उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ लताबकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिको छ । लताबकी २२ वर्षीय सुन्तली तामाङलाई गाउँपालिकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाएको हो । सुत्केरी भएकी तामाङलाई सुरक्षित प्रसूतीको लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताए ।
‘उपचार नपाएर जोखिममा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्दै आइरहेका छौँ,’ स्वास्थ्य संयोजक अधिकारीले भने, ‘गाउँपालिकाले सञ्चालन गरेको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार तामाङले निशुल्क सेवा पाएकी हुन् ।’
यसअघि गंगाजमुना गाउँपालिका वडा नं. २ धुसेनीकी २४ वर्षीय सिमा तामाङलाई पनि हेलिकप्टरबाट उद्धार गरी सेवा प्रदान गरिएको थियो ।
गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई मध्येनजर गर्दै यस आर्थिक वर्षमा हवाई उद्धारका लागि ६ लाख बजेट विनियोजन गरेको छ । पालिका भित्रका ७ वडामा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलालाई तत्कालै अस्पताल पु¥याई जीवन रक्षा गर्ने उद्देश्यले हवाई सेवा र तीनवटा स्वास्थ्य चौकीका लागि दुई वटा एम्बुलेन्स सेवा सुचारु गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक अधिकारीले बताए । गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने योजनालाई महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।
समयमै स्वास्थ्य सेवा नपाएकै कारण ग्रामीण क्षेत्रका सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउँनु परेको छ । विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा समस्या भोग्दै आइरहेका छन् । नागरिकका यस्ता समस्यालाई मध्यनजर गर्दै गंगाजमुना गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क रुपमा हवाई तथा एम्बुलेन्स सेवा सुरु गरेको हो । गर्भवती र सुत्केरी बाहेकका अन्य व्यक्तिलाई भने सःशुल्क सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
घरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा परेका धेरै घटनाहरु छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुदाँ आमा र बच्चाको स्वास्थ्य राम्रो हुने सन्देश दिन पनि हवाई तथा एम्बुलेन्स सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले तीनवटा स्वास्थ्य संंस्थाका लागि दुई वटा एम्बुलेन्स खरिद गरि स्वास्थ्य संस्थामार्फत सेवा प्रदान गरेको छ । ग्रामीण अस्पताल फूलखर्कको लागि एक वटा, बसेरी र बुढाथुम स्वास्थ्य चौकीका लागि एक वटा गरी दुई वटा एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरिएको छ ।