जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सरकारी, वित्तीय तथा शैक्षिक संस्थाहरूका कागजात कीर्ते गरी नक्कली बनाउने कार्यमा संलग्न एक संगठित गिरोहका मुख्य नाइकेसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले बुधबार काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङबाट उनीहरूलाई विभिन्न नक्कली कागजात र त्यस कार्यमा प्रयोग हुने उपकरणसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मुख्य योजनाकार गोरखा भिमसेनथापा गाउँपालिका–१, मसेल घर भई हाल काठमाडौं तारकेश्वर–२, देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी रहेका छन्।
उनीसँगै ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुर कैलाश गाउँपालिका–२, छ्याङ्ढुङकी २३ वर्षीया अन्जु खत्री पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार बयलकोटीले विगत ८ वर्षदेखि फुटुङमा कोठा भाडामा लिई मासिक १० हजारदेखि १५ हजार रुपैयाँसम्म तलब दिएर दुई जना सहयोगीमार्फत नक्कली कागजात डिजाइन तथा तयार गर्ने अवैध कार्यालय सञ्चालन गर्दै आएका थिए।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय तहका सिफारिस, शैक्षिक प्रमाणपत्र (माइग्रेसन, क्यारेक्टर, ट्रान्सक्रिप्ट, प्रोभिजनल), जग्गाधनी पुर्जा, सवारी चालक अनुमतिपत्र, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित प्रमाणपत्र लगायतका महत्वपूर्ण कागजातहरू कीर्ते गरी नक्कली बनाउने गरेको खुलेको छ।
विशेषगरी ‘डिपेन्डेन्ट भिसा’ प्रयोजनका लागि नक्कली विवाह दर्ता प्रमाणपत्र, बैंकबाट ऋण लिन नक्कली जग्गाधनी पुर्जा र जापानमा विद्यार्थी भिसामा जानेहरूका लागि सहकारी संस्थाको नक्कली बैंक स्टेटमेन्ट बनाएर कुरियरमार्फत पठाउने गरेको समेत अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, ११० थान एकेडेमिक ट्रान्सक्रिप्ट, ५ थान विवाह दर्ता प्रमाणपत्र, ५० थान प्रोभिजनल सर्टिफिकेट, १० थान जग्गाधनी पुर्जा, विभिन्न १७ वटा सहकारी संस्थाका लेटरप्याड, वार्षिक आय प्रमाणीकरण पत्र, विभिन्न बैंक तथा सहकारीका सयौं पाना स्टेटमेन्ट, विभिन्न स्वास्थ्य संस्थाका सिफारिस पत्र बरामद गरेको छ।
यसैगरी, विभिन्न सरकारी, गैरसरकारी, संघसंस्था तथा पार्टीका र व्यक्तिगत दस्तखतसमेत गरी ३५५ थान तयारी र १५० थान खाली स्ट्याम्प (छाप), ल्यामिनेसन मेसिन, हिटिङ मेसिन, डाई कटर मेसिन, स्ट्याम्प बनाउने मेसिन, २ थान मोनिटर, २ थान सिपीयु, २ थान किबोर्ड, २ थान माउस, ३ थान प्रिन्टर, विभिन्न कम्पनीका ७ थान मोबाइल र विभिन्न अस्पतालका मेडिकल कार्डसमेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको छ।
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...