदै सदरमुकाम खलंगा जान्थे र घर फर्कन पनि भारतकै बाटो भएर घर जान्थे। अन्य विकल्प थिएन।

एससवीले भनेको नमान्दा धामी नदीमा बिलाए

दार्चुला व्यास गाउँपालिका २ माल गाउँका ३३ वर्षीय जय सिंह धामीलाई आफ्नो जिल्लाको सदरमुकाम खलंगा जानु पर्ने थियो। उनीसँग आफ्नो देशको भूभाग भएर जिल्ला सदरमुकाम पुग्ने अन्य कुनै विकल्प थिएन। महाकाली नदीको तुईन तरेर भारतको बाटो हुँदै दार्चुला सदरमुकाम पुगिन्थ्यो। उनी तुईन चढेर महाकाली नदी तर्न सुरु गरे। नदीको अर्को किनारतिर अर्थात भारत तिर छेउमा भारतीय प्रहरी एसएसवीका जवान थिए। 

भारतीय एसएसवीका प्रहरीले तुईन तरेर नदी पार नगर्न चेतवानी दिएको प्रत्यक्षदर्शी कल्याण सिंह धामीले बताए। ती युवक तुईन चढेर नदी पार गर्न खोज्दा तुईन चुडिएर उनी बर्षातको भेल उर्लिरहेको महाकाली नदीमा बिलाए। भारतीय एसएसवीका जवानले तुईन काटीदिएकाले युवक नदीमा खसेको स्थानीयको आरोप छ। 

दार्चुलामा कार्यरत शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र वमले एसएसवीका जवानले तुईनमा चढेर नआउन चेतावनी दिएको प्रत्यक्षदर्शीबाट बुझिएपनि तुईन आफै चुडिएको वा काटिएको भन्ने थाह हुन नसकेको बताए। उर्लदो भेलको महाकाली नदीमा तुईन काटेर कसैलाई खसाल्ने कुरा कल्पना गर्न नसकिने उनले बताए। सीमा विवाद भएको क्षेत्रका युवकलाई तुईन काटेर हत्या गरेको भन्दै घटनाको गंभीर रुपमा छानबिन हुनुपर्ने स्थानीयको माग छ।

मालघाटमा महाकाली नदी तरेर भारतको बाटो हुँदै दार्चला सदरमुकाम खलंगा जान जय सिहं धामी तुईनको सहारा लिए। झोलुंगो पुल र पक्की पुल नभएको सीमा नदी महाकाली तर्ने एउटा मात्र विकल्प तुईनको सहारा हो। तुईन बिस्थापित गरेर झोलुंगे र पक्की पुल बनाउने घोषणा गरिएपनि दार्चुलावासीको नियति तुईको सहारा मात्र छैन। दुई देशको सीमा विवादको सबैभन्दा बढी तनाव, समस्या र जोखिम व्यास क्षेत्रका बासिन्दाले भोग्दै आएका छन्। 

कालापानी क्षेत्रको मुद्दालाई सत्ता हत्याउने दाउ बनाउने राजनीतिक दलका नेता र सरकार संचालन गर्नेहरुले व्यास क्षेत्रका बासिन्दालाई भारतको निर्भर नपरी आफ्नै भूमिमा बाच्न पाउने आधार बनाउन ध्यान नदिएको उनीहरुको गुनासो छ।

तर बिहीबार महाकाली तरेर भारतको बाटो हुँदै सदरमुकाम जान लागेका धामी तुईन चुडिएर नदीमा बेपत्ता भए।

दार्चुला जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले महाकाली नदी तरेर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जाने क्रममा तुईन चुडिएर नदीमा युवक धामी बेपत्ता भएको बताईन्। बेपत्ता भएका धामी अझै फेला परेका छैनन्।
अर्को समाचार
कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर
२० साउन २०७७
•
२ मिनेट पाठ
कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर
फाइल तस्वीर
भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ।  




सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्। “विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए”, व्यास–२ का मुकेश बुढाथोकीले भने, “अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन्। भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा गत असार महिनामा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौज समेत गरेका थिए।”  

नेपाल सरकारले घाटिबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ।  भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए। नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै  आएको छ।  

भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफ्नो क्षेत्रमा लगेर बाटो खनेको छ। नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन। स्थानीयवासी जहेन्द्र धामी भन्छन्, “ ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने। नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ।”

नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ। अहिले गुञ्जीदेखि कालापानी, नावीढाङ्गसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन्।  

व्यासका भन्छन्, “भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ।” भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ। नेपालले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ भने कालापानी नजीकैका कौवा र तिङ्करमा समेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गर्दैछ।  

नेपाली सेना घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ। व्यासको छाङ्गरुमै नेपाली सैनिकलाई राख्ने प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत समेत गएको छ। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, “व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ। हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ।”
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस