मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ
१९ असार २०७८
•
१ मिनेट पाठ
मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ
जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलिचौरका २८ वर्षीय श्रीताज अली अन्सारी, लुङ्गी गाउँपालिका-४ नाम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका-५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नं ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री, सोही ठाउँका २२ वर्षीय हिराबहादुर विष्ट, घोराही उपमहानरपालिका-१९ का १९ वर्षीय जाबेद खान, प्युठान स्वर्गद्वारी नगरपालिका-३ जलुकेका २४ वर्षीय ठगिराम थाप र भारत बलरामपुर जिल्ला तुलसीपुर थाना बस्ने २२ वर्षीय मोहमद रफिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए।  

रोल्पाको सुलिचौरस्थित ग्लोबल सर्भिस सेन्टरका सञ्चालकसमेत रहेका श्रीताजअली अन्सारीले रोल्पामा चोरीका मोटसाइकल खरिद गर्ने गिरोह परिचालन गरेको तथा प्युठान जलुकेमा थापा अटोपार्टस सञ्चालन गरेका ठगिरामले चोरीका मोटरसाइकलका खरिद गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरुले मोटरसाइकल चोरी गरी प्यूठानमा लगेर त्यसको स्वरुप परिवर्तन गरेर बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  

जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको निवेदन आउन थालेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो। प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धानका क्रममा चोरी गर्ने र खरिद गर्ने गिरोहका नाइकेलाई पक्राउ गर्न सफल भएको बताइएको छ। चोरीका विभिन्न कम्पनीका १३ वटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। रासस
अर्को समाचार
मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ
१८ पौष २०७९
•
१ मिनेट पाठ
मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ
विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।  

पुस १४ गते राति विराटनगर–९ स्थित ठाकुरबाडी रोडबाट प्रदेश ०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल चोरी भएको थियो।  चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा चोरी भएको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।  

चोरी भएको मोटरसाइकलसहित धनपालथान गाउँपालिका–७ का २१ वर्षीय रविन राजवंशी, बुढीगंगा गाउँपालिका–७ का २५ वर्षीय पञ्चदेव खवास र विराटनगर महानगरपालिका–१९ का २१ वर्षीय विकेश खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जनाकारी दिए।  

त्यसैगरी, पुस १४ गते विराटनगर–८ मधुमाराबाट प्रदेश ०१–०२–००५१ प १०२७ नम्बरको स्कुटर चोरी भएको थियो।  उक्त चोरी भएको स्कुटर खोजतलासका क्रममा सोही ठाउँका २० वर्षीय सतिस मुखियालाई स्कुटरको पार्टपुर्जा खोल्दै गरेको अवस्थामा पक्राउ गरिएको डिएसपी कार्कीले बताए।  पक्राउ परेका ४ जनाविरुद्ध चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock २ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस