खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे ४ का रामराजा सिंह रहेका छन्।दुर्घटनामा परी घाइते भएका धिमे ८ का अनारकली रोकाया, उनका छोराहरु लोकेन्द्र र किरण तथा खलङ्गा ५ का कौशला विकलाई अस्पताल लैजाँदै गरिएको जाजरकोट का प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए। जीप खलङ्गाबाट पञ्चकञ्या जाँदै थियो।
अर्को समाचार
जीप दुर्घटनामा दुईको मृत्यु
अर्को समाचार
जीप दुर्घटनामा दुईको मृत्यु
टेकनारायण भट्टराई, पाल्पा, कात्तिक १ - पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दर्लमडाँडा-९ गेजा ठाँटीमा बुधबार बिहान लु १ ज २१६९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। गेजाबाट तानसेन तर्फ आउँदै गर्दा १८ यात्रु सवार जीप सडकबाट तल खसेको हो।
७ जना गम्भीर घाइतेलाई तानसेन मिसन अस्पतालमा भर्ना गरिएको छ। केही यात्रु जिपले च्यापिएका र उनीहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
७ जना गम्भीर घाइतेलाई तानसेन मिसन अस्पतालमा भर्ना गरिएको छ। केही यात्रु जिपले च्यापिएका र उनीहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
ट्रेन्डिङ