खोटाङमा १० जना कोरोना संक्रमित थपिएका छन्। सोमबार गरिएको एन्टिजेन र पिसिआर परीक्षणमा ऐसेलुखर्क गाउँपालिमाका ५ जना, खोटेहाङ गाउँपालिकाका २ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो। यससँगै जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या ५९ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २६ जना, साकेला गाउँपालिकामा १२ जना, हलेसी तुवाचुङ नगरपालिकामा ११ जना, ऐसेलुखर्क गाउँपालिकामा ६ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना र खोटेहाङ गाउँपालिकामा २ जनालाई कोरोना संक्रमण पुष्टी भइसकेको छ। संक्रमितमध्ये ५५ जना होमआइसोलेसनमा र ४ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सीमा नाका सिल गरिसकिएको छ।
संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टिजेन परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ। जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ।