बीरगन्ज-बीरगन्जमा प्रहरीले शुक्रबार पौने २ किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ। बिहान साढे ६ बजे बसपार्कभन्दा सय मिटर उत्तर बाइपास सडकबाट बगही –३ जगरनाथपुर बस्ने सन्दीप सर्राफलाई सुन सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले बताए।सिंहका अनुसार सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालय पर्साको बिशेष टोलीले सर्राफको शरीर तलासी लिदा एक किलोको सिंगै र बाकी टुक्राटाक्री सुन बरामद भएको थियो।
बरामद भएको १ किलो ७ सय ग्राम सुनको प्रहरीले बजार मुल्य ८१ लाख ६० हजार अनुमान गरेको छ। 'सूचनालाई हामीले पछ्याई रहेका थियौं, अर्को एक जना ब्यक्तिले उसलाई सून दिएको ५० मिटर भित्रै हामी समात्न सफल भयौं,' प्रहरी उपरीक्षक सिंहले भने, 'भारततर्फ अबैद्य रुपमा निकासी गर्न लागिएको अवस्थामा बरामद भएको सूनको कागजात भने सर्राफसंग छैन्, प्रारम्भीक अनुसन्धाबाट उनी बीरगन्जबाट रक्सोलसम्मका लागि प्रयोग भएको भरिया रहेको जस्तो बुझिएको छ।' प्रहरीका अनुसार पैदल हिड्दै गरेका सर्राफले लगाएको ज्याकेटमा सुन लुकाएका थिए।
अनुसन्धाका लागि सुन सहित सर्राफलाई क्षेत्रिय राजश्व अनुसन्धान कार्यालयमा पठाईने प्रहरीले जनाएको छ। आफु सुनको मालिक नभएको सर्राफले समेत बयानमा बताएका छन्। यसबिचमा बरामद सुन सबै जसो बीरगन्जसम्म काठमाडौंबाट आएको प्रहरीको अनुसन्धानमा पाइएको छ। रात्री बसका एक जना चालकले सर्राफलाई सुन हस्तान्तरण गरेको खुलेको छ। बस, टाटा सुमो र निजी गाडीहरुबाट समेत सुन ओसार्ने काम भईरहेको सूचना रहेको प्रहरी उपरीक्षक सिंहले बताए।
कात्तिक यता झण्डै ७ किलो अबैध सुन बीरगन्जमा पर्सा प्रहरीले बरामद गरी सकेको छ। यसअघि पुस ३ मा काठमाडौंबाट बीरगन्ज आएको ना ४ ख २५२४ नम्बरको रात्री बसबाट प्रहरीले चार किलो सुन बरामद गरेको थियो। बसका चालक बाराको बरियारपुर –२ घर भएका ३५ बर्षे दिनेश चौधरीले शरीरमा लुकाएर राखेको एकएक किलोग्राम तौल भएको चार थान सुन बरामद भएको थियो। कात्तिक ६ मा अबैध रुपमा भारततर्फ लैजादै गरेको १ किलो सुन सहित प्रहरीले बीरगन्ज –१९ बस्ने हरेन्द्र यादवलाई पक्राउ गरेको थियो। सो सुनका मालिक रहेको भन्दै बीरगन्ज ६ बस्ने राजकुमार दारुकालाई समेत प्रहरीले पक्राउ गरेको थियो।