खोटाङमा एक जना संक्रमित थपिएका छन्। खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो। गत असोज ९ गते घर आइपुगेका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यदुकुमार बस्नेतले बताए।
गत असोज २० गते गाउँपालिकाबाट ३९ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणमा पठाउँदा एक जनालाई कोरोना पोजिटिभ देखिएको हो। उनलाई कुनै पनि लक्षण नदेखिएकाले होम आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा संयोजक बस्नेतले बताए। कोरोना संक्रमण पुष्टि भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका एक महिला पुरुषसँगै जिल्ला भित्रिएका उनलाई पनि संक्रमण भएको हो। खोटेहाङ गाउँपालिकामा मात्र संक्रमितको संख्या ४ पुगेको छ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म संक्रमितको संख्या ३० पुगेको छ। संक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने ९ जना उपचारमा रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डाक्टर शैलेस श्रेष्ठले बताए। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पिसिआर परिक्षणमा पठाइएका मध्ये १६ जनालाई संक्रमण भएको छ। हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, जन्तेढुंगा गाउँपालिकाका २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जना, साकेला गाउँपालिकाका १ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जनालाई संक्रमण भएको छ।
हालसम्म केपीलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन्। केपीलासगढी गाउँपालिकाका ३५ जना र रावाबेँसी गाउँपालिकाका ६५ जनाको पिसिआर परीक्षण गरिसकिएको छ।
लकडाउन खुलेपछि र लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ। पछिल्लो समय जिल्लामा संक्रमणको दर बढ्दो रहेको छ।