अवैध उपभोग्य सामान बरामद
२२ चैत्र २०७७
•
१ मिनेट पाठ
अवैध उपभोग्य सामान बरामद
मोरङको रंगेलीबाट ठूलो मात्रामा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ रंगेली नगरपालिका–५ आमगाछीबाट अवैध रूपमा भारतबाट ल्याइएका दैनिक उपभोग्य सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। 




भारतबाट अवैध रूपमा को१ख ४४०० नम्बरको मिनी ट्रकमा चामल, चिनी र गहुँलगायत वस्तु ल्याउँदै गर्दा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। सशस्त्र प्रहरी बल बिओपीले ट्रकसहित तस्करी गरेर ल्याइएको १६ लाख मूल्यबराबरको सामान बरामद गरेको एसपी पौडेलले बताए।  

मोरङको बेलबारीमा किराना पसल सञ्चालन गर्दै आएका भरत साहले अवैध रूपमा उक्त सामान ल्याएको प्रहरीले जनाएको छ। ट्रक चेकजाँच गर्ने क्रममा चालक फरार भएको र बरामद सामानसहित ट्रक आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
अर्को समाचार
प्रहरीद्वारा अवैध सामान बरामद
२६ जेष्ठ २०८३
•
१ मिनेट पाठ
प्रहरीद्वारा अवैध सामान बरामद
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ।  




प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरेको करिब  चार लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।  

प्रहरीले रोहिणी गाउँपालिका–६ विष्णुपुरा, कोटहीमाई गाउँपालिका–३, मर्यादपुरबाट गरी एक लाख ८३ हजार बराबरको बोइलर कुखुरा बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया पठाइएको उनले बताए।  

यस्तै जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट  दुई लाख २६ हजार ४६० बराबरको साडी, ‘लेडिज सुट टप्स’, ‘लेगिज’, बेल्ट, बम्ब चकलेट, चियापत्ती, चकलेट, थानको कच्चा कपडा, ‘लेडिज स्याण्डल’ सहित बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, बेलहिया पठाइएको जनाइएको छ।  
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस