दुई साता नबित्दै फेरि भत्कियो शिवाई पुल
०३ साउन २०७८
•
४ मिनेट पाठ
दुई साता नबित्दै फेरि भत्कियो शिवाई पुल
शनिबारको बाढीले भाँचेको शिवाईस्थित त्रियुगा पुल। तस्बिर: महेश्वर/नागरिक
झण्डै १२ वर्ष लगाएर बन्न लागेका बेला दुई साताअघि बाढीले भाँचेको उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईस्थित त्रियुगा नदीमा निर्मित पक्की मोटरेबल पुलका थप २ पिल्लर शनिबारको बाढीले भाँचेको छ। शनिबार विहानदेखिको मुसलधारे वर्षापछि आएको बाढीले शिवाई र बेल्हा जोड्ने पुलको थप २ वटा पिल्लर र ३ सल्याप पानीको सतहमा मिलाई दिएको छ।




दुईसाताअघि असार २० गते बाढीले एउटा पिल्लर बंग्याउँदा दुईवटा स्ल्याब भाँचेको थियो। निर्माण नसक्दै भत्केको पुलको अध्ययन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको विज्ञ प्रााविधिक टोली आएर छानविन गरी फर्किएको भोलिपल्टै पुनः पुल बाढीले भत्काएको हो। डिभिजन सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका सिनियर डिभिजन ईन्जिनियर, पुल महाशाखा सिनियर डिभिजनल ईन्जिनियर र पुल सेक्टर १ धरानका ईन्जिनियरसहितको टोलीले स्थलगत अध्ययन गरेर फर्केलगत्तै पुल पुनः भत्केको हो। टोलीको अध्ययन प्रतिवेदन सार्वजनिक नहुँदै पुल थप भाँचिएपछि यो पुलको औचित्य लगभग समाप्त भएको स्थानीयको अनुमान छ।  

शनिबार थप २ पिल्लर र ३ स्ल्याब खसेपछि पुल काम नलाग्ने अवस्थामा पुगेकाले पुल मर्मतभन्दा पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको स्थानीयको भनाई छ। गाईघाट दिक्तेल सडक आयोजनाको रेखदेखमा निर्माण भईरहेको पुल यही असारभित्र सक्नेगरी काम भईरहेको थियो। निर्माणको अन्तिम चरणमा पुगेर उद्घाटनको तिथिमिति तय भईरहँदा पुल भत्केपछि मर्मत गर्न गठित विज्ञ टोली स्थलगत अध्ययन गरेर शुक्रबार मात्र फर्केको बताइएको छ।  

११ स्पानको २ सय ८० मिटर लामो र साढे ५ मिटर चौडाईको पुलमा १२ पिल्लर र ११ वटा स्ल्याब रहेका थिए। जसमध्ये २ पटकमा बाढीले ३ पिल्ल र ५ स्ल्याब भाँचेपटि अव पुल लगभग मर्मत गर्दा पनि काम नलाग्ने अवस्थामा पुगेको अनुमान प्राविधिकहरुले गरेका छन्। सुरुमा ९ करोड ७६ लाख रुपंैया लागत इस्टिमेट रहेको पुल समयमा काम नसकिएपछि मूल्य समायोजन गर्दै लाँदा ११ करोड २७ लाख पुगेको गाईघाट दिक्तल आयोजना कार्यालय प्रमुख गोपाल खकुरेलले बताए।  

निरन्तर बाढीकाले प्रवाहले सुरुमा एउटा पिल्लर बंग्याएर दुईवटा स्ल्याब भाँचिएका थिए। तर, पछिल्लो बाढीले अरु पिल्लर बंग्याएपछि पुल मर्मत गर्न मिल्छ कि मिल्दैन भन्ने अध्ययन गनुपर्ने खकुरेलले बताए। ३ वर्षभित्र बनाईसकेर हस्तान्तरण गर्नेगरी २०६७ मा पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कलंकीले थालेको थियो। डिजाइन र माटो परीक्षण बालाजु काठमाडौं स्वाइल कन्सल्टेन्सीले गरेको पुलको काम कच्ची र गुणस्तरहीन सामग्रीको प्रयोग भएर हो या अन्य कारण भन्ने विषयमा अध्ययनपछि मात्र भन्न सकिने खकुरेलले जनाएका छन्।  

निर्माण कम्पनीले हस्तान्तरण गरेपनि निश्चित अवधिभित्र पुल बिग्रे भत्केमा मर्मत गर्ने जिम्मा ठेकेदारकै हुने प्रावधान छ। तर, यो पुिल हस्तान्तरण गर्नुअघि नै पुल भाँचिएपछि कमजोरी देखिएकाले त्यसको अध्ययन गर्न सडक बिभागले विज्ञ प्राविधिक टोली गठन गरेर अध्ययन थाल्ने तयारी भईरहदा अर्को पटक भाँचिएपछि थप अध्ययन गर्नुपर्ने खकुरेलले बताए। पुल निर्माणमा लापरबाही गरेको भन्दै निर्माण कम्पनी महालक्ष्मी÷लोकप्रिय जेभीलाई करिब १ करोड जरिवाना यसअघि नै तिराईसकेको पनि बताइएको छ।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले धेरै लामो समयपछि निर्माणको अन्तिम चरणमा पुगेको पुल भत्कनुले नगरबासीलाई अझै ५–७ वर्ष डुंगाको सहारा लिनुपर्ने बाध्यता लम्बिएको बताए। उनका अनुसार शिवाईमा पुल नभएका कारण हरेक वर्षायाममा नगरपालिका केन्द्र बेलटार आउजाउ गर्न ५ नं. वडाबासीलाई डुंगा चढ्नुपर्ने बाध्यता छ। पुल नहुँदा वर्षेनी शिवाई र ज्यामिरेमा डुंगा चलाएर नदी वारपार गर्नुपर्ने बाध्यता रहेकाले शिवाईको पुल छिटो बनाउन ताकेदा गर्दै आएको मेयर राईले बताए। तर, बनिसक्दै लागेको पुल पनि बाढीले भत्काएपछि शिवाईमा स्थानीयको पीडा जस्ताको तस्तै भएको छ। वडा नं. ९ र १० लाई जोड्ने ज्यामिरेमा पनि डुंगाको सहाराले नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्न तत्काल पुल बनाउनुपर्ने माग मेयर राईले गरेका छन्।  

बरुवा पुल पनि भत्काउने जोखिम

शनिबारकै बाढीले सदरमुकाम गाईघाटदेखि साउने जोड्ने बरुवा खोलाको पुलमा पनि क्षति पुगेको छ। बरुवा खोलाको बाढीले गाईघाट दिक्तेल सडक खण्डको बोक्से–चप्पन जोड्ने पक्की पुलको बाँयापटिको तारजाली लगाइएको भागमा क्षति गरेको प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताएका छन्।  

उनका अनुसार बाढीले पुल छेउमा लगाइएको तारजालीसहितको बाँधमा क्षति पुगेको छ। बाढीले क्षति गरेको जानकारी आएलगत्तै जेसिबीसहित गएको टोलीले शनिबार साँझै रोकथामको प्रयास थालेको उनले बताए। समयमै रोकथाम नगरे पुलमासमेत क्षति पुग्ने जोखिम रहेको एसपी बोहराले बताए।    

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले पुलको छेउमा केही तारजाली भरेको ठाउँमा बाढीले क्षति गरेको जानकारी आएपछि मर्मतका लागि नरपालिका र सरोकारवाला निकायलाई अनुरोध गरेको बताए। उनले हाल क्षति सानै छ तर, पनि वर्षा निरन्तर भईरहे ठूलो समस्यामा परिणत हुनसक्ने देखिएकाले प्रहरी, सशस्त्र र नगरपालिकासँग साझेदारी गरेर तत्काल मर्मतको पहल थालिने बताए। संभावित बिपत्तीबाट बँच्न जिल्ला बिपत व्यवस्थापन समितिले उद्धार टोली तैनाथ राखेको पनि सिडिओ सेंढाईले बताएका छन्। 
अर्को समाचार
शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने
२४ फागुन २०८०
•
४ मिनेट पाठ
शिवाई पुल भत्केको ठाउँमा अस्थायी संरचना बनाइने
भत्केको २ वर्षसम्म पुन: निर्माण या मर्मत भन्ने टुंगो नलाग्दा अलपत्र परेको शिवाई पुल। तस्बिर : महेश्वर
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ। सम्पन्न हुनै लाग्दा बाढीका कारण भत्किएको पुलको मर्मत नभएपछि अस्थायी संरचना बनाउन लागिएको हो।




चौदण्डीगढीको बाक्लो बस्ती रहेको ५ नं वडाका शिवाई, बेल्हा र आसपासका ९ र १० वडाका हडिया र जोगीदहबासी आउजाउ गर्ने पुल अलपत्र परेका कारण नगरपालिकाले त्यहाँ अस्थायी संरचना बनाउन लागेको हो।

झन्डै डेढ दशकदेखि निर्माणाधीन पुल कछुवा गतिमा काम गर्दै सकिन लाग्दा ०७८ असारको बाढीले भत्काएको थियो। बाढीले एउटा फाउन्डेसन पिल्लर भत्काएपछि २ स्पान भाँचिएको १५ दिनपछि फेरि बाढीले अर्को पिल्लर पनि भत्काएर ३ स्पान भाँचिएको छ। तर पुल भत्केको यतिका दिन बितिसक्दा पनि पुल पुनर्निर्माण या मर्मत के गर्ने भन्ने टुंगो लागेको छैन।

३ वडाबासी स्थानीयलाई नगरपालिका केन्द्र बेलटार बजार आउजाउ गर्न सो नाका महत्वपूर्ण रहेको ठाउँमा ०६६ देखि १२ स्पानको पक्की पुल निर्माण थालिएको थियो, तर विभिन्न कारण देखाउँदै ढिला काम गरेको ठकेदारलाई चारतिरको दबाबपछि काम सुचारु गरेर सक्नै लाग्दा ०७८ असारमा बाढीले भत्काएको थियो।

भत्किएपछि पुलको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी फर्केको भोलिपल्टै बाढीले अर्को पिल्लर पनि भत्कायो। अर्को प्राविधिक टोलीले पुल पुनर्निर्माण या मर्मत गर्ने भन्ने मन्त्रालयमा टुंग्याउन प्रतिवेदन बुझाए पनि अहिलेसम्म काम हुन नसक्दा आउँदो बर्खामा आउजाउमा ठूलो समस्या आउने छ।

वर्षौंदेखि पुलको आसपासमा रहेका स्थानीयलाई पुल बन्ने टुंगो नलागेपछि बर्खामा सहज बनाउन अस्थायी पुल निर्माण गर्ने तयारी गरेको नगर प्रमुख कालुमान लामाले बताए।

त्यसका लागि आवश्यक कदम चाल्न सबै पक्षसँग प्रारम्भिक छलफल थालेको बताउँदै उनले तत्काल पुल बन्ने नदेखिएकाले आवश्यकता टार्न अस्थायी संरचना बनाउन छलफल थालेको बताए। पूर्व मेयर खगेन्द्र राई, वडाध्यक्ष, स्थानीय राजनीतिक दल र नागरिक अगुवासँग छलफल गरेर अस्थायी पुल निर्माण गर्ने टुंगोमा पुग्न लागेको उनको भनाइ छ।  

छलफलमा सहभागीहरुको सुझावअनुसार अस्थायी पुल बनाएर आउँदो बर्खाको कहर टार्ने प्रतिबद्धता मेयर लामाले जनाएको बताइएको छ। पुल नहुँदा बर्खामा ५, ९ र १० नं वडावासी स्थानीय जोखिम मोलेर डुंगामार्फत नदी तर्नुपर्ने बाध्यतामा छन्। भत्केको पुलआसपासमै फलामे अस्थायी पुल बनाएरै भए पनि आउँदो बर्खाको कहर टार्न नगरपालिकाले प्राविधिक टोली खटाएर प्रक्रिया अघि बढाउने वाचा पनि मेयर लामाले दिएका छन्।

पुल हतपत बनिहाल्ने छेकछन्दै नदेखिएकाले तत्काल कामचलाउकै लागि पनि त्यहाँ अस्थायी संरचना बनाउनुपर्ने निष्कर्ष छलफलले निकालेअनुसार नगरपालिका अघि बढ्न लागेको हो। छलफलको निगकर्ष प्रदेश र संघीय सरकारलाई जानकारी गराउँदै भविष्यमा हुन सक्ने कानुनी अप्ठ्यारा सहज पार्न तत्काल शिवाई–बेल्हा जोड्ने अस्थायी संरचना निर्माण गर्ने निर्णय भएको छ।

मेयर लामाले संघीय सरकारले पुल बनाउन नसक्ने भनेर लिखित जानकारी स्थानीय सरकारलाई दिए नगरपालिको क्षमताले भ्याएसम्म आफैं बनाउने पनि बताएका छन्।

नगर प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रकाश राउत, वडाध्यक्ष तुलसीराम ढकाल, लुङ्गराज राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमालेका कार्यवाहक नगर अध्यक्ष कृष्ण खत्री, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश वायुङ्ग राई, रास्वपाका नगर सभापति रमेश विष्ट, राप्रपाका नगर अध्यक्ष रामकुमार खत्रीलगायतको उपस्थिति थियो।

छलफलमा नगर प्रमुख कालुमान लामाले नगरपालिकाले विभिन्न मन्त्रालयमा यसअघि पेस गरेका योजनाका बारेमा ब्रिफिङ गर्दै उक्त सबै योजना संघीय सरकारबाट प्राप्त गर्न सबैले साथ सहयोग दिन आग्रह गरेका थिए।

पहाडी जिल्ला खोटाङ र भोजपुरलाई उदयपुर हुँदै तराई जिल्लाका सहर बजारलाई प्रत्यक्ष जोड्ने उद्देश्यले निर्माणाधीन पुल निर्माण भएमा चौदण्डीगढीलाई मात्र नभएर सिंगो जिल्लाबासी लाभान्वित हुनेछन्। त्यहाँ पुल नबन्दा नगरपालिका केन्द्र आउजाउ गर्न तथा वर्षायाममा बिरामीलाई उपचारार्थ अस्पताल जान समस्या हुने गरको छ। खासगरी सर्पले डसेका बिरामीको समयमा उपचार गर्न नसक्दा ज्यान गुमाउनुपर्ने बाध्यता स्थानीयलाई छ।  

महालक्ष्मी–लोकप्रिय कन्स्ट्रक्सन जेभी काठमाडौंले लिएको ठेक्का समयमा काम नभएपछि चौतर्फी दबाबका कारण सकिन लागेको थियो। ३ सय ७ मिटर लामो र ५ मिटर चौडा पुल सकेर उद्घाटन मितिसमेत तोकिसकेको बेला भत्किएको हो। पुल भत्कनुमा माटो परीक्षणमा कमजोरी भएको तथा गुणस्तरीय काम नभएको निष्कर्ष प्राविधिकले निकालेको छ। पुल निर्माणस्थलको माटो परीक्षण बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौँले गरेको जनाइएको छ।

पुल निर्माणको रेखदेख गर्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) सञ्जीवकुमार मिश्रले सकिनै लाग्दा बाढीले भत्काएर अलपत्र परेको पुल पूरा गर्न पटकपटक मन्त्रालयलाई आग्रह गर्दै आएको बताए। त्यहाँको वस्तुस्थितिअनुसार कार्यालयको तर्फबाट पुल छिटो बनाइसक्न विभाग र मन्त्रालयसँग आवश्यक बजेट माग गरिरहेको पनि डिई मिश्रले बताए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस