पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय
१० जेष्ठ २०७८
•
२ मिनेट पाठ
पत्रकार आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय
हलेसीखबर डटकमका सम्पादक हरिबोल आचार्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महासंघका अध्यक्ष दिलीप खत्री । तस्बिर : नागरिक
नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारको हितमा आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । आइतबार बसेको महासंघको बैठकले विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ १० लाखको आपतकालीन सहायता कोष स्थापना गर्ने निर्णय गरेको हो । 

पत्रकार महासंघको साधारण सदस्य रहेर पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण नीजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी कोष स्थापना गर्ने निर्णय गरिएको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।  

पत्रकार आपतकालीन सहायता कोष स्थापनाका लागि सञ्चार उद्यमी, निजी क्षेत्र, सामाजिक व्यक्तित्व, निर्माण व्यवसायी र स्थानीय सरकारसँग सहयोगको अपिल गरिने महासंघले जनाएको छ । बैठकले कोष स्थापना गर्ने अभियानका लागि महासंघका अध्यक्ष खत्री र सहसचिव चिसाङ शेर्पालाई जिम्मेवारी दिएको छ । आपतकालीन उद्धार, उपचार तथा राहतका लागि आपतकालीन सहायता कोष स्थापनाको अवधारणा अघि सारिएको महासंघका अध्यक्ष खत्रीले बताए ।

‘दुर्घटनामा परेका, घाईते भएका, गम्भीर प्रकृतिका बिरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपतकालीन सहायता कोषको अवधारणा अघि सारिएको हो,’ अध्यक्ष खत्रीले भने, ‘संकटमा परेको अवस्थामा महासंघकातर्फबाट थोरै भए पनि सहयोग गर्ने र राहतको महसुस गराउने प्रयास थालिएको हो ।’ महासंघले जिल्लाका संक्रमित पत्रकारको स्वास्थ्य लाभको कामना गर्दै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर रिपोर्टिङ गर्न पत्रकारलाई आग्रह गरेको छ ।  

पत्रकारलाई स्वास्थ्य सामग्री  

यसैबीच, नेपाल पत्रकार महासंघले पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९ को महामारीकाबीचमा जोखिम मोलेर समाचार संकलन गर्दै सम्प्रेषण गरिरहेका पत्रकारलाई महासंघले मास्क, सेनीटाइजर, हेडशिल, सिटामोल, जीवनजल लगायतका स्वास्थ्य सामग्री वितरण सुरु गरेको हो । स्वास्थ्य कार्यालयले १० बोत्तल सेनीटाइजर, ६ सय पिस मास्क, २ थान थर्मल गन, ४ पिस हेडशिल, सिटामोल, जीवनजल लगायतका स्वास्थ्य सामग्री उपलव्ध गराएपछि पत्रकारलाई वितरण गरिएको महासंघका अध्यक्ष खत्रीले बताए । महासंघले यसअघि पनि स्वास्थ्य कार्यालयबाट जुटाएर पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
अर्को समाचार
पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमै डेढ लाख बढी रकम जम्मा
१३ जेष्ठ २०७८
•
१ मिनेट पाठ
पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमै डेढ लाख बढी रकम जम्मा
नेपाल पत्रकार महासंघ खोटाङ शाखाले स्थापना गरेको पत्रकार आपतकालीन सहायता कोषमा चार दिनमै डेढ लाखभन्दा बढि रकम जम्मा भएको छ। महासंघको गत जेठ ९ गतेको निर्णय अनुसार जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपतकालीन सहायता कोषमा बिहिबारसम्ममा १ लाख ७० हजार ९७६ रुपैयाँ संकलन भएको हो।

विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ स्थापना गरिएको १० लाखको आपतकालीन सहायता कोषमा हाल स्वेच्छिक रुपमा जिल्ला तथा जिल्ला बाहिरका पत्रकार, जनप्रतिनिधि, राजनैतिक दलका नेता, समाजसेबी, अभियान्ता लगायतबाट सहयोग प्राप्त भइरहेको नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए। हालसम्म ३५ जना दाताबाट न्यूनतम १ हजार ५ सयदेखि १० हजारसम्म सहयोग रकम जुटेको महासंघले जनाएको छ। सहयोग रकम नेपाल पत्रकार महासंघको नाममा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा खोलिएको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।  

पत्रकार महासंघको साधारण सदस्य रहेर पत्रकारिताका क्षेत्रमा क्रियाशील रहेको अवस्थामा कुनै दुर्घटनामा गम्भीर भई अस्पताल लैजानु परेमा, अंगभंग भएमा वा जटिल किसिमको रोगको उपचार गर्नु परेमा, दुर्घटनाका कारण नीजको मृत्यु भएमा, बाढीपहिरोले घरमा क्षति पुगेमा आर्थिक सहयोग गर्नेगरी पत्रकार महासंघले कोष स्थापना गरेको हो। आपतकालीन उद्वार, उपचार तथा राहतका लागि आपतकालीन सहायता कोष स्थापनाको अवधारणा अघि सारिएको महासंघका अध्यक्ष खत्रीले बताए।

‘दुर्घटनामा परेका, घाईते भएका, गम्भीर प्रकृतिका बिरामी परेका, मृत्यु भएका पत्रकारको सहयोगार्थ आपतकालीन सहायता कोषको अवधारणा अघि सारिएको हो,’ अध्यक्ष खत्रीले भने, ‘संकटमा परेको अवस्थामा महासंघकातर्फबाट थोरै भए पनि सहयोग गर्ने र राहतको महसुस गराउने प्रयास थालिएको हो।’
गोप्य सूचना चुहाए बहालवाला र पूर्वप्रहरीमाथि कारबाही हुने
समाज
Clock २ सेकेन्ड अघि | ० मिनेट पाठ
गोप्य सूचना चुहाए बहालवाला र पूर्वप्रहरीमाथि कारबाही हुने
नेपाल प्रहरी प्रधान कार्यालयले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट गर्ने बहालवाला तथा पूर्वप्रहरी कर्मचा...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस