डढेलोले घर-गोठ जलेर नष्ट
१४ वैशाख २०७८
•
१ मिनेट पाठ
डढेलोले घर-गोठ जलेर नष्ट
उदयपुरको लिमचुङबुङमा जंगलमा लागेको डढेलोबाट सल्केको आगोले एक स्थानीयको घर-गोठ जलेर नष्ट भएको छ । लिमचुङबुङ गाउँपालिका १ बाँसबोटेस्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहमा लागेको डढेलोको आगो सल्केर बाँसबोटे बुत्कु पुच्छारका दलबहादुर राईको घर, गोठ जलेर नष्ट भएको हो ।  




सोमबार १ः०० बजे डढेलोबाट सल्केको आगोले राईको खरको छानो भएको ढुंगा माटोले बनेको दुईतले घर, उनकै अर्को एकतले घर र घरनजिकै रहेको गाईभैंसी गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बाराहा, लिमचुङबुङलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगोले घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ ।

आगलागीको घट्नाबारे जानकारी आएलगत्तै खटेको इप्रका कार्यालयको टोली घट्नास्थल पुगेर उद्वार कार्यका सहयोग गरेको प्रहरीले जनाएको छ । आगलागीबाट राईको ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा दिउसो ४ः३० बजेसम्ममा नियन्त्रणमा आएको जनाइएको छ । दिउँसोको घट्ना भएकाले आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।  

गाउँपालिकाका सूचना अधिकारी ताराकिरण राईले सामुदायिक वनको जंगलबाट हावाहुरीले झिल्को उडाएर ल्याएकाले घरमा आगालगी भएको हुन सक्ने बताए । राईका अनुसार आगोले घर, गोठ आगोले सखाप भएपछि पीडित राई परिवार खुला आकाशमुनि बस्न बाध्य भएको छ । पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न गाउँपालिकाले तयारी गरिरहेको पनि उनले बताए ।  

स्थानीयका अनुसार भालुढुंगा सामुदायिक वनक्षेत्रमा ४/५ दिनअघि लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेर पुरै जंगल सखाप भईसकेको छ । चर्को घाम, सुख्खा मौसम र बर्षा नभएका कारण वडा कार्यालय, गाउँपालिका र वन समूहले पहल गरिरहे पनि डढेलो नियन्त्रण हुन नसकेको सूचना अधिकारी राईले बताए ।
अर्को समाचार
डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप
०९ वैशाख २०८१
•
१ मिनेट पाठ
डढेलोले पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सय घरगोठ सखाप
वनमा लागेको आगो बस्तीमा फैलिँदा झन्डै १ सय घरगोठ जलेर नष्ट भएका छन्। पाल्पा, गुल्मी, अर्घाखाँची र रोल्पाका सामुदायिक र राष्ट्रिय वनमा शनिबारदेखि लागेको डढेलो बस्तीमा पस्दा झन्डै एक सय घरगोठ जलेका हुन्।




पाल्पाको सिलुवा, झडेवा, सोमादी लगायतका स्थानमा १४ भन्दा बढी घरगोठ जलेको पाल्पाका डिएसपी तथा सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। यस्तै,डढेलो निभाउने क्रममा पाल्पामा दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको उनले बताए।

यस्तै,गुल्मीको इस्मा गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ४० भन्दा बढी घरगोठ जलेका छन्।

यसैगरी अर्घाखाँचीको भूमिकास्थानमा लागेको डढेलो बस्तीमा पसेर २० भन्दा बढी घरगोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै, रोल्पाको लुंग्री गाउँपालिका-१ पाङस्थित जंगलमा लागेको डडेलो बस्तीमा फैलिँदा ८ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन्।

आगलागीबाट गुल्मीको इस्मा गाउँपालिका– १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन्। घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन्।

आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ।

यसैगरी रोल्पाको लुंग्री गाउँपालिका १ पाङस्थित जंगलमा लागेको डडेलो बस्तीमा फैलिदा ८ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट लत्ताकपडा, खाद्यान्नलगायत केही पशुचौपाया जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। विभिन्न ठाउँमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको  समेत प्रहरीले जनाएको छ। 
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस