काठमाडौं– भारतले आफ्नो ६५ औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई २० वटा एम्बुलेन्स र चारवटा बस उपहार स्वरूप प्रदान गरेको छ। २० जिल्लाका अस्पताल र नाफा कमाउने उद्देश्य नभएका परोपकारी तथा शैक्षिक संस्थालाई काठमाडौंस्थित भारतीय दूतावासमा आइतबार एम्बुलेन्स र बस हस्तान्तरण गरिएको छ।
नेपालका लागि भारतीय राजदूत रन्जित रेले १७ जिल्लाका संस्थालाई एक–एक एम्बुलेन्स र चारवटा बस प्रदान गरेका थिए। बाँकी तीन एम्बुलेन्स वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले आफ्नो क्षेत्राधिकारअन्तर्गत पर्ने संस्थालाई प्रदान गरेको थियो।
सोही अवसरमा राजदूत रेले नेपालका दुर्गम जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका शैक्षिक तथा तालिम प्रदान गर्ने ५० वटा संस्थालाई पुस्तक पनि उपहार स्वरूप प्रदान गरेका थिए।
गणतन्त्र दिवस '२६ जनवरी' मा आयोजना गरिएको कार्यक्रममा राजदूत रेले राष्ट्रिय झन्डा फहराई भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए। राष्ट्रपतिको सन्देशमा आफ्ना छिमेकी देशहरूको शान्ति, स्थायित्व र विकासमा भारतको सहयोग रहने उल्लेख छ। भारतले सन् १९९४ यता नेपालका ७१ जिल्लाका संस्थालाई ४ सय २२ वटा एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको छ। यसबाट पहुँचभन्दा टाढा रहेका नागरिकको घरदैलोमा स्वास्थ्य सेवा पुर्या उन सहयोग पुगेको दूतावासले जनाएको छ। यस्तै, हालसम्म नेपालका २४ जिल्लाका शैक्षिक तथा कल्याणकारी संस्थालाई ८२ वटा बस उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ।
६५ अर्ब भन्दा बढी लगानीमा बृहत नेपाल–भारत विकास साझेदार कार्यक्रमअन्तर्गत भारतले एम्बुलेन्स तथा बस उपहार स्वरुप प्रदान गरेको हो।