निषेधाज्ञा कडा बन्दै, देवालीको तयारी गरिरहेका पाँच जना प्रहरी नियन्त्रणमा
१२ जेष्ठ २०७८
•
१ मिनेट पाठ
निषेधाज्ञा कडा बन्दै, देवालीको तयारी गरिरहेका पाँच जना प्रहरी नियन्त्रणमा
खोटाङमा देवाली (कुलपूजा)को तयारी गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भट्टराई कुलको देवालीको पूर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारीसहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।




कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले जारी गरेको सूचना विपरित देवालीको तयारी गरिरहेको सूचनाका आधारमा पाँच जनालाई केही घण्टा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए।  

एक ठाउँमा भेला भएर गरिने विवाह, व्रतबन्ध जस्ता सामाजिक तथा धार्मिक कार्यका माध्यमबाट कोभिड–१९ को संक्रमण फैलिने खतरा बढेको भन्दै प्रशासनले त्यस्ता कार्यमा रोक लगाएको अवस्थामा देवालीको तयारी भइरहेको पाइएपछि स्थानीयलाई नियन्त्रणमा लिइएको जनाइएको छ। पक्राउ परेका पाँच जनालाई कोभिड–१९ को महामारीको अवधिभर देवाली नगर्ने शर्तमा छाडिएको डिएसपी चिमोरियाले बताए। खाल्लेका भट्टराई समुदायले तीन वर्षपछि कुलपुजा गर्न लागेका थिए। राज्यको नियमअनुसार नै सामाजिक दूरी कायम गरेर देवालीको तयारी गरिरहेको अवस्थामा धरपकड भएको वडासदस्य उमेश भट्टराईले बताए।  

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि समूहमा गरिने कुल पुजा, साकेला पर्व लगायतका विभिन्न चाडपर्व र सामाजिक कार्यहरु नगर्न, गर्नै पर्ने भए घर परिवारभित्रका सदस्य मात्रको उपस्थितिमा विधि फुकाउनेगरी मनाउन आग्रह गरेको थियो। 
अर्को समाचार
तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा
०५ साउन २०७९
•
१ मिनेट पाठ
तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा
विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ। मुङको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ। गुडाङ गरम नामको चुरोट बजारमा प्रशस्त पाइए पनि भन्सारमा तस्कारी हुँदै गर्दा पक्राउ परेको घटना पहिलो हो।




नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा बढाएपछि चुरोट महँगो भएको हुँदा अत्यधिक कर लाग्ने भएकाले तस्करी गर्दा अधिक फाइदा हुने भएकाले चुरोटको तस्करी ह्वात्तै बढेको व्यावसायीहरूको आरोप छ। नेपालमा उत्पादन भई बिक्री हुने चुरोटमा कुल बिक्री मूल्यको ५५ देखि ७०% सम्म कर लाग्ने गरेको छ भने चुरोटमा स्वास्थ्य जोखिम कर, भन्सार, अन्तःशुल्क स्टिकर लगायतका कर सरकारले लिँदै आएको छ।

नेपालमा तेस्रो मुलुकबाट गैरकानुनी रूपमा तस्करी भइ काठमाडौं पोखरालगायतका शहरमा हुने अन्तर्राष्ट्रीय ब्राण्डहरू र सीमावर्ती क्षेत्रमा सीमापारबाट नेपाली ब्राण्डकै नक्कली चुरोट बनाइ गैरकानुनी रूपमा व्यापार हुने गर्दछ। सीमा क्षेत्रमा भने नेपालकै सबैभन्दा धेरै बिक्ने खुकुरी, शिखर लगायतका चुरोटहरू भारतमा गैरकानुनी रूपमा बनाइ नेपालमा तस्करी गरी सस्तो मूल्यमा बिक्री हुने गरेको व्यवसायीहरूले बताएका छन्।

गत वर्ष सूर्य नेपाल प्रालिको निवेदनमा भारतको मुजफरपुरमा रहेको नक्कली चुरोट उत्पादन गर्ने एक कम्पनीलाई कारबाही समेत भएको थियो। यी सबका बाबजुद धेरै कर लाग्ने उत्पादन भएकाले कर छल्दा ठूलो मुनाफा हुने भएको हुँदा तस्करी नियन्त्रण हुन सकेको छैन। जानकार स्रोतका अनुसार नेपालमा हुने अवैध चुरोट, खैनी, गुट्खा लगायतका अन्य सुर्तिजन्य पदार्थको तस्करी र अवैध व्यापारका कारण राज्यले एक वर्षमा कारिब ९५० करोडको राजस्व गुमाइ रहेको तथ्याङ्कले देखाएको छ।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस