प्रहरीले मोरङको उर्लाबारीबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। उर्लाबारीको थापा चोक र आइतबारेबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना र गाँजासहित १ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
उर्लाबारी–३ का ३८ वर्षीय प्रेम धिमाललाई ४ केजी ८ सय ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। प्रहरीका अनुसार धिमालले घरमा लुकाइ राखेको १÷१ केजीका ४ पोका र ८ सय ग्रामको एउटा गाँजाको पोका फेला परेको हो।
त्यसैगरी उर्लाबारी–४ आइतबारेको सडकमा हिँड्दै गरेका ३ जनालाई शंका लागि चेक गर्दा लागुऔषध ब्राउनसुगर ३ सय ६० मिलीग्राम भेटिएको डिएसपी राईले बताए। पक्राउ परेको वर्ष २२ का प्रवीन आचार्य, १९ वर्षीय आयुषा लिम्बू र २१ वर्षीय विशाल लिम्बू उर्लाबारी–४ का हुन्। पक्राउ परेकाहरूलाई लागुऔषध कसुरमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।