फेरि भारत फर्किँदै नेपाली मजदुर
२५ असार २०७८
•
३ मिनेट पाठ
फेरि भारत फर्किँदै नेपाली मजदुर
भारतमा निषेधाज्ञाका कारण दुई महिनाअघि स्वदेश फिरेका नेपाली पुनः भारत फर्केका छन् । स्वदेशमा रोजगारी नभएको भन्दै गौरीफन्टा र बनबासा नाकाबाट दैनिक हजारौं नेपाली भारत फर्कन थालेका हुन्। कोरोना कहरले मुम्बईमा रोजगारी गुमेपछि दुई महिनाअघि स्वदेश फर्केकाहरू नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै पुनः भारत फर्कन थालेका हुन्।  




मुम्बईमा कोरोनाका कारण रोजगारी गुमेपछि वैशाख पहिलो साता भारतबाट नेपाल आएको बताउँदै डडेल्धुराका अनिल नेपालीले भने, ‘वैशाखमा आएको हुँ, आज फेरि फर्कंदै छु।’ स्वदेशमै रोजगारी नहुँदा घरपरिवार छोडेर भारत फर्कनु परेको उनले दुःखेसो पोखे। ‘गाउँमा रोपाइँ सकेर फुर्सदिलो भएको थिएँ,’ उनले भने, ‘सीमामा आउजाउ गर्न दिन थालेको सुनेपछि फेरि झोला बोकेर जाँदै छु मुम्बई।’ खेतीपाती सकेर दसैंसम्मका लागि भारत जान लागेको बताउँदै कञ्चनपुरका रमेश रावतले भने, ‘स्वदेशमा केही छैन, खाली बस्नुभन्दा दुई महिना भए पनि भारत जाऊँ भनेर हिँड्दै छु।’ 

कोभिड –१९ पछि पटकपटक स्वदेश फिर्ता हुने र पुनः भारत फर्कने क्रम चलिरहेको बताउँदै उनले भने, ‘कोरोनाका कारण स्वदेश फर्कन्छौं, माहोल शान्त हुन्छ, पुनः भारत जान्छौं फेरि उस्तै हुन्छ स्वदेश फर्कन्छौ, यही क्रम चलिरहेको छ।’ भारत आउजाउमै समय र पैसा खेर गइरहेको भन्दै चिन्तित उनले भने, ‘स्वदेशमै सानोतिनो काम मिलेको भए भारत जाने रहर थिएन।’  

कोरोनाको सुरुको भेरियन्ट आएको बेला अघिल्लो चैतमा भारतको जागिर छोडेर स्वदेश फर्केका उनी स्वदेशमा ९ महिने बसाइपछि गत मंसिरमा पुनः भारतको मुम्बई हानिएका थिए । मुम्बईमा भनेको समयमा जागिर नपाएका उनी केही दिन भौंतारिए जागिर खोज्दै । अन्ततः एउटा होटेलमा काम पाए। होटेलमा काम पाएको ४ महिनापछि चैत पहिलो साता भारतको मुम्बईमा कोभिडको ‘दोस्रो लहर’ आएको भन्दै सचेत अपनाइयो। 

केही होटेल तथा व्यवसायीले पुनः उत्पादन तथा होटेलको समय घटाएसँगै कर्मचारीलाई पनि बिदा दिए । त्यही बिदामा परे साउँद। ‘चार महिना जागिर गर्न नपाउँदै पुनः होटेलले बिदा दियो,’ उनले भने, ‘चार महिनाको तलब लिएर फेरि घर फर्केको म फेरि जाँदै छु।’  

स्वदेशमै काम पाएको भए भारत जान रहर नभएको बताउँदै उनले थपे, ‘कोरोनाका कारण घरीघरी भारत आउजाउमै उमेर र पैसा सकिन थाल्यो।’ सरकारले केही उद्यम सिकाएर स्वदेशमै रोजगारीको अवसर दिए आफूजस्ता तमाम युवाको उमेर र पैसा जोगिने उनी बताउँछन्। उनीहरू मात्रै होइन अहिले त्रिनगर भन्सार नाका भएर भारत जाने नेपाली मजदुरको संख्या दिनानुदिन बढ्दै गएको छ। 

जसकारण रोजगारीका लागि भारत पसेका बेरोजगार युवाको आउजाउमै उमेर र पैसा सकिन थालेको छ। लकडाउनका बेला ज्यान जोगाउन नेपाल फर्केकाहरू स्वदेशमा लामो समय बस्दा रोगभन्दा भोकले मर्ने स्थिति आउन थालेपछि पुनः भारत फर्किरहेको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्ल बताउँछन्।  

अघिल्लो समयमा कोरोनाका कारण फर्केका नेपालीलाई स्वदेशमै रोक्न नसक्दा पुनः फर्किरहेको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउँछन्। ‘रोगले भारतमै मर्नुभन्दा स्वदेशमै भोकले मर्न चाहने भन्दै त्यो बेला फर्केकाहरूलाई सरकारले उद्यम तथा रोजगारीको विकल्प दिन नसक्दा पुनः भारतै फर्कन थालेका छन्।’ 

रोजगारीका लागि आउने जाने समय, उमेर र पैसा सकिन थालेको चिन्तासँगसँगै उनीहरू यहीँ केही उद्यममा अल्झाउन सरकारले पनि सक्नुपर्ने बताउँछन्। कोरोनाका कारण पुनः नेपाली मजदुर फर्कने अवस्था आउन थालेको भन्दै उनले भने, ‘अब प्रदेश सरकारले आफ्ना नागरिकप्रतिको संवेदनशीलतालाई बुझेर स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्छ।’ अर्काका देशमा सस्तोमा श्रम खर्चने मजदुरको आउजाउमै उमेर र पैसा सकिन थालेको भन्दै उनले चिन्ता गरे।  

रोजगारीका लागि भन्दै हिजोआज स्वदेश छाड्ने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको छ। एक सातामा मात्रै त्रिनगर भन्सार र गड्डाचौकी भन्सार क्षेत्र भएर १४ हजार ८ सय ७९ जनाले स्वदेश छाडेका छन्।  
अर्को समाचार
इपिएसमार्फत् कोरिया गएका नेपाली मजदुरको भिसा अवधि थप
३० चैत्र २०७७
•
१ मिनेट पाठ
इपिएसमार्फत् कोरिया गएका नेपाली मजदुरको भिसा अवधि थप
इपिएसमार्फत् दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ। यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ।




प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि एक वर्ष थपिने बताएका हुन्। यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि पाँच वर्ष १० महिना हुने छ। तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन्।  

एमटियुका अध्यक्ष राईका अनुसार कोरियामा १३ महिनादेखि कोही विदेशी मजदुर भित्रिएका छैनन्। यसबीचमा केही कम्बोडिया केही श्रमिक भित्रिए पनि अन्य देशबाट श्रमिक भित्र्याउन सकिएको छैन। यसरी विदेशी श्रमिक नभित्रिंदा हुन गएको श्रमिक अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले उक्त नियम ल्याएको हो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस